काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक निर्वाचनपछि प्राप्त सिटअनुसार आफूले प्राप्त गरेको २० जनाको सूची निर्वाचन आयोगमा पठाएको छ ।
जहाँ १५ जना महिला र ५ पुरुषको सूची निर्वाचन आयोगलाई पेस गर्ने निर्णय गरिएको छ । कार्यसम्पादनको बैठकपछि प्रवक्ता देवराज चालिसेले खस आर्यबाट दुई पुरुषको नाम पठाइएको जानकारी दिए । आयोगले समानुपातिकतर्फको सूची बुझाउन आजसम्मको समयसीमा तोकेको थियो ।
जसअनुसार, खसआर्य कोटाबाट सुशीला ढकाल, रुक्मिणीदेवी कोइराला, रीना उप्रेती, सीता थपलिया, काली बहादुर सहकारी, अर्जुननरसिंह केसी रहेका छन् ।
त्यस्तै आदिवासी जनजाति कोटाबाट गीताकुमारी सेन्दाङ, गंगालक्ष्मी अवाल, गीता गुरुङ, रेनुका काउचा, मदन कृष्ण श्रेष्ठ १२, भीष्मराज आङ्देम्बे रहेका छन् ।
मधेसी कोटाबाट निनुकुमारी कर्ण, रेखाकुमारी यादव , चन्द्रमोहन यादव, दलित कोटाबाट हरिनादेवी कामी, पवित्रा विक, मन माया विक, थारू कोटाबाट, प्रमिलाकुमारी गच्छदार र मुस्लिम कोटाबाट शाहजान खातुन रहेका छन् ।







