लोकसेवाले फेरी ठुलो संख्यामा विज्ञापन खोल्दै

काठमाडौं १५ साउन् । पहिलो चरणको परीक्षा सकिएलगतै सरकारले स्थानीय तहका लागि थप ६ हजार कर्मचारी भर्नाका लागि बिज्ञापन गर्ने भएको छ । स्थानीय तहबाट माग भएर आएका करिब ६ हजार कर्मचारीका लागि फेरी लोकसेवाले बिज्ञापन खोल्ने तयारी गरेको छ । गत जेठमा ९ हजार कर्मचारीका लागि विज्ञापन गरिएको थियो । जेठमा गरिएको बिज्ञापनको अहिले […]

मानव बेचबिखन मुद्दा चलाउनै समस्या

वीरेन्द्रनगर, १५ साउन । मानव बेचबिखनका मुद्दा चलाउनै समस्या हुने गरेको मानवअधिकारकर्मीहरुले बताएका छन् । बेचबिखनमा संलग्न दलालहरुले नयाँ शैली अपनाउन थालेपछि मुद्दा चलाउन समस्या भएको उनीहरुको भनाइ छ ।अन्तरर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवसका अवसर पारेर न्यायमा पहुँच कार्यक्रमको आर्थिक सहयोगमा आवाज र सुन्दर नेपाल संस्थाले वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रमका सहभागी मानव अधिकारकर्मीहरुले यस्तो बताएका […]

वारि र पारि गाउँलाई जोड्ने झोलुङ्गे पुलले यात्रामा सहज

रुकुमपूर्व, १५ साउन । सिस्ने गाउँपालिका–३ निवासी गौसरा खड्काले सानीभेरी नदी तर्दा आफ्नो श्रीमान् गुमाईन् । यसैगरी सिस्ने गाउँपालिका–५ निवासी लीलामणि गौतमले पनि सानीभेरी तर्दा दिदी गुमाए । सानीभेरीमै बगेर यतिले ज्यान गुमाए भन्ने कुराको तथ्याङ्क सङ्कलन त गरिएको छैन तर उनिहरु जस्तै गाउँमा अकालमै आाफन्त गुमाउनेहरु धेरै छन् । हिउँदमा काठको साँघु र वर्षामा […]

नाराबाजीले प्रतिनिधिसभाको बैठक अवरुद्ध

काठमाडौँ, १५ साउन । सर्लाही घटनाका सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र प्रतिपक्षी राष्ट्रिय जनता पार्टी राजपा ले प्रतिनिधिसभाको आजको बैठक अवरुद्ध गरेका छन् । सभामुख कृष्णबहादुर महराले बैठक शुरु गर्नासाथ दुवै दलका सांसदहरु उठेर विरोध जनाएका थिए। सांसदहरुले विरोध गरिरहेकै बेला उनले बैठकको कारवाही अघि बढाउन […]

नेपालगञ्जमा अत्याधुनिक बसपार्क निर्माणमा ठेकेदारको चरम लापर्बाही

बाँके, १५ साउन । नेपालगञ्जमा अत्याधुनिक बसपार्क निर्माणमा चरम लापर्बाही देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–४, गणेशपुरमा निर्माणाधीन अत्याधुनिक बसपार्क निर्माण कार्यमा निकै सुस्त र चरम लापर्बाही देखिएको हो । नेपालगञ्ज उपमहानगरपालिकाले नगर विकास कोषसँगको ऋण लगानीमा अत्याधुनिक र सुविधा सम्पन्न बसपार्क निर्माण कार्य अगाडि बढाएको हो । तर आजदेखि सञ्चालनमा आउने भनिएको बसपार्क पुनः अनिश्चित […]

छवि र शिल्पाको विवाह दर्ता गराउने सचिवको रहस्यमय मृत्यु

काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नम्बर ८ का वडा सचिव प्रकाश पौडेलको निधन भएको छ । पौडेलले फिल्म निर्माता छविराज ओझा र शिल्पा पोखरेलको विवाह दर्ता गराएका थिए । केही दिनअघि छविकी पहिलो श्रीमती हेमा ओझाले यसअघिको विवाहको प्रमाण नै नखोजी विवाह दर्ता गराएको आरोपमा वडा सचिव पौडेलविरुद्ध अख्तियारमा निवेदन दर्ता गराएकी थिइन् । स्रोतका […]

घलेगाउँ होमस्टेमा घटे पर्यटक, व्यवसायी मर्कामा

लमजुङ, १५ साउन । पर्यटकको ‘हब’ जिल्ला बन्दै गरेको लमजुङमा सञ्चालित विभिन्न घरवास (होमस्टे) मा पर्यटक ह्वात्तै घट्दै गएको छ । वर्षायाममा बाटो अवरुद्व, यात्रामा कठिन, दृश्य राम्रो नदेखिनेलगायतका कारण असार महीना लागेदेखि यता यहाँका घरवासमा पर्यटकको सङ्ख्यामा कमी आएपछि पर्यटन व्यवसायी चिन्तित बनेका छन् । नेपालकै पहिलो ‘स्मार्ट भिलेज’ बन्दै गरेको दक्षिण एशियाकै नमूना […]

विभिन्न बहानामा बेचिन लागेका ८८ महिलालाई उद्धार

काठमाडौँ, १५ साउन । मानव बेचविखनविरुद्व काम गर्दै आएको संस्था केआइएन नेपालले आर्थिक वर्ष २०७५र्७६ मा विभिन्न बहानामा बेचिन सकिने जोखिममा परेका जिल्लाका विभिन्न बहानामा बेचिन ८८ महिलालाई उद्धार गरी समुदायमा पुनःस्थापित गराएको छ । विभिन्न १० सीमानाका र भारतबाट उद्वार गरेकामध्ये चितवनमा ल्याइएका ८८ जनालाई समुदायमा पुनःस्थापित गराएको केआइएन नेपाल चितवनकी संयोजक केमिका घिमिरेले […]

शिक्षक लाईसेन्स् : परीक्षाको तयारी कसरी गर्ने ?

काठमाडौँ,  १५ साउन । शिक्षक सेवा आयोगको गत बर्ष भदौमा लिएको परीक्षाको नतिजा प्रकाशित भएसँगै धेरै लामो समयपछि शिक्षक अध्यापन अनुमतिपत्र अर्थात (शिक्षक लाईसेन्स) को विज्ञापन पनि खुलाएको छ भने लोकसेवा आयोगले पनि भारी मात्रामा स्थानीय तहका साथै विभिन्न तहमा विज्ञापन खुलाएको छ । यसकारणले पनि परीक्षार्थीमा एक किशिमको हतास उत्पन्न भएको छ कसरी परीक्षामा […]

मापसे गरेर सवारी चलाउने ४३९ चालकका लाइसेन्स निलम्बन

काठमाडौँ, १५ साउन । यातायात व्यवस्था कार्यालयले मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने ४३९ चालकको अनुमतिपत्र (लाइसेन्स) निलम्बन गरेको छ । उक्त कार्यालयले महानगरीय ट्राफिक प्रहरी महाशाखाको सिफारिसमा पाँच पटकभन्दा बढी मापसे कारवाहीमा परेका व्यक्तिको लाइसेन्स निलम्बन गरेको हो । वि.सं. २०६८ मङ्सिर १७ देखि मापसे जाँचलाई कडाइ गर्दै आएको महाशाखाले हालसम्म उपत्यकामा […]