ललिता साह, काठमाडौ । नेपाल सरकारले भारतसँगको खुला सीमाको दुरुपयोग गर्दै हुने लागूऔषधको अवैध ओसारपसार तथा सीमा वारपार फैलिएको संगठित अपराधको सञ्जाल नियन्त्रण गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएको छ। लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा गृह मन्त्रालयले आयोजना गरेको कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठले लागूऔषधको बढ्दो समस्यालाई औपचारिक कार्यक्रममै सीमित नराखी अन्तरनिकाय […]
Author: Nonstop Khabar
सिमाना रोइरहेको बेला
सिमाना रोइरहेको बेला यो देश, नक्सामा कोरिएको हरियो रेखा मात्र होइन, यो त शहीदका छाती चिरेर निकालिएको एउटा जीवित मुटु हो, जसको प्रत्येक धड्कनमा सगरमाथाको गर्जन, सीमा–नदीहरूको वेदना, र पुर्खाका अस्थीबाट उम्रिएको अविनाशी प्रतिज्ञा बाँचिरहेको छ । तर आज, भूखण्डका भोका गिद्धहरू हाम्रै उदासीनताको शवमाथि बसेर माटोका मासु चिथोरिरहेका छन् । राष्ट्रदेहमा फलामे नङ्ग्रा गाडिएका […]
भक्तपुरमा सबै पालिकाको बजेट सार्वजनिक
भक्तपुर । भक्तपुरको चारवटै नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को आय व्यय विवरण (बजेट) सार्वजनिक गरेका छन् । बुधवार आ-आफ्ना नगर सभामा उप प्रमुखहरुले बजेट प्रस्तुत गरेका हुन् । जिल्लाकै जेठो भक्तपुर नगरपालिकामा उप प्रमुख रजनी जोशीले आ.व. २०८३।८४ को लागि २ अर्ब ५५ करोड रुपैयाँको बजेट प्रस्तुत गरिन् । विनियोजित बजेटमा चालुतर्फ १ अर्ब […]
लागूऔषध विरुद्ध भक्तपुरमा सचेतना कार्यक्रम सम्पन्न
आकाश गजुरेल, भक्तपुर । लागूऔषध दुव्र्यसनविरुद्ध जनचेतना अभियान अन्तर्गत मध्यपुर थिथि नगरपालिका–३ को संयोजन तथा सामुदायिक विकास तथा सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्रको सहकार्यमा सचेतना कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। कौसलटारबाट सुरु गरिएको सचेतनामूलक र्याली गठ्ठाघरमा पुगेर सभामा परिणत भएको थियो। कार्यक्रममा सामुदायिक प्रहरी, विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक, सामाजिक अभियन्ता तथा स्थानीय […]
सरकारको विज्ञापन नीतिविरुद्ध सडकमा प्रदर्शन
काठमाडौं । सरकारी विज्ञापन तथा सूचना सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन तथा प्रसारण गर्ने निर्णयको विरोध गर्दै नेपाल पत्रकार महासंघले राजधानीमा बृहत् प्रदर्शन गरेको छ। प्रेस स्वतन्त्रता, सूचनाको हक र नागरिक अधिकारको संरक्षणका लागि विभिन्न पेशागत संगठनसमेत आन्दोलनमा एकजुट भएका छन्। महासंघले विभेदकारी र स्वेच्छाचारी सरकारी निर्णय तत्काल खारेज गर्न माग गर्दै माइतीघर मण्डलादेखि सडक विभागसम्म […]
३९ दिनमै कक्षा १२ को नतिजा, ९ प्रतिसत बढी विद्यार्थी उत्तीर्ण
संजीप घिमिरे, भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकिएको ३९ औं दिनमा शुक्रवार कक्षा १२ को परीक्षाफल प्रकाशन गरेको छ । गत वर्ष ७८ दिन लगाएर परीक्षाफल प्रकाशन गरेको बोर्डले यस वर्ष भने सरकारको कार्यादेश अनुसार चाडै परीक्षाफल प्रकाशन गरेको हो । गत वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन भएको परीक्षामा नियमित र आंशिक गरी […]
अफगानिस्तानको दावी पाकिस्तानद्वारा अस्वीकार
काठमाडौ। अफगानिस्तानले पाकिस्तानमा उग्रवादीको अखडा रहेको र त्यसलाई लक्षित गरी हवाई आक्रमण गरेको दाबी गरेको छ भने सो दावेर पाकिस्तानले अस्वीकार गरेको छ। पाकिस्तानको सूचना तथा प्रसारण मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै अफगानिस्तानले खैबर पख्तुनख्वा र बलुचिस्तान प्रान्तमा रहेका कथित इस्लामिक स्टेट खोरासान (आईएसकेपी) का शिविरमाथि ड्रोन आक्रमण गरेको भन्ने दाबीलाई ‘भ्रामक र झुटो प्रचार’ […]
संसदमा बादर नियन्त्रणको बहस चलिरहेकै बेला काभ्रेमा बादरको एम्बुसमा महिलाको मृत्यु
तस्बिर : सांकेतिक काभ्रे । संघीय संसदमा बादर नियन्त्रणका लागि मार्न पाउने वा नपाउने विषयमा बहस चलिरहेकै बेला काभ्रेपलाञ्चोकमा बाँदरबाट बाली जोगाउने प्रयासका क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। काभ्रेको पनौती नगरपालिका–१२, महभीरमा स्थानीय रामशरण मुल्मीकी ६८ वर्षीया श्रीमती कमला मुल्मीको आफ्नै काक्रो बारीमा जडान गरिएको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको हो। […]
पिताको स्मृतिमा विद्यालयलाई धारा
शिशिर गौतम, बुटवल । लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीका संस्थापक अध्यक्ष भेषराज पोखरेलले पिता स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानीको धारा निर्माण गरिदिएका छन् । सो खानेपानी धारा आज एक विशेष समारोहका बीच जितेश्वरी माध्यमिक विद्यालय, बुटवल–१३, बदेलपोखरीलाई हस्तान्तरण गरिएको छ। सोही अवसरमा धाराको औपचारिक उद्घाटन समेत सम्पन्न गरिएको थियो । संस्थापक अध्यक्ष भेषराज […]
उच्च शिक्षा अध्ययनरत नेपाली विद्यार्थीलाई पाकिस्तानी छात्रवृत्ति
काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासले ‘पाकिस्तानका राजदूत छात्रवृत्ति वितरण समारोह’ आयोजना गरेर २ सय भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिएको छ। कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच. हाश्मीले सो छात्रवृत्ति हस्तान्तरण गरेका छन् । देशभरका विभिन्न विद्यालयबाट शैक्षिक योग्यता र आर्थिक अवस्थाका आधारमा छनोट गरिएका उच्च माध्यमिक तहका विद्यार्थीलाई उनले छात्रवृत्ति वितरण गरे। पाकिस्तानका […]










