भक्तपुर । नेसनल प्याव्सन भक्तपुरअन्तर्गत ऋतम्भरा पाठशालाले आयोजना गरेको एकल गायन प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा ईडेन गार्डेन स्कुलका जय महतले माध्यमिक तहमा र सोही स्कुलकी श्रीया न्यौपानेले आधारभूत तहमा प्रथम स्थान हासिल गरेका छन्। आधारभूत तहतर्फ दोस्रो स्थान जागृति विद्या सदनकी यूनिशा लामा, तेस्रो स्थान क्वालिटी स्कुलकी प्रियान्सू खड्का र सान्त्वना स्थान […]
Author: Nonstop Khabar
पूर्वराष्ट्रपतिले लिइन् नागरिकताको प्रतिलिपि
पूर्व राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नागरिकताको प्रतिलिपि लिएकी छन् । गत भदौ २४ गते भएको आन्दोलनका क्रममा घर जल्दा उनको नागरिकता पनि जलेको थियो । भण्डारी मंगलबार आफै जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेर नागरिकताको प्रतिलिपि लिएकी हुन् । प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले भण्डारीलाई प्रतिलिपि प्रदान गरेका थिए । सो अवसरमा […]
एसएसपी बोगटी भन्छन्, “साइबर अपराध प्रहरी र समाज दुवैका लागि चुनौती भयो”
ललितपुर । ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीले नागरिकले घरमै बसेर प्रहरी सेवाबाट लाभ लिन सक्ने वातावरण बनाउन लागिपरेको जानकारी दिएका छन्। जिल्ला प्रहरी परिसर ललितपुरले सोमबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले प्रहरीले सम्पादन गरिरहेका कामकारवाहीबारे जानकारी दिंदै कानूनी राज्यको प्रत्याभूति दिन कुनै कमी नगर्ने प्रतिबद्धता जनाए। उनका अनुसार प्रहरी र नागरिक समाजका दुई […]
शहीदपत्नी एवं बागमती प्रदेशकी पूर्वमन्त्री जोन्छेंको निधन
भक्तपुर । नेपाली कांग्रेस महासमिति सदस्य एवं बागमती प्रदेश सरकारकी पूर्व मन्त्री रजनी अमात्य जोन्छेंको निधन भएको छ । उपचारको क्रममा मंगलबार बिहान मध्यपुर अस्पतालमा ७७ वर्षको उमेरमा जोन्छेको निधन भएको पारिवारिक श्रोतले जनाएको हो । उनी नेपाली कांग्रेस भक्तपुरको पूर्व सभापतिसमेत रहेका शहीद राधेश्याम जोन्छेकी धर्मपत्नी हुन् । ललितपुरको पाटनमा जन्मिएकी उनले २०३५ सालमा […]
पाँच प्रहरी नायव महानिरीक्षकले पाए दर्ज्यानी चिह्न
काठमाडौ । नेपाल सरकार गृहमन्त्रालयको कात्तिक १७ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका पाँच जना अधिकृतहरू दर्ज्यानी चिन्ह पाएका छन्। प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित समारोहमा ती अधिकृतहरूलाई दर्ज्यानी चिन्ह लगाइदिए। दर्ज्यानी चिन्ह प्राप्त गर्ने प्रहरी नायव महानिरीक्षकहरूमा भूपेन्द्र बहादुर खत्री, सानु राम भट्टराई, […]
स्वतन्त्र प्रेसविरोधी प्रावधान सच्याउन पत्रकार महासंघको माग
काठमाडौं । नेपाल पत्रकार महासंघले सरकारले कार्यान्वयनमा ल्याएको छापाखाना र प्रकाशन सम्बन्धी (दोस्रो संशोधन) नियमावली, २०८२ का केही प्रावधानहरू स्वतन्त्र प्रेस विरोधी रहेको भन्दै गम्भीर आपत्ति जनाएको छ। महासंघले ती प्रावधान तत्काल सच्याउन सरकारसँग जोडदार माग गर्दै प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप मान्य नहुने चेतावनी दिएको छ। महासंघका महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा नाम र डोमेन […]
सत्ता पल्टिएपछि यस्तो छ श्रीलंका, बङ्गलादेश र नेपालको शेयर बजार
काठमाडौ । सन् २०२२ मा भएको आन्दोलनका कारण सत्ता पलट भएदेखि श्रीलंकाको सेयर बजारमा निरन्तर वृद्धि आएको छ । त्यहाँको कोलम्बो स्टक एक्सचेन्जको बेन्चमार्क एएसपीआईमा ठूलो वृद्धि देखिएको हो । यता, त्यस्तै आन्दोलनका कारण सत्ता पल्टीएको बंगलादेशको सेयर बजारमा भने चमक छैन । बजारमा केही उतारचढाव देखिएपनि २०२४ जुलाईको हाई विन्दुलाई ब्रेक गर्न सकेको छैन […]
अदालतको नक्कली जागीर खोली ठगी गरेको आरोपमा आमाछोरी पक्राउ
मोरङ । प्रहरीले अनलाइनमार्फत ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ। सिरहा स्थायी ठेगाना भइ विराटनगर बस्ने ५० वर्षीय पुनम देवी साह र उनकी छोरी वर्ष २७ कि कोमल कुमारीलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार उनीहरूले मोरङ जिल्ला अदालतको नक्कली फेसबुक पेज बनाइ विभिन्न पदमा भर्ना खुल्ला भएको भन्दै शुल्क असुली गरी ठगी गर्दै आएका […]
जेनजी आन्दोलन, इन्चार्जहरूलाई उपत्यका बाहिर नजान निर्देशन
प्रहरी प्रधान कार्यालयले गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ का क्रममा काठमाडौँमा जिम्मेवारी सम्हालेका तत्कालीन प्रहरी इन्चार्जहरूलाई उपत्यका बाहिर नजान निर्देशन दिएको छ। जाँचबुझ आयोगबाट प्राप्त पत्रका आधारमा मुख्यालयले काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीलाई पत्र पठाउँदै ती इन्चार्जहरूलाई आवश्यक परे तुरुन्त उपस्थित गराउन सकिने व्यवस्था मिलाउन निर्देशन दिएको हो। आयोगले आन्दोलनका क्रममा […]
श्रीराम मन्दिर परिसरमा महानगरको डोजर
काठमाडौं । थापाथलीस्थित श्रीराम मन्दिर बैरागी अखडा परिसरमा गुठी संस्थानले जबर्जस्ती राख्न दिएको मदिरा बेच्ने रेस्टुरेन्ट काठमाडौं महानगरपालिकाले हटाएर उक्त संरचना नै भत्काइदिएको छ। मन्दिर परिसरमा मदिरा बिक्री भइरहेको भन्दै स्थानीय बासिन्दा, भक्तजन र धार्मिक संघसंस्थाले पटक–पटक आपत्ति जनाए पनि गुठी संस्थानका जिम्मेवार कर्मचारीहरूले बेवास्ता गर्दै आएका थिए । अन्ततः धार्मिक स्थलको पवित्रता र जनभावनाको […]











