दक्षिण ललितपुर : सम्भावनाको ढोका

ललितपुर । दक्षिण ललितपुर, जहाँ प्रकृति छ, उत्पादन छ, इतिहास छ, तर विकासको अनुभूति अझै अपूरो छ । यही यथार्थलाई उजागर गर्ने उद्देश्यसहित ‘गफगाफ दक्षिण ललितपुरको’ कार्यक्रम आइतबार ललितपुरको महालक्ष्मीस्थानस्थित रिभाइभ लेजर पार्कमा सम्पन्न भएको छ । स्थानीय मुद्दा, समस्या र सम्भावनालाई एकै थलोमा छलफल गर्ने यो कार्यक्रम पिपुल्स फर्स्ट पार्टीका केन्द्रीय सदस्य तथा ललितपुर […]

नेमकिपाका नेताहरू र चिनियाँ राजदूतबीच बिदाइ भेटवार्ता

काठमाडौ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का नेताहरूले नेपालका लागि चिनियाँ राजदूत छन सोङसँग बिदाइ भेटवार्ता गरेका छन्। पार्टी सचिव प्रेम सुवालको नेतृत्वमा रहेको टोलीमा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति र बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँ सहभागी थिए। चिनियाँ दूतावासको आयोजनामा सम्पन्न शिष्टाचार भेटवार्तामा नेपाल–चीनबीचको द्विपक्षीय हित, आपसी चासो र सम्बन्ध थप सुदृढीकरणका विषयमा विचार–विमर्श […]

आज वर्षकै सबैभन्दा लामो रात

Night

काठमाडौँ । आज वर्षकै सबैभन्दा लामो रात परेको छ। खगोलीय हिसाबले हरेक डिसेम्बर २१ मा रात सबैभन्दा लामो हुने गर्दछ। आजको दिन सबैभन्दा छोटो थियो र रात सबैभन्दा लामो छ । पृथ्वी आफ्नै धुरीबाट ढल्किएको अवस्थाका कारण सूर्य आज उत्तर गोलार्धबाट सबैभन्दा टाढा देखिन्छ। यही कारणले गर्दा सूर्य ढिलो उदाउने र छिट्टै अस्ताउने हुँदा उज्यालो […]

आरक्षण स्कूलमा बृहत् शैक्षिक प्रदर्शनी

Aarakshan National school

भक्तपुर । चाँगुनारायण नगरपालिका–८, सुडालस्थित आरक्षण नेसनल स्कूलले विषयगत बृहत् शैक्षिक प्रदर्शनी सम्पन्न गरेको छ । विद्यार्थीहरूलाई रचनात्मक विकास र व्यवहारिक सिकाइतर्फ प्रेरित गर्ने उदेश्यले प्रदर्शनी गरिएको हो । प्रदर्शनीमा विभिन्न कक्षाका विद्यार्थीहरूले विज्ञान, गणित, सामाजिक अध्ययन र वातावरणसम्बन्धी परियोजना, मोडेल तथा प्रयोगहरू प्रस्तुत गरेका थिए।  उक्त प्रदर्शनीमा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । उनीहरूले […]

फेसबुकबाट बालिकासंग साथी बनी साइबर अपराध गर्ने युवक समातिए

काठमाडौं । सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। नक्कली (फेक) फेसबुक प्रयोग गरी नाबालिकासँग मित्रता गाँसी विभिन्न प्रलोभन, दबाब र प्रभावमा पार्दै नग्न तस्बिर तथा भिडियो माग गर्ने र ती सामग्री राखी अश्लील गतिविधि गराउन लगाएको उजुरीपछि प्रहरीले अनुसन्धान थालेको थियो। पीडित नाबालिकाले पछि ती तस्बिर तथा भिडियो आफ्नो […]

भक्तपुरका ३५ हजार बढी बालबालिकाको नि:शुल्क मुटु जाँच गरिने

bhaktapur municipality building

भक्तपुर नगरपालिकाले नगरभित्र सञ्चालित संस्थागत तथा सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाका लागि चार दिनसम्म निःशुल्क मुटु परीक्षण शिविर सञ्चालन गर्ने भएको छ। यहीँ पुस ८, ९, १० र ११ गते शिशु कक्षादेखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीलाई लक्षित गरी शिविर सञ्चालन गरिनेछ। मित्र राष्ट्र चीनको युनानस्थित फुवाई युनान कार्डियो भास्कुलर अस्पतालमा कार्यरत विज्ञ चिकित्सकहरूको सहभागितामा शिविर […]

वीरगञ्जको क्यासिनोमा अर्थमन्त्रीको आँखा

वीरगञ्ज । पर्सा र बारा जिल्लामा सञ्चालित विभिन्न क्यासिनोहरूले गैरकानुनी धन्दा चलाएको आशंकामा अनुसन्धान गर्न निर्देशन दिइएको छ । अर्थमन्त्री रामेश्वर खनालले बारा र पर्सा जिल्लाका विभिन्न होटलहरूमा सञ्चालित क्यासिनोहरूले गैरकानुनी धन्दा चलाएको गुनासो पछि राजस्व अनुसन्धान विभागलाई लिखित रूपमै अनुसन्धानका लागि निर्देशन दिएका हुन् । अर्थमन्त्रालय स्रोतका अनुसार पर्सा जिल्लामा सञ्चालित विभिन्न क्यासिनोहरूले सम्पत्ति […]

नोबेल पुरस्कार विजेताको उपस्थितिले त्रिविको दीक्षान्त समारोह विशेष र ऐतिहासिक बन्ने

TU

काठमाडौँ । देशकै जेठो र ठूलो त्रिभुवन विश्वविद्यालयले नोबेल पुरस्कार विजेता जापानी प्राद्यापक ताकाआकी काजितालाई प्रमुख आतिथि बनाएर ५१औँ दीक्षान्त समारोहको तयारी गरेको छ । काजिताले सन् २०१५ मा भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार पाएका छन् ।   जापानबाट फर्किएर त्रिविका उपकुलपति भएका प्राडा दीपक अर्यालको पहलमा काजिता दीक्षान्त समारोहमा सहभागी हुने भएका हुन् । पुस १० […]

गीतकार श्रीराम राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

गीतकार श्रीराम राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ गीत ओसियन म्युजिक नेपालको यूट्युब च्यानलबाट सार्वजनिक भएको छ। संगीतकार ओमप्रकाश राईको संगीत र गायिका पेमा शेर्पा राईको गायनले गीतलाई जीवन्त बनाएको छ। गीतको एरेन्ज सन्तोष प्रगाढ राईले गरेका छन्। त्यस्तै इडिटिङ वीरेन्द्र भाट ‘विपिन’ र मिक्सिङ–मास्टरिङ गोविन्द सोनीले गरेका छन्। गीतले एकतर्फी प्रेमको पीडा […]

नेपाल एकायन कराते संघको उद्घोषण तालिम, खेल सामाग्री हस्तान्तरण र दन्त शिविर सम्पन्न

काठमाडौ । नेपाल एकायन कराते संघको आयोजनामा सञ्चालित १५ दिने उद्घोषण तालिम कार्यक्रमको समापन तथा प्रमाणपत्र वितरण समारोह, खेलकुद सामग्री वितरण कार्यक्रम र निःशुल्क दन्त शिविर सम्पन्न भएको छ ।  बहुउद्देश्यीय मार्शलआर्ट केन्द्र, खुशिबुँ, नयाँ बजारले आयोजना गरेको कार्यक्रम काठमाडौं महानगरपालिका वडा नं. १६ मा सम्पन्न भएको हो । कार्यक्रममा वडा नं. १६ की वडा […]