कञ्चनपुर, १५ साउन । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा तीन वडा कार्यालय भवन निर्माण गरिएका छन् । भवन निर्माणका लागि प्रतिभवन रु ८० लाख खर्च गरिएको छ । वडा नं ७, ८ र १२ मा वडा कार्यालयका पक्की सुविधासम्पन्न भवन निर्माणको कार्य पूरा भई कार्यालय सञ्चालन भइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विसनसिंह थापाले बताए। निर्माण भएका भवनमा […]
Author: Nonstop Khabar
एक वर्षपछि पहिरोपीडित परिवारले नयाँ घर पाए
पर्वत, १५ साउन । बस्ती माथिबाट आएको पहिरोका कारण घरवारविहीन बनेका यहाँका २२ घरपरिवारले एक वर्षपछि नयाँ घर पाएका छन् । उत्तरी पर्वतको जलजला गाउँपालिकाका वडा नं ४, ७ र ८ का २२ परिवारलाई नयाँ घर हस्तान्तरण गरिएको हो । विसं २०७५ साउन १ गतेको बाढी पहिरोपीडितलाई असल छिमेकी नेपाल, पोखरेली ख्रिष्टियन समुदाय, सिजिके र […]
मन्त्री साहद्वारा डुङ्गा उपलब्ध
राजविराज, १५ साउन । प्रदेश नं २ का भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले सप्तरीको दक्षिणी भेगमा पर्ने तिलाठी कोइलाडी गाउँपालिकामा तीन थानमा डुङ्गा उपलब्ध गराउनु भएको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा प्रत्येक वर्ष बाढी आएको बेला आवागमनमा समस्या रहेकाले स्थानीयवासीको आग्रहमा मन्त्री साहले डुङ्गा उपलब्ध गराएका हुन् । मन्त्री साहले बाढी प्रभावित […]
कारागारको निर्माणाधीन भवन अलपत्र
धम्बोझी, १५ साउन । बाँकेको निर्माणाधीन कारागारको काम सन्तोषजनक नभएको र तोकिएको समयमै काम गर्न नसक्ने देखिएपछि निर्माण कम्पनी पप्पु–रसुवा कन्स्ट्रक्सनबाट पेश्की रकम फिर्ता लिइएको छ ।बाँकेको बैजनाथ गाउँपालिका–३ नौवस्तामा निर्माणाधीन क्षेत्रीयस्तरको अत्याधुनिक कारागार निर्माण अहिले अलपत्र परेको छ । पेश्की रकम फिर्ता लिएसँगै ठेक्का सम्झौता तोड्ने प्रक्रिया शुरु भएपछि क्षेत्रीय कारागारको निर्माण अन्योल बनेको […]
वर्षात्ले घर भत्किँदा पालमुनि बास
डोटी, १५ साउन । लगातारको वर्षात्का कारण जिल्लाको सायल गाउँपालिका–६ रोकाया नारामा एक स्थानीयवासीको घर भत्किएको छ । प्रहरी चौकी डौडले दिएको जानकारीअनुसार लगातार वर्षा हुँदा स्थानीय दिलबहादुर पार्कीको एकतले घर भत्किएको हो । वर्षात्का कारण घर भत्किएपछि दिलबहादुर पार्कीको परिवार अहिले बिचल्लीमा परेको छ । घर भत्किएपछि उनको नौ जनाको परिवार पाल टाँगेर बस्न […]
अभिभावकमा शैक्षिक जागरण बढ्दै
जाजरकोट, १५ साउन । ठूलीभेरी नगरपालिका–२ कुम्ली डोल्पाका दिलमाया वि क सधैँ घरको काममा व्यस्त रहने गरेकामा आजभोलि केही समय निकालेर विद्यालयमा आइ नियमित छलफल गरिरहेकि छन् । उनले आफ्ना छोराछोरीको पढाइ कस्तो छ र कुन विषयमा कमजोर छ भनी नियमित शिक्षकसँग छलफल, अन्तरक्रिया गरिरहन्छिन् । घर, आँगन र पानी पँधेरोमा मात्र दिन बिताउने यहाँका […]
एकैदिन एकैपटक एनसेलका तीन टावरमा आगजनी
झापा, १५ साउन । झापामा तीनवटा एनसेल टावरमा एकैपटक आक्रमण भएको छ। बुधबार झापाका ३ ठाउँमा रहेका एनसेल टावरमा अज्ञात समूहले एकैपटक आक्रमण गरेको हो। भद्रपुर नगरपालिका र कमल गाउँपालिकामा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको हो। यस्तै दमकमा रहेको एनसेल टावरमा बम बिस्फोट भएको छ। एक्कासी एनसेलको टावरमा आगजनी भएपछि अहिले घटनास्थलमा प्रहरी […]
२३ लाख नागरिक गरिबीबाट मुक्त
एजेन्सी । चीनको उत्तर पश्चिमी सिनच्याङ युगुर स्वायत्त प्रदेशमा पाँच बर्षमा २३ लाख १० हजार नागरिक गरिबीबाट मुक्त गरिएको क्षेत्रीय अधिकारीले मङ्गलबार जनाएका छन् । सन् २०१३ मा उक्त क्षेत्रको गरिबीदर १९.५ प्रतिशत रहेकोमा सन् २०१८ मा उक्त क्षेत्रको गरिबी दर छ प्रतिशतमा झरेको छ । सन् १९७८ मा उक्त प्रदेशको ग्रामिण इलाकाका नागरिकको प्रतिव्यक्ति […]
अत्यधिक गर्मीका कारण जापानमा ११ जनाको मृत्यु, ६ हजार बढी अस्पताल भर्ना
टोकियो । जापानमा अत्यधिक गर्मीका कारण गत हप्ताभरीमा ११ जनाको मृत्यु भएको जापानी अधिकारीले मङ्गलबार बताएका छन् । गर्मीका कारण अन्य छ हजार व्यक्ति अस्पताल भर्ना भएका बताइएको छ । जापानको अधिकांश भूभागमा मनसुनी बर्षापछि बढेको गर्मीबाट जनजीवन प्रभावित बनेको हो । गर्मीका कारण अस्पतालमा पाँच हजार ६६४ जनाले अस्पतालमा पुगेका थिए भने उनीहरूमध्ये एक […]
इस्टर आक्रमणपछि राजिनामा दिएका मन्त्रीहरू सरकारमा फिर्ता
एजेन्सी । श्रीलङ्कामा इस्टर आक्रमणपछि राजिनामा दिएका श्रीलङ्काका मुसलमान मन्त्री सरकारमा फिर्ता भएका छन् । श्रीलङ्काकाको राष्ट्रपतिको कार्यालयले मङ्गलबार जारी विज्ञप्तिअनुसार उनीहरूले सोमबार राति नै राष्ट्रपतिबाट पुनःसपथ लिएका छन् । मन्त्रीबाट राजिनामा दिएका भएपनि उनीहरूको समर्थन रहेका कारण सरकारलाई कुनै असजिलो नभएको सत्ताधारी दलका नेताहरूले बताएका छन् । सन् २०१९ को अप्रिल २१ गते तीन […]











