तीन रनको अभावले नेपाल उपाधीबिहिन

काठमाडौं । चार देशीय टी २० सिरिजको उपाधी जित्न नेपाल चुकेको छ ।  जम्मा तीन रनको अभावले नेपाल उपाधीबिहिन हुन पुगेको हो ।  कबुेतले दिएको १७५ रनको बलियो लक्ष्य पछ्याएको नेपालले सुरूवाती खराब ब्याटिङ गर्दै उपाधीबिहिन हुन पुगेको हो । हङकङस्थित मिसन क्रिकेट ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले १७४ रन बनाएको थियो।  १७५ […]

खानेपानी मन्त्रीकाे याेजना अातंक, कार्यालय प्रमुखमाथि तरवार

जनकपुरधाम । संघीय खानेपानी मन्त्री प्रदीप यादवको सचिवालयले मन्त्रालय अन्तर्गतका संघीय कार्यालयहरुमा दबाब सिर्जना गरी आतंक मच्चाएका छन् । मन्त्री यादवाका पिएदेखि उनी निकटका कार्यकर्ताहरुले संघीय कार्यालयहरुमा योजनाको चिठ्ठीका लागि मातहतका कार्यालय प्रमुखहरुलाई दवाव दिएर आतंक मच्चाउन थालेका हुन् । खानेपानी मन्त्री यादवका एजेन्टहरुले कार्यालय प्रमुखहरूलाई दवाव दिई योजना दिलाएर ठूलो कमिसन समेत उठाउने गरेको […]

नेपाल पत्रकार मञ्चको अध्यक्षमा पुन: आए युवराज विद्रोही

काठमाडौं । नेपाल पत्रकार महासंघकाे एसाेसिएट संस्था नेपाल पत्रकार मञ्चको अध्यक्षमा युवराज विद्रोही निर्वाचित भएका छन् । यस अघि अध्यक्ष भैसकेका विद्रोही साताैं महाधिवेशनबाट पुनः अध्यक्षमा आएका हुन् । उनी नेपाल पत्रकार महासंघ जिल्ला शाखा काठमाडौको दुई कार्यकाल अध्यक्ष समेत रहीसकेका कृयाशिल  पत्रकारको रुपमा परिचित छन् ।  विद्रोहीको नेतृत्वमा उपाध्यक्षमा बिमल थापा, महासचिवमा राजु भण्डारी, […]

झापाको एमाले सभामा १२ लाख ६५ हजार खर्च, सरकारबाट एक रुपैयाँ नलिएको जानकारी

झापा । नेकपा एमाले कोशीले झापाको दमकमा आयोजना गरेको प्रदेश स्तरीय जनजागरण सभाको खर्च सार्वजनिक गरेको छ ।  गणतन्त्र र सङ्घीयता विरोधी हर्कतका विरोधमा आयोजना गरेको सभामा १२ लाख ६५ हजार खर्च भएको एमालेले जनाएको छ ।  प्रेस चौतारी झापाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईले यस पटक कोशीमा नयाँ […]

‘रूपिका’ : ग्रामीण जीवनको ऐना

काभ्रेपलान्चोक । प्रगतिशील लेखक संघ (प्रलेस) काभ्रेको नियमित रचना वाचन कार्यक्रममा यसपटक उपन्यासकार केशव घिमिरेद्वारा लिखित ‘रूपिका’ उपन्यासमाथि चर्चा गरिएको थियो। कार्यक्रममा कवि दिल पौडेल प्रमुख अतिथि थिए भने समीक्षक भवानी पाण्डेले उपन्यासको समालोचना गरे। समीक्षकका अनुसार ‘रूपिका’ उपन्यास ग्रामीण समुदायमा देखिने सामाजिक र सांस्कृतिक अवस्थाहरूको चित्रण हो। उपन्यासमा गाउँमा पाइने रुढीवादी सोच, सामाजिक डर, […]

नेवा: संस्कृति संरक्षणमा वाइसीएलको पहल, समाजसेवी कार्कीको साथ

आकाश गजुरेल, भक्तपुर । समाजसेवी सविन कार्कीले नेवारी संस्कृति संरक्षणमा योगदान पुर्‍याउदैँ मतिना धिमे खल: ख्वप: (कुभिचा टोल, भक्तपुर-९) लाई परम्परागत नेवारी वाद्यवादन उपकरण धा र भुंसे हस्तान्तरण गरेका छन् । योङ कम्युनिस्ट लिग (वाइसीएल) भक्तपुरको पहल र समन्वयमा शनिबार आयोजित एक कार्यक्रमकाबीच कार्कीले ती बाजाहरु मतिनाका अध्यक्ष सविन प्रजापतिलाई हस्तान्तरण गरे । “धा” र […]

वीरगञ्जको छपकैया क्षेत्र अशान्त

पर्सा । हनुमान जयन्तीको दिन वीरगञ्जको छपकैया क्षेत्रमा झडप हुँदा  केही पसल र मोटरसाइकलमा आगजनी भएको छ ।  हनुमान जयन्तीको अवसरमा वीरगञ्जमा भक्तिमय वातावरण सिर्जना भइरहेकै बेला छपकैया चौक अगाडि झडप भएको हो ।  झडपको क्रममा जाइका बिरयानी र अन्य केही पसल र मोटरसाइकलमा आगजनी भएको छ। दुई धार्मिक समुदायका बिचमा यो झडप भएको प्रारम्भिक […]

हुटमा बसेर हात हल्लाएर राजा नभइने भनेका प्रधानमन्त्रीको उद्घोष- बैशाख ११ मा देखाउछौँ

झापा । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गाडीको हुटमा बसेर हात हल्लाएर राजा नभइने व्यंग्य गरेका छन् । दुईचार जना मान्छेले सडकमा उफार्दैमा राजतन्त्र नआउने उनको दावी छ । शनिबार गृह जिल्ला झापाको दमकमा आयोजित पार्टीको कोशी प्रदेश स्तरीय जागरणसभालाई सम्बोधन गर्दै राजा आए प्रधानमन्त्री र मन्त्री बन्न पाइन्छ कि भनेर मानिस […]

ओली सरकार बदनाम बनेकोबारे देउवा कन्भिन्स

काठमाडौं । केपी ओली नेतृत्वको सरकार बदनाम छ भन्ने आफु कन्भिन्स रहेको कुरा देउवाले संकेत गरेका छन् ।  आज बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको साधारणसभालाई सम्बोधन गर्ने क्रममा अर्का नेता शेखर कोइरालाले ओली सरकारको काम कारबाही प्रति सन्तुष्ट हुन नसकेको र जसका कारण कांग्रेसलाई समेत अप्ठयारोमा परिरहेको बताएका थिए । कोइरालाका कुरा मज्जासँग सुनेका देउवाले […]

नेकपा बहुमत पार्टी परित्याग गरी दर्जनौ मजदुर नेताकार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

चितवन । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत परिपार्टी त्याग गरी सो पार्टीका दर्जनौं मजदुर नेताकार्यकर्ता मुलघरमै फर्किएका छन् । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन परित्याग गरि चितवन जिल्ला ईन्चार्ज ओम लामिछानेको नेतृत्वमा दर्जनौं मजदुर नेताकार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । जिल्ला पार्टी कार्यालय चितवनमा भएको पार्टी प्रवेश कार्यक्रममा भरतपुर महानगरकी मेयर समेत रहेकी […]