सिन्धुली । शहीद सम्झना दाहालको ३३ को स्मृति दिवशका अवसरमा आयोजित कार्यक्रमका अवसरमा सिन्धुली जिल्लामा क्रियाशिल अग्रज संचारकर्मी सहित शिक्षक विधार्थीहरुलाई सम्मान प्रदान गरिएको छ ।
शहीद सम्झना दाहाल स्मृति प्रतिष्ठानका अध्यक्ष तथा शहीदका पिता तथा वरिष्ठ पत्रकार शेषराज दाहालको सभापतित्वमा आयोजित कार्यक्रममा सिन्धुली कार्यक्षेत्र बनाई विगत ३८ वर्षदेखि संचारकर्ममा क्रियाशिल पत्रकार शंकर सौगात र जिल्लाका अग्रज शिक्षक विश्वनाथ वराललाई सो कार्यक्रमका प्रमुख अतिथि शिक्षासेवी भिम विक्रम थापा लगाएतले अवीर,खादा र सम्मानपत्र सहित जनही नगद रु ५ हजार प्रदान गरी सम्मान प्रदान गर्नु भएको थियो ।
सो अवसरमा गौमती मावि माडीबजारमा अध्य्यनरत गरीव जेहन्दार छात्रा अपिला न्यौपाने र दलित जेहन्दार छात्रा लक्ष्मी न्यौपानेलाई समेत प्रमुख अतिथि शिक्षासेवी भिम विक्रम थापा लगाएतद्धारा अवीर,खादा र सम्मानपत्र सहित जनही नगद रु ५/५ हजार प्रदान गरी सम्मान गरिएको थियो ।
प्रतिष्ठानका सचिव टंकध्वज थापाको संचालनमा भएको कार्यक्रममा प्रतिष्ठाका उपाध्यक्ष द्धारिका काफ्लेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने प्रमुख अतिथि शिक्षासेवी भिम विक्रम थापा,नेपाल पत्रकार महासंघ वागमती प्रदेशका उपँध्यक्ष विमला पाण्डे,अग्रज संचारकर्मी शंकर सौगात,अग्रज शिक्षक विश्वनाथ वराल,वुढ्यौली साहित्य समाजका शम्भु गजुरेल लगाएतले शहीद सम्झनाको वारेमा प्रकाश पार्नु भएको थियो ।
विगत २०५० सालमा टनकपुर सन्धीको विरोधमा देशका वाम घटकहरुले देशव्यापी रुपमा संचालन गरेको आन्दोलनका क्रममा सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडीमा भएको आन्दोलनमा तात्कालिन प्रमुख जिल्ला अधिकारी रामरतन मिश्रको निर्देशनमा गोली हानी पाशविक हत्या भएको थियो ।
सरकारी गोलीले हत्या भएकी सम्झला दाहाललाई लामोे समय सम्म पनि राज्यले शहीद घोषणा गर्न सकेको छैन ।
शहीद सम्झना दाहाल स्मृति प्रतिष्ठानले विगतदेखि नै हरेक वर्ष शहीद सम्झना दाहालको स्मृतिमा जिल्लाका संचारकर्मी छात्र छात्रा तथा विभिन्न क्षेत्रमा क्रियाशिल व्यक्तित्वहरुलाई सम्मान र पुरस्कृत गर्दै आएर शहीद दाहालको स्मरण गर्दै आएको छ ।







