क्रिप्टो कारोबारी सेफ समातिए

काठमाडौं । नेपाल प्रहरीले अवैध रूपमा क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा काठमाडौँ महानगरपालिका–१५ डल्लु बस्ने मोहम्मद सेफलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी पवनकुमार भट्टराईका अनुसार अभौतिक मुद्रा किप्टो करेन्सीको कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा बारा कलैया नगरपालिका घर भई काठमाडौँको डल्लु बस्दै आएका सेफलाई पक्राउ गरिएको हो । कारोबार गर्न […]

मिथ्या सूचना रोक्न प्रशिक्षक उत्पादन गर्दै पत्रकार महासंघ

काठमाडौं । सामाजिक सञ्जालमा बढ्दो मिथ्या सूचना रोक्न नेपाल पत्रकार महासंघले प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न गरेको छ । सञ्चारमाध्यमको विश्वसनीयतामाथि प्रश्न उठिरहेको बेला अन्तर्राष्ट्रिय पत्रकार महासंघ र नेपाल पत्रकार महासंघ मिलेर “जिम्मेवार पत्रकारिता र सामाजिक सञ्चालको प्रयोग” विषयक एकदिने प्रशिक्षक प्रशिक्षण तालिम दिएका हुन् । सञ्चारमाध्यमको विश्वसनीयता कायम राख्न र पत्रकारलाई सामाजिक सञ्जाल प्रयोगमा जिम्मेवार […]

तरकारी खेतीबाट वार्षिक १० लाख बचत

सर्लाही । सर्लाहीको लालबन्दीलगायत चुरे क्षेत्र तरकारी उत्पादनको उर्वर भूमिका रूपमा परिचित छ । यहाँ उत्पादन भएका तरकारी हरेक दिन काठमाडौँ, चितवन, हेटौँडा, विराटनगरलगायत देशका प्रमुख सहरहरूसम्म पुग्छन् । उत्पादनले सजिलै बजार पाएपछि व्यावसायिक तरकारीखेती गर्ने किसानहरूसमेत बढिरहेका छन् । जिल्लाको लालबन्दी, हरिवन, बाग्मती, ईश्वरपुर, हरिपुर, चन्द्रनगर, बरहथवालगायत पालिकामा ठुलो क्षेत्रफलमा, आलु, गोलभेँडा, बोडी, भिन्डी, […]

सहकारी दर्ता अभिलेखिकरणका लागि सफ्टवेयर प्रणाली सञ्चालन

ललितपुर । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणमुखी सहकारीहरूको दर्ता अभिलेखिकरणका लागि स्वचालित अनलाइन सफ्टवेयर प्रणाली सुरु गरेको छ। बुधबार आयोजित सार्वजनिक कार्यक्रममा सहकारीका सञ्चालक वा व्यवस्थापन तहको भौतिक उपस्थिति बिना नै अनलाइनमार्फत दर्ता अभिलेखिकरण गर्ने प्रक्रिया औपचारिक रूपमा कार्यान्वयन गरिएको घोषणा गरियो। कार्यक्रममा प्राधिकरणका अध्यक्ष डा. खगराज शर्माले सहकारीहरूलाई कर्जा सूचना केन्द्रको सदस्य […]

औद्योगिक विकासका लागि एकद्वार प्रणाली आवश्यक

chandra dhakal

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले औद्योगिक विकासका लागि एकद्वार प्रणाली आवश्यक भएको बताएका छन्  ।  “औद्योगिक वातावरण सुधारः दिगो अर्थतन्त्रको आधार” भन्ने नारा सहित ११औं राष्ट्रिय उद्योग दिवसका अवसरमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलवार विभागमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले एकै प्रकारको कामका लागि पनि धेरै प्रकारका सरकारी […]

शिक्षकहरु नआएपछि विद्यालयमा विद्यार्थीले लगाए ताला

जाजरकोट । जाजरकोटको एक माध्यमिक विद्यालयमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । तालाबन्दी गरेपछि विद्यालयको पढाइ ठप्प भएको छ । जाजरकोटको कुशे गाउँपालिका वडा नं. १ काफलपाटामा रहेको तपोधेनु माध्यमिक विद्यालयमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । विद्यालयमा पढाउने शिक्षकहरु कोही पनि नआएपछि पढ्न गएका विद्यार्थीहरुले आफ्नो पढ्न पाउने नैसर्गिक अधिकार हनन भएको भन्दै तालाबन्दी गरेका हुन् […]

मध्यपुरमा एकल महिलालाई मनोसामाजिक र कानुनी प्रशिक्षण

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले एकल महिलाहरूका लागि मनोसामाजिक तथा कानुनी अधिकार सम्बन्धी प्रशिक्षण सम्पन्न गरेको छ। नगरपालिकाको महिला, बालबालिका तथा सामाजिक समावेशिकरण शाखाले आयोजना गरेको प्रशिक्षण नगरका सबै १ देखि ९ वडासम्मका एकल महिलालाई लक्षित थियो। शाखा प्रमुख रजिया चौधरीका अनुसार तालिमले सहभागी महिलाहरूलाई मनोसामाजिक परामर्श तथा कानुनी अधिकारबारे स्पष्ट बुझाइ प्रदान गर्ने उद्देश्य […]

भक्तपुरका उत्कृष्ट तीन उद्यमीलाई सम्मान

भक्तपुर । उद्योग तथा वाणिज्य कार्यालय, भक्तपुरले एघारौँ उद्योग दिवसको अवसरमा ‘प्रभावशाली तथा उत्कृष्ट उद्यमी सम्मान कार्यक्रम’ सम्पन्न गरेको छ । दत्तात्रयमा आयोजित कार्यक्रममा जी.के. पोल्ट्री फार्मका सञ्चालक शिशिर किसी, गुण सेरामिक्सका गुणलक्ष्मी अवाल र महालक्ष्मी पाउँ उद्योगका रामकृष्ण ध्वोजु श्रेष्ठलाई सो सम्मान प्रदान गरिएको छ । भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले सम्मानित उद्योगीहरुलाई […]

पद्म माविको १०२ औं वार्षिकोत्सव, भवन नबन्दा मन्त्रीलाई नै लाज

भक्तपुर । देशकै दोस्रो पुरानो विद्यालय भक्तपुर-३ स्थित श्री पद्म माध्यमिक विद्यालयले सोमबार आफ्नो १०२औँ वार्षिकोत्सव तथा कलेजको १६औँ स्थापना दिवस मनाएको छ । बागमती प्रदेश सरकारका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठको प्रमुख आतिथ्यतामा विशेष समारोहसहित कार्यक्रम सम्पन्न भएको हो ।    समारोहलाई सम्बोधन गर्दै सो विद्यालयका पूर्व विद्यार्थी समेत रहेका मन्त्री श्रेष्ठले भूकम्पबाट […]

सरकारी विज्ञापनको भुक्तानीमा एजेन्सीलाई कडाइ, सञ्चारमाध्यमको बिल अनिवार्य

काठमाडौ । सरकारले अबदेखि सरकारी विज्ञापनको रकम भुक्तानी गर्दा तेस्रो पक्ष (सञ्चारमाध्यम) को बिल अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था लागू गर्न निर्देशन दिएको छ। विज्ञापन एजेन्सी र कर्मचारीबीचको मिलेमतोमा हुने आर्थिक अपचलन रोक्ने उद्देश्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मन्त्रालय र मातहतका निकायहरूलाई निर्देेेशनात्मक परिपत्र जारी गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विज्ञापनमा हुँदै आएको अनियमितता […]