एकैदिन एकैपटक एनसेलका तीन टावरमा आगजनी

झापा, १५ साउन । झापामा तीनवटा एनसेल टावरमा एकैपटक आक्रमण भएको छ। बुधबार झापाका ३ ठाउँमा रहेका एनसेल टावरमा अज्ञात समूहले एकैपटक आक्रमण गरेको हो।

भद्रपुर नगरपालिका र कमल गाउँपालिकामा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको हो। यस्तै दमकमा रहेको एनसेल टावरमा बम बिस्फोट भएको छ। एक्कासी एनसेलको टावरमा आगजनी भएपछि अहिले घटनास्थलमा प्रहरी परिचालन गरिएको छ।

विप्लव नेतृत्वले नेपाल बन्दको आयोजना गरेकै दिन एनसेलका टावरमाथि आक्रमण भएका कारण प्रहरीले सो आक्रमण सोही समूहले गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ। टावरमा विस्फोट गराउने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Loading...