गोरखा । गोरखाको धार्चे गाउँपालिका–२ रुन्चेतको गण्डकी माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्रबहादुर उपरकोटीलाई भब्य बिदाई गरिएको छ । विद्यार्थी, पूर्वविद्यार्थी र अभिभावकहरूको सहयोगमा विद्यालयले उनलाई हेलिकप्टर चार्टर गरी ऐतिहासिक सम्मानसहित विदाई गरेको हो । ३७ वर्षको अविरल सेवा समर्पणपछि हालै मात्र अवकाश प्राप्त गरेका उपरकोटीको शिक्षण पेशाप्रतिको निष्ठा, कर्तब्यपरायणता र प्रेरणादायी भूमिकाप्रति कृतज्ञता व्यक्त गर्न स्थानीयहरूले […]
Author: Nonstop Khabar
पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा पन्थी, पदभार ग्रहण
काठमाडौ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको कार्यकारी निर्देशक पदमा नियुक्त भएका लक्ष्मण पन्थीले कार्यभार सम्हालेका छन् । मंगलबार नारायणहिटीस्थित कार्यालय पुगी उनले पदभार ग्रहण गरेका हुन् । खुला प्रतिस्पर्धाबाट एक दर्जन प्रतिस्पर्धीलाई पछि पार्दै अर्घाखाँचीका पन्थी कार्यकारी निर्देशक नियुक्त भएका थिए । उनलाई मन्त्रीपरिषदले नियुक्त गर्ने निर्णय गरेको थियो । सांस्कृतिक, धार्मिक र वैदिक […]
भ्रष्टाचार आरोपमा चिनी बैंकरलाई मृत्युदण्ड
बेइजिङ । चीनले राज्य नियन्त्रित सम्पत्ति व्यवस्थापन कम्पनीका पूर्व कार्यकारीलाई भ्रष्टाचारको आरोपमा मंगलबार मृत्युदण्ड दिएको चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन् । चिनियाँ हुआरोङ इन्टरनेसनल होल्डिङ्स (सिएचएच) की पूर्व महाप्रबन्धक बाई तियानहुईलाई सन् २०१४ देखि सन् २०१८ को बीचमा परियोजनाहरूको अधिग्रहण र वित्तपोषणमा अनुकूल व्यवहार गर्ने क्रममा १५६ मिलियन डलरभन्दा बढी रकम स्वीकार गरेको अभियोगमा दोषी […]
पूर्व प्रधानमन्त्री वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई सामूहिक अभिनन्दन
भक्तपुर । वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई १०१ विभिन्न साहित्यिक सामाजिक संस्थाहरूले भक्तपुर लोहकिंल्थलीस्थित चन्द निवासमा सामूहिक अभिनन्दन गरेका छन् । साहित्यिक पत्रकार संघ मूल आयोजक र सहआयोजक तारा किशन फाउण्डेसन र नेपाल स्रष्टा समाज रहेको अभिनन्दन समारोहमा राधेश्याम लेकाली, सह आयोजक श्रीओम श्रेष्ठ , किशन सिंह धामी र समालोचक प्रमोद प्रधान मञ्चासीन थिए । […]
ट्राफिक प्रहरीलाई भक्तपुर नगरपालिकाको सहयोग
भक्तपुर । भक्तपुर नगरपालिकाले ट्राफिक प्रहरी प्रभाग कमलविनायक, भक्तपुरलाई विविध कार्यालय सामग्री उपलब्ध गराएको छ । नगरपालिकाले प्रभागलाई स्टील दराज, लाइब्रेरी मेच, अफिस टेबुल, प्रिन्टर, खाट, इलेक्ट्रिक वाटर डिस्पेन्सर, कार्पेट र पर्दालगायतका सामग्री सहयोगस्वरूप प्रदान गरेको हो। सामग्री हस्तान्तरण गर्दै नगरपालिका प्रमुख सुनिल प्रजापतिले ट्राफिक प्रहरीको मेहनत, समर्पण र निरन्तर सेवा भावना प्रशंसनीय रहेको उल्लेख […]
वीर अस्पतालमा सर्भर नचल्दा सयाैंलाई सास्ती
काठमाडाैं । वीर अस्पतालस्थित नविल बैंकको सर्भर डाउन हुँदा बिरामीलाई सास्ती भएको छ । बैंककाे सर्भर नचल्दा सयाैं बिरामी प्रभावित भएका छन् । अपरेशन गर्नुपर्ने बिरामीले समेत बिल तिर्न नपाउँदा अपरेशन नै प्रभावित भएकाे छ । बिल तिर्न नपाएपछि अपरेसन गर्नुपर्ने, आजै चेकजाँच गर्नुपर्नेहरू सबैभन्दा बढी मारमा परेका छन् । बैंकले मर्मतको काम भैरहेको जानकारी […]
राष्ट्र बैङ्कले माग्यो एआई मार्गदर्शनमा सुझाव
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले एआई मार्गदर्शन तयार गरि आम सरोकारवालाको सुझाव मागेको छ । नेपाल राष्ट्र बैङ्कले आफुले तयार गरेको एआई मार्गदर्शनको मस्यौदा आफ्नो वेभ साडटबाट सार्वजनिक गर्दै आम सरोकारवालाको सुझाव माग गरेको छ । www.nrb.org.np\category\notices मा राखिएको उक्त मार्गदर्शन उपर कुनै राय सुझाव भएमा पुष १५ भित्र लिखित रुपमा नेपाल राष्ट्र बैङ्कको इमेल […]
खानामा विष राखी खुवाएपछि सासुको गयो ज्यान
बिराटनगर । मोरङको बेलबारी–२ मा खानामा विष मिसाएर खुवाउँदा ७७ वर्षकी इन्द्रमाया राईको ज्यान गएको छ । उनका पति ७० वर्षीय भक्तबहादुर राईको अवस्था पनि गम्भीर छ । शनिबार भक्तबहादुर घर नजिकै खोल्सामा बेहोस फेला परेका थिए। घरमा उनकी श्रीमती इन्द्रमाया पनि बेहोस भेटिइन्। दुवैलाई नोबेल मेडिकल कलेज लगिएकोमा इन्द्रमायाको उपचारकै क्रममा मृत्यु भएको जिल्ला […]
चार महिने छोराको ज्यान लिएको अभियोगमा असई पुष्कर कार्की पक्राउ
काठमाडौं । आफ्नै चार महिने छोराको हत्या अभियोगमा पुष्कर कार्की पक्राउ परेका छन् । कार्की नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) हुन् । सिनामंगलमा भाडाको कोठामा बस्दै आएका कार्कीले सुतेको अवस्थामा रहेको आफ्नै शिशुको घाँटी रेटेर हत्या गरेका आरोप छ । जन्मदै ब्रेन ट्युमर रहेको उक्त शिशुको आइतबार अपराह्न हत्या गरेपछि उनले श्रीमतीलाई समेत कुटपिट […]
भक्तपुरमा १० मिनेटको योगसाधना पाठ्यक्रमका लागि श्रव्य–दृष्य सामाग्री
भक्तपुर । भक्तपुरका विद्यालयमा अब श्रव्य–दृष्यसहितको योगसाधना पाठ्यक्रम लागू हुने भएको छ। शिक्षा विकास तथा समन्वय इकाई भक्तपुरले जिल्ला प्रशासन कार्यालय, योग जिल्ला समन्वय समिति भक्तपुर र स्थानीय पालिकाहरूको समन्वय गरी सञ्चालनमा ल्याएको १० मिनेट योगसाधना पाठ्यक्रमलाई प्रभावकारी पार्न श्रव्य–दृष्य सामाग्री तयार गरिएको हो। विद्यालयका योग सहजकर्ता शिक्षकको मागअनुसार आकर्षक रूपमा रेकर्डिङ गरी श्रव्य–दृष्य सामाग्री […]











