न्यूनतम पारिश्रमिक पुनरावलोकनको माग

काठमाडौँ, जेठ १ । नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियनले श्रमिकहरूको न्यूनतम पारिश्रमिक आर्थिक वर्ष ०८२/८३ को बजेटमै समेट्न माग गरेको छ। काठमाडौँको रिपोर्टर्स क्लबमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा यूनियनले सरकारलाई श्रमिकका हक र हितप्रति संवेदनशील हुन आग्रह गर्‍यो। अध्यक्ष प्रेम बहादुर कार्कीले जारी विज्ञप्तिमा न्यूनतम पारिश्रमिक निर्धारण प्रक्रिया कानुनअनुसार समयमा नहुँदा श्रमिकहरू मर्कामा परेको जनाउँदै, […]

राजधानीमै नक्कली प्रमाण पत्र तथा छाप बनाउने समूह पक्राउ

काठमाडौं, १ जेठ । काठमाडौंमा नक्कली प्रमाण पत्र तथा छाप बनाउने गिरोह चलाएको आरोपमा प्रहरीले एक समूहलाई पक्राउ गरेको छ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रमाण पत्र र छाप नक्कली बनाउने गिरोहलाई तारकेश्वर नगरपालिका–७ फुटुङबाट पक्राउ गरेको बताएको हो । बुधबार पक्राउ परेको गिरोहलाई बिहीबार पत्रकार सम्मेलन गरी कार्यालयले सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा गोरखा […]

मेरिटोक्रेसी मान्छु, मेरो गभर्नर नियुक्त गर्दिन : प्रधानमन्त्री ओली

काठमाडौं, १ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर पदमा योग्यताक्रमको आधारमा क्षमतावान व्यक्ति नियुक्त गरिने स्पष्ट पारेका छन्। पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले व्यक्तिगत निकटता होइन, मेरिटोक्रेसीलाई प्राथमिकता दिने बताएका हुन्। उनले भने, “राष्ट्र बैंकमा मेरो कोही ल्याउनु छैन। मेरिटोक्रेसीका आधारमा क्षमतावान मान्छे ल्याउने हो। […]

टेरामक्समा परे पूर्वमन्त्री बस्नेत, सांसद पद निलम्बित

काठमाडौं, १ जेठ ।प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत स्वत: निलम्बनमा परेका छन । भ्रष्टाचार मुद्दा  दायर भएसंगै उनको सांसद पद निलम्बित भएको हो । नेपाली कांग्रेसका उम्मेदवार रही सिन्धुपाल्चोक-२ बाट निर्वाचित बस्नेतबिरूद्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बिहीबार विशेष अदालतमा भ्रष्टचारको मुद्दा दायर गरिएको छ । भ्रष्टाचार निवारण ऐनको दफा ३३ मा भ्रष्टाचार मुद्दा दायर भएसँगै सांसद […]

भरतपुरमा राईनो पार्क र चिडियाखाना शिलान्यास

चितवन, १ जेठ। भरतपुर महानगरपालिका–१२ स्थित गोन्द्राङको रामबेल सामुदायिक वन क्षेत्रमा राईनो पार्क तथा चिडियाखाना निर्माण कार्यको शिलान्यास गरिएको छ। महानगरपालिकाको विशेष परियोजनाअन्तर्गत ८ बिघा क्षेत्रफलमा निर्माण गर्न लागिएको सो संरचनाको बिहीबार महानगर प्रमुख रेनु दाहालले औपचारिक रूपमा शिलान्यास गरेकी छन् । महानगरले चिडियाखानाभित्र संरक्षित बन्यजन्तुको अवलोकन, जानकारीमूलक केन्द्र, रमणीय बगैँचा तथा बालमैत्री पूर्वाधार निर्माण […]

किरियापुत्री भवन निर्माण गर्न भक्तपुरमा महायज्ञ

भक्तपुर, १ जेठ । पितृको मुक्तिका लागि १३ दिनसम्म किरिया गर्न प्रयोग हुने अधुरो किरियापुत्री भवन निर्माणका लागि भक्तपुरको गठ्ठाघरमा जेठ ४ गतेदेखि श्रीमद्भागवत महायज्ञ सञ्चालन हुने भएको छ। महायज्ञको आयोजनाबारे गठ्ठाघरमा आयोजित पत्रकार सम्मेलनमा सनातन पितृमुक्ति समाज गठ्ठाघरका अध्यक्ष खेम सुवेदीले भवन निर्माण सम्पन्न गर्न महायज्ञ आयोजना गरिएको जानकारी दिए। उनका अनुसार महायज्ञबाट संकलित […]

भरतपुर महानगरपालिका र मुड्केचुला गाउँपालिकाबिच भगिनी सम्बन्ध

दिर्घबहादुर शाही, डोल्पा । बागमती प्रदेशको सुगम चितवनको भरतपुर महानगरपालिका र कर्णाली प्रदेश अन्तर्गतको विकट हिमाली जिल्ला डोल्पाको मुड्केचुला गाउँपालिकाबीच औपचारिक रूपमा भगिनी सम्बन्ध स्थापना गरिएको छ। बुधबार भरतपुर महानगरमा आयोजित एक विशेष समारोहका बीच दुई स्थानीय तहबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो। सम्झौतापत्रमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल तथा मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले […]

माओवादी नेतृत्वको महाभारत बन्यो बेरुजु नै नभएको देशकै एकमात्र पालिका

काभ्रे । देशभरका ७ सय ५३ स्थानीय तहमध्ये काभ्रेको महाभारत गाउँपालिका बेरुजु नभएको एकमात्र पालिका बन्न सफल भएको छ । गत आर्थिक वर्षमा पनि शून्य बेरुजु रहेको महाभारतले त्यसलाई निरन्तरता दिदैँ शून्य बेरुजु कायम गर्न सफल भएको हो । महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदनले महाभारत गाउँपालिकामा बेरुजु नै नभएको पुष्टि भएको हो । आर्थिक बर्ष ०८०/०८१ […]

असन्तुष्ट राहत शिक्षकहरुको छुट्टै समिति, ९ बुँदे माग पूरा नभए आन्दोलन

काठमाडौँ । सरकार र शिक्षक महासंघबीच भएको सहमतिप्रति असहमति जनाउँदै असन्तुष्ट राहत शिक्षकहरुले छुटै राष्ट्रिय समिति गठन गरेका छन् । महोत्तरीको बर्दिबासमा भेला भएका राहत शिक्षकहरुले विष्णु खत्रीको अध्यक्षमा २९ सदस्यीय नयाँ नेपाल राहत शिक्षक राष्ट्रिय समिति गठन गरेका हुन् । बुधबार अनामनगरस्थित संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै समिति गठनबारे जानकारी गराइएको हो । पत्रकार […]

पहिलोपटक ट्र्याक्टर पुगेपछि फूलमालाले स्वागत, स्थानीयले ट्र्याक्टरसंग खिचाए फोटो

दिर्घ बहादुर शाही, डोल्पा । डोल्पाको मुड्केचुला गाउँपालिका-६ को केन्द्र नर्कुमा पहिलो पटक ट्र्याक्टर पुगेपछि स्थानीयवासीहरू हर्षित भएका छन्। प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को बजेटबाट विनियोजित रकममा निर्माण गरिएको ट्र्याकमार्ग केही महिनामै सञ्चालनमा आएसँगै पहिलो ट्र्याक्टर नर्कु पुगेको हो। हाल सञ्चालनमा रहेको गाउँपालिकाको केन्द्र नर्कुबाट करिब तीन किलोमिटर दूरीमा पर्ने प्रस्तावित केन्द्र तलि नर्कुसम्म […]