फेरि जलाइयो एनसेलको अर्को टावरमा, विप्लवमाथि आगजनीको आरोप

दाङ, ३ भदौ । दाङमा एनसेलको टावरमा आगजनी भएको छ । गए राति अज्ञात समूहले शान्तिनगर गाउँपालिका–५ रगैँचामा रहेको टावरमाथि आगजनी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार टावरको जेनेरेटर र तारमा क्षति पुगेको छ ।

टावरमा नेत्रबिक्रम चन्द विप्लव नेतृत्वकाे पार्टीले समूहले आगजनी गरेको हुनसक्ने उनको भनाइ छ । यस विषयमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय खिलतपुरको टोली त्यहाँ पुगिसकेको प्रहरी नायब उपरीक्षक शाहले बताए ।

यसअघि पनि एनसेलका टावरमाथि विप्लव नेतृत्वकाे नेकपाले अाक्रमण गरेकाे थियाे । एनसेलले अर्बाैकाे कर छलेकाे बताउँदै नेकपाले एनसेलमाथि अाक्रमण गरेकाे विज्ञप्ति जारी गरेर जिम्मा पनि लिएकाे थियाे । अहिलेसम्म देशभर एनसेलका ५० भन्दा बढी टावरमा अागजनी तथा ताेडफाेड भइसकेकाे छ ।

Loading...