न्यूजकारखाना, मुम्बई । बलिउड सुपरस्टार सलमान खानलाई दिइने धम्कीको शृङ्खला सुस्त हुने संकेत देखिएको छैन । अहिले फेरि सलमान खानलाई ज्यान मार्ने धम्की आएको छ । मुम्बईको वर्ली ट्राफिक डिपार्टमेन्टको व्हाट्सएप नम्बरमा एक अज्ञात व्यक्तिले सलमानलाई मार्ने धम्की दिए र उनको कार बमले उडाउने कुरा पनि गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गत वर्ष सलमानको […]
Author: Nonstop Khabar
नयाँ वर्षमा बसेको एमाले सचिवालय बैठक प्रचण्ड र ज्ञानेन्द्रकै वरिपरि
काठमाडौं । नेकपा एमाले पुर्व राजा ज्ञानेन्द्र शाह र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रति आक्रामक देखिएको छ। भर्खरै सम्पन्न सचिवालयको बैठक माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र पूर्व राजा ज्ञानेन्द्रकै वरिपरि घुमेको थियो । उनीहरूको अभिव्यक्तिले दिने राजनीतिक संकेतप्रति बैठकले गहिरो बिश्लेषण समेत गरेको बताइएको छ । पूर्व राजा शाहले ‘नेपाली जनतामा जागरण […]
गुण्डुमा ७ अर्बको रिसोर्ट बनाउदै शेष घले र अमृतरत्न शाक्य, शिलान्यास सम्पन्न
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ७, गुण्डुस्थित ध्याम्पेडाडाँमा ७ अर्ब रुपैयाँको लगानीमा रिसोर्ट निर्माण हुने भएको छ । ७ अर्ब रुपैयाँ लगानी रहने सो रिसोर्ट नयाँ वर्षको अवसर पारी सोमबार शिलान्यास भएको हो । रिसोर्टको नाम ‘स्वनिग रिसोर्ट’ राखिएको छ । यो परियोजनामा एनआरएनका पूर्व अध्यक्ष शेष घले र ब्यवसायी अमृत रत्न शाक्यको […]
सांसद थापा दिल्ली प्रस्थान
भक्तपुर । हड्डी सम्बन्धी समस्या लेफ्ट एभिएन पेल्भिससंग जुधिरहेका भक्तपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापा उपचारका लागि भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । नयाँ वर्षकै दिन सोमबार उनी फ्लाइटमार्फत दिल्ली प्रस्थान गरेका हुन् । नयाँ दिल्लीस्थित फर्टिस अस्पतालमा डा. सुनिल टुली नेतृत्वको टोलीले डेढ वर्ष अघि दाहिने पट्टिको हिप रिप्लेस्मेन्ट […]
नयाँ वर्षको पहिलो दिन मात्र फुल्ने फूल हेर्न सिरहाको सलहेशमा सर्वसाधारणको भीड
मुकेश कुमार यादव, सिरहा । सिरहामा प्रत्येक नयाँ बर्षको पहिलो दिन अर्थात बैशाख १ गतेमात्र फुल्ने फूल दर्शन गर्न बिहानैदेखि लहान नगरपालिका स्थित ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल सलहेस फूलबारीमा सर्वसाधारणको ठुलो भिड लागेको छ। पूर्व पश्चिम राजमार्गसँगै जोडिएको लहान नगरपालिका १२ र २२ नम्वर वडामा अवस्थित धार्मिक तथा पर्यटकीय स्थल सलहेश फूलवारीमा आजकै दिन […]
आजबाट नयाँ वर्ष शुरु
काठमाडौ । विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ। आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो। सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक […]
बिस्का जात्रामा रथले किच्दा गयो युवकको ज्यान
भक्तपुर । भक्तपुरमा जारी विस्का जात्राको चौथो दिन आइतबार रथको पाङ्ग्राले किचेर एक जनाको ज्यान गएको छ । ज्यान जाने पुरुष ब्यक्ति भएको प्रत्यक्षदर्शीले बताएका छन् । भैरवनाथको रथलाई ग:हिटीबाट भेलुखेलतर्फ लैजानेक्रममा रथको पाङ्ग्राले किच्दा उनको ज्यान गएको बताइएको छ । राति करिब ८ बजेको समयमा दुर्घटना भएको हो । अन्दाजी ३२-३४ वर्षका युवक देखिने […]
तीनकुने घटनाबारे पूर्व राजाले खोले मुख (पूर्णपाठसहित)
काठमाडाैं । पूर्वाराजा ज्ञानेन्द्र शाहले तीनकुने घटनाबारे मुख खोलेका छन्। नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै शाहले चैत १५ गते भएको तीनकुने घटनाबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन्। शाहले यस अवसरमा भिडिओ सन्देशसमेत जारी गरेका छन्। राजसंस्था पुनर्स्थापनाको माग राख्दै तीनकुनेमा भएको आन्दोलनमा दुई जनाको ज्यान गएको थियो। शाहले उक्त घटनामाबारे आफू […]
बिस्कामा राजनीतिक नारावाजी गर्न निषेध, निगरानीमा राखेर कार्वाही गर्ने सिडिओको चेतावनी
भक्तपुर । ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व बोकेको भक्तपुरको प्रसिद्ध बिस्का जात्रामा राजनीतिक नारावाजी, गालीगलौज नगर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले चेतावनी दिएको छ । प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल आफैंले आइतबार एक सूचना जारी गर्दै सो चेतावनी दिएका हुन् । प्रायः यस्ता सूचना सहायक प्रमुख जिल्ला अधिकारीले जारी गर्ने प्रचलन रहेपनि यो सूचना भने […]
रवि लामिछानेको मुद्दामा सर्वोच्चले मगायो उच्च अदालतवाट कैफियत प्रतिवेदन
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तत्काल थुनामुक्त हुन सकेनन् । थुना मुक्त गरी पाउँ भनि दिएको निबेदनमा आज सर्वोच्च अदालतले वुटवल उच्च अदालतवाट कैफियत प्रतिवेदन मगाएको छ । सहकारी ठगी तथा संगठित अपराध कसुरमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा चैत २९ गते ’थुनुवा दफा ७३’ निवदेन दायर […]











