बेलबारी बहुमुखी क्याम्पस स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका कपिल विष्ट निर्वाचित

विराटनगर । मोरङको बेलबारी बहुमुखी क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अखिल (क्रान्तिकारी) का कपिल विष्ट सभापतिमा निर्वाचित भएका छन्। उनले एमालेनिकट अनेरास्ववियुका उम्मेदवार प्रशान्त पोखरेललाई ३४ मतान्तरले पराजित गरेका हुन्। निर्वाचनमा कूल ३७१ मत खसेको थियो। स्ववियुको सचिवमा अनेरास्ववियुका अर्जुन कोइराला विजयी भएका छन् भने कोषाध्यक्षमा अखिल (क्रान्तिकारी) कै नवराज थापा निर्वाचित भएका […]

धनुषामा ४७७ किलो गाँजासहित एक जना पक्राउ

  धनुषा । लक्ष्मिनीया गाउँपालिका–७ लक्ष्मिनीया चोकबाट अवैध लागूऔषध गाँजा करिब ४ सय ७७ किलो ७४ ग्रामसहित एकजना पक्राउ परेका छन् ।   मकवानपुर घर भएका २४ वर्षीय संजिब स्याङ्तानलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको संयुक्त टोलीले जनकपुरबाट ढल्केवरतर्फ जाँदै गरेको […]

रहेनन् वरिष्ठ पत्रकार बस्नेत

भक्तपुर । प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष एवं पुनर्जागरण साप्ताहिकका प्रकाशक सम्पादक रहेका वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको निधन भएको छ । ७८ वर्षको उमेरमा ब्रेन ह्याम्ब्रेजका कारण उनको निधन भएको हो । गए राति भक्तपुरको सूर्यविनायक-८ सिपाडोलस्थित निजी निवासमा अचानक अस्वस्थ भएपछि उनलाई काठमाडौको अन्नपूर्ण न्युरो अस्पताल पुर्याइएको थियो । शनिबार बिहान १० बजे सम्बन्धित […]

माल्टा पठाइदिने भन्दै ठगी गर्ने सिंह बुढानिलकण्ठबाट समातिए

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एकजना पक्राउ परेका छन । पक्राउ पर्ने ब्यक्ति सुर्खेत वीरेन्द्रनगर नगरपालिका–९ घर भई काठमाडौं बुढानिकलण्ठ नगरपालिका–९ बस्ने ५१ वर्षीय प्रकाशबहादुर सिंह भएको प्रहरीको भनाइ छ । उनलाई बुधबार पक्राउ गरिएको प्रहरीले पुष्टि गरेको हो ।  सिंहले माल्टा पठाइदिन्छु भन्दै १ […]

पाकिस्तानबाट ८ लाख शरणार्थी फर्किए स्वदेश

न्यूजकारखाना, इस्लामाबाद । पाकिस्तानमा गैरकानुनी रूपमा बसेका अफगान नागरिकहरूको फिर्ताको प्रक्रिया जारी छ । समाचार अनुसार २० मार्चसम्म ८ लाख भन्दा बढी अफगानीहरूलाई उनीहरूको देश फिर्ता भइसकेका छन । एक अधिकारीले दिएको जानकारी अनुसार पाकिस्तान सरकारले ३१ मार्चको समयसीमा तोकेको छ, जस अन्तर्गत अवैध रूपमा बस्ने र अफगान नागरिक कार्ड धारकहरूलेसमेत पाकिस्तान छोड्नु पर्नेछ।  जस […]

बालिबालिकाको मोबाइल लत छुटाउन यसो गर्नुस्

न्यूजकारखाना, काठमाडौं । स्मार्टफोन हाम्रो जीवनको अभिन्न अंग बन्दै गएको छ। अवस्था यस्तो छ कि स्मार्टफोन बिना एक पल पनि बिताउन गाह्रो भइसकेको छ।  समान खरिद पछि बिलहरू तिर्ने, इमेलहरू जाँच गर्ने, गेमहरू खेल्ने देखि लिएर सामाजिक सञ्जालमा साथीहरूमार्फत परिवारहरूसँग जोडिन पनि हामी कुनै न कुनै कारणले स्मार्टफोनहरूसँग निरन्तर सम्पर्कमा रहेका छौं। तर, हामीले यो […]

आऊ ! अलि धेरै, माया गरौं हामी भन्दै आए रसिक

भक्तपुर । पत्रकार एवं गीतकार जितेन्द्र रसिकले आऊ ! अलि धेरै, माया गरौं हामी बोलको नयाँ गीत ल्याएका छन् । शुक्रबार उनले सो गीत सामाजिक संजालबाट सार्वजनिक गरेका हुन् । छाडी देउँ तिम्रो रिसाउने बानी । आऊ ! अलि धेरै, माया गरौं हामी भन्दै मायाप्रेमका शब्दहरु रसिकले सुन्दर ढङ्गले गीतमा सिउरिएका छन् । वसन्तले फूललाई […]

फुटबलमा सिंगापुर बिरुद्ध नेपालकाे पहिलो जीत

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा घरेलु टोली सिंगापुरविरुद्ध नेपालले १–० को जित निकालेको छ। शुक्रबार सिंगापुर राष्ट्रिय रंगशालामा भएको खेलमा जिलेस्पीजंग कार्कीले १२औँ मिनेटमा गरेको गोल नै निर्णायक बनेको हो। नेपालले सिंगापुरविरुद्ध पहिलो पटक जित निकालेको हो। नेपाल र सिंगापुर सन् १९८९ पछि एक अर्काविरुद्ध मैदान उत्रिएका थिए। विश्वकप छनोटअन्तर्गत १९८९ मा भएको पछिल्लो भेटमा नेपाल ७-० […]

न्यायाधीशको घरबाट १५ करोड रुपैयाँ नगद बरामद

न्यूजकारखाना, नयाँ दिल्ली । भारतमा दिल्ली उच्च अदालतका न्यायाधीश यशवन्त बर्माको घरबाट करिब १५ करोड रुपैयाँ नगद बरामद भएको छ ।  यो कुरा बाहिर आएपछि सर्वोच्च अदालतको कलेजियमले उनलाई इलाहाबाद उच्च अदालतमा फिर्ता पठाउने निर्णय गरेको छ। साथै, कलेजियमले न्यायाधीश वर्मा विरुद्ध प्रारम्भिक अनुसन्धान सुरु गरेको छ। यद्यपि, यो आन्तरिक छानबिन होइन। छानबिन पूरा भएपछि […]

राजधानीमा अर्धनग्न प्रदर्शन

काठमाडौं । दलितका लागि दलित अभियानका अभियन्ताहरुले अर्धनग्न प्रदर्शन गरेका छन् । शुक्रवार अपराह्न उनीहरूले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म गरेका हुन् । अभियन्ता खगेन्द्र सुनारलगायत अभियन्ताहरु प्रदर्शनमा सहभागी थिए । ‘दलितका लागि खोइ?’ भन्ने प्ले कार्ड देखाउदै प्रदर्शनकारीले दलितका लागि अधिकार खोजेका थिए । सिराहामा महायज्ञ गर्न दलित घरमा डोजर चलाएको विरोध तथा अन्तर्राष्ट्रिय जातीय […]