पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

काठमाडौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्यमा भारी वृद्धि गरेको हो ।

पेट्रोल प्रतिलिटर १५ रुपियाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपियाँ बृद्धि गरिएको निगमले जनाएको छ ।

एलपि ग्यास प्रतिसिलिन्डर दुई हजार १ सय २६ रुपैया पर्न भएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको कारण नेपालमा मूल्य समायोजन गरिएको निगमले जनाएको छ । यद्यपि, अन्तर्राष्ट्रिय बजारको वृद्धि भन्दा नेपालमा कम मूल्य वृद्धि भएको निगमको भनाइ छ ।

बढेको मूल्य आजै रातिबाट लागू भएको छ ।