भक्तपुर । “स्वच्छ वायु लामो आयु” भन्ने शिर्षकमा चाँगुनारायण नगरपालिकाभित्रका माध्यमिक विद्यालयका विद्यार्थीबीच आयोजना गरिएको वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । नगरपालिकाको खानेपानी, सरसफाइ तथा स्वच्छता शाखाको आयोजना एवं स्वच्छ हावा संजालको समन्वयमा मंगलबार सो प्रतियोगितामा तपादम्फोस्थित सभा हलमा सम्पन्न भएको हो । प्रतियोगितामा महेन्द्रग्राम माविकी सृजला दुलाल प्रथम भएकी छन् । दुलाललाई पछ्याउँदै आरक्षण […]
Author: Nonstop Khabar
आईसीटी फोरमको अध्यक्षमा निर्मल ज्ञवाली
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) भित्रको प्रविधि तथा सूचना क्षेत्रमा संलग्न सदस्यहरूको समुह ‘आईसीटी फोरम’को नेतृत्व निर्मल ज्ञवालीले पाएका छन् । राजनीतिमा प्रविधिको प्रभावकारी प्रयोग तथा बिचार र नेतृत्वको रक्षा गर्ने उद्देश्यले स्थापित ‘आईसीटी फोरम’ को अध्यक्षमा निर्मल ज्ञवालीलाई नियुक्त गरिएको माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं फोरमका सह इन्चार्ज बिष्णु सापकोटा जुगलले जनाएका […]
चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीद्वारा छिमेकी देशका राजनीतिक दलहरूसँग छलफल
चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीले नेपालसहित छिमेकी देशका राजनीतिक दलहरुसँग घनिभुत छलफल गरेको छ । सीपीसीले “छिमेकी देशहरू बीच साझा भविष्यसहितको समुदाय निर्माण – कार्यमा रहेका पक्षहरू“ भन्ने विषयमा दुई दिन छलफल गरेको हो । उत्तरपूर्वी एसिया, दक्षिणपूर्वी एसिया, दक्षिण एसिया, मध्य एसिया र रुस जस्ता छिमेकी देशहरूका २०० भन्दा बढी राजनीतिक दलका नेताहरू, चीनका लागि […]
सिटिइभिटीका आङ्गिक शिक्षालयहरू निःशुल्क गर्न अखिल क्रान्तिकारीको माग
भक्तपुर । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत सञ्चालनमा रहेका सबै ६७ आङ्गिक शिक्षालयहरूमा यसै वर्षदेखि निःशुल्क शिक्षा लागू गर्न माग गरेको छ। संयोजक पारस राहादी मगरको नेतृत्वमा अखिल क्रान्तिकारीले सिटिइभिटीका सदस्य सचिव महेश भट्टराईलाई सो सम्बन्धि मागपत्र बुझाएको संगठनका नेता डिबी शाहीले […]
विद्यालय शिक्षामै गणतन्त्रबारे पढाउन आवश्यक : महासचिव पोखरेल
काठमाडौ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले विद्यालय तहमै लोकतन्त्र र गणतन्त्रको शिक्षा अनिवार्य गर्नुपर्ने बताएका छन्। पार्टीका सबै विभागका सदस्यहरूको विस्तारित भेलालाई सम्बोधन गर्दै उनले गणतन्त्र प्राप्तिपछि भएका सामाजिक, सांस्कृतिक, आर्थिक, विकास निर्माण तथा शैक्षिक क्षेत्रका उपलब्धिहरूको जानकारी विद्यार्थीहरूमाझ पुर्याउनुपर्नेमा जोड दिए। उनले गणतन्त्र प्राप्तिका लागि भएको बलिदानीपूर्ण संघर्ष र त्यसबाट हासिल उपलब्धिहरूको […]
रास्वपाले माग्यो गृहमन्त्रीको राजिनामा
काठमाडौं, १३ । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री रमेश लेखकको राजिनामा माग ग्रेको छ । साथै, स्वतन्त्र आयोग गठन गरेर भिसिट भिसाबारे अनुसन्धान गर्न समेत माग गरेको छ । रास्वपा सांसद शिशिर खनालले आयोग गठन नभएसम्म संसद चल्न नदिने जानकारी दिएका छन् । ‘कुनै निकायले प्रमाण जुटाउँदैछ भने प्रमाण जुटाउन दिने कि प्रमाण नष्ट गर्न […]
गणतन्त्र माओवादीको रगतले लेखिएको हो : पूर्वमन्त्री शर्मा
काठमाडौं । पूर्वमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य रेखा शर्माले अरुका लागि गणतन्त्र सामान्य भए पनि माओवादीका लागि भने रगतले लेखिएको बताएकी छन् । कृष्ण सेन इच्छुकको २३ औँ स्मृति दिवसका अवसरमा प्रेस सेन्टर नेपालले मंगलबार काठमाडौंमा गरेको ‘पिसिएन सम्बाद’ कार्यक्रममा उनले गणतन्त्र माओवादीको रगतले लेखिएको बताएकी हुन् । उनले भनिन्, ‘गणतन्त्र सानो […]
युवा संघको नेतृत्व छान्न मतदान शुरु
पोखरा, १३ जेठ । पोखरामा जारी सत्तारूढ दल नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । सहमतिको लामो प्रयास सफल नभएपछि मतदान शुरु भएको निर्विरोध निर्वाचित केन्द्रीय सदस्य रविन थापाले जानकारी गराए । पोखरा सभागृहमा मंगलबार बिहान १० बजेबाट मतदान सुरु भएको हो । निवर्तमान अध्यक्ष […]
शिक्षा मन्त्री भन्छन्- “पत्रकार महासंघको महासचिव हुँदै सांसद र मन्त्री भएको छु, मार्गदर्शन दिनुस्”
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा क्षेत्रलाई सुनिश्चित र गुणस्तरीय गन्तव्यतर्फ लैजान शिक्षा विज्ञहरूको मार्गदर्शन आवश्यक भएको बताएका छन्। सोमबार कांग्रेस शिक्षा विभागद्वारा काठमाडौंमा आयोजित शिक्षा नीति बहसअन्तर्गत उच्च शिक्षाका आयाम विषयक विमर्षमा उनले उक्त कुरा बताएका हुन्। “संयोगले शिक्षामन्त्रीको जिम्मेवारी सम्हाल्नुपरेको छ, धेरै कुरा सिक्न बाँकी छ,” भन्दै उनले शिक्षा प्रणालीमा सुधार ल्याउन […]
इलाममा बालचलचित्र महोत्सव सम्पन्न
चलचित्र विकास बोर्डको आयोजनामा इलाम नगरपालिकाको सहकार्य तथा कोशी प्रदेश र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा आयोजित “बाल चलचित्र महोत्सव, इलाम” जेठ ५ देखि सुरू भएको थियो भने विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ। सिनेमा, शिक्षा र पर्यटनको त्रिकोणात्मक समन्वयमा केन्द्रित यो महोत्सवले इलामलाई चलचित्र निर्माण र प्रदर्शनको सम्भावनायुक्त केन्द्रका रूपमा स्थापित गर्ने दिशामा महत्वपूर्ण […]











