
ललितपुर । राष्ट्रिय संगीतकर्मी संघ ललितपुरको अध्यक्षमा सविना दाहाल निर्वाचित भएकी छन् ।संघको १२औ साधारणसभा तथा छैठौं अधिवेशनबाट दाहाल निर्वाचित भएकी हुन् ।
संघको वरिष्ठ उपाध्यक्षमा श्यामसुन्दर तिमल्सिना, प्रथम उपाध्यक्षमा रेश्मा तिमल्सिना (बुनुमैचा), द्वितीय उपाध्यक्षमा रञ्जित सन्जेल, महिला उपाध्यक्षमा सदिक्षा बजगाईं र अर्को उपाध्यक्षमा एलिना बास्कोटा (उडीउडी चुप्पा) निर्वाचित भएका निवर्तमान अध्यक्ष सुभाष महतले जानकारी दिए ।
संघको जिल्ला कार्यसमितिको सचिवमा राजु तिमल्सिना, सहसचिवमा रोमप्रसाद हुमागाईं (राजु) र भगवान भण्डारी, कोषाध्यक्षमा सृजना घिमिरे, सहकोषाध्यक्षमा महेश महत र प्रवक्तामा दिनेश घिमिरे निर्वाचित भए ।
त्यस्तै कार्यसमिति सदस्या निर्वाचित हुनेहरूमा मनोज दाहाल, विश्वराम तिमल्सिना, सुरेश तिमाल्सिना, मिलन बन्जारा, श्याम कुमार महत र सरस्वती महर्जन निर्वाचित भएका निवर्तमान अध्यक्ष महतले जानकारी दिएका छन् ।








