भारतको जम्मू-कश्मिरमा आतंकवादी हमला हुँदा एक नेपालीको निधन

भारतको जम्मू – कश्मिरस्थित पहलगाममा भएको आतंकवादी हमलामा परी एक नेपालीको ज्यान गएको छ । उनी पर्यटकको रुपमा रहेका बेला हमलाको शिकार भएका छन् ।

भारतीय सञ्चार माध्यमले जनाए अनुसार ज्यान गुमाउने ब्यक्ति संदीप न्यौपाने हुन् । २६ जनाले आक्रमणमा परेर ज्यान गुमाएका र दुई दर्जनको पहिचान खुलेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

आतंकबादी समूहले पर्यटकलाई लक्षित गरी आक्रमण गरेका बताइएको छ । 

मंगलबार दिउँसो बाइसारन उपत्यकाको लोकप्रिय पर्यटकीय स्थल पहलगाममा चार जना सशस्त्र आक्रमणकारीहरू नजिकैको जंगलबाट निस्किएर पर्यटकहरूको समूहमाथि नजिकैबाट अन्धाधुन्ध गोली चलाएका थिए ।

“कश्मीर रेसिस्टेन्स” नामक समूहले  हमलाको जिम्मेवारी लिएको छ । भारतीय गृहमन्त्री अमित शाह घटनास्थलको सुरक्षास्थिति समीक्षा गर्न श्रीनगर पुगेका छन्, र दोषीहरूलाई कडा कारबाही गर्ने प्रतिवद्धता प्रकट गरेका छन् ।