प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा बोलेको विषय राष्ट्रघाती

काठमाडौं । विपक्षी दलहरुले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा बोलेको विषयमा थप प्रष्टिकरण र प्रधानमन्त्रीको जवाफ मागेका छन् ।

भारतीय जमिन नेपालले पनि मिचेको रहेछ भन्ने प्रधानमन्त्रीको भनाई राष्ट्रघाती रहेको नेकपाका नेता वर्षमान पुनले बताए । संसदमा आज प्रधानमन्त्रीले सोकुरा बोलेर बाहिरिएका थिए । 

संसद भवन प्राङ्गणमा मिडियासँग बोल्दै नेकपाका नेता पुनले प्रधानमन्त्री बालेनको यो भनाई संसदको रेकर्डबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले जनतासँग माफी माग्नुपर्ने बताए । अन्यथा भोलिदेखि नै विपक्षी दलहरुले सशक्त विरोध गर्ने उनको भनाइ छ । 

राष्ट्रियता जस्तो विषयमा प्रधानमन्त्रीले संसदको रोष्ट्रमबाट दिएको अभिव्यक्तिलाई सामन्य रुपमा लिन नसकिने र इतिहासमा अहिलेसम्म नेपालले भारतको सीमा मिचेको भन्ने प्रमाण नभएको उनले स्पष्ट पारे ।

भारतले समेत दावी नगरेको यस्तो विषयमा प्रधानमन्त्रीले बोल्नु गम्भीर राष्ट्रघात भएको उनले दोहोर्‍याए ।