काठमाडौं, ८ माघ । विश्वका विभिन्न देशहरुबाट नेपाल भ्रमणमा आउने पर्यटकले अब एनसेलको नयाँ योजना’टुरिष्ट सिम’मार्फत कम्पनीका विषेश सेवाहरुबाट फाइदा लिन सक्नेछन् ।
एनसेल प्रालिले नेपाल भ्रमण वर्ष २०२० को अवसरमा ल्याएको योे योजना बुधबार (माघ ८) बाट संचालनमा आएको छ । यस योजनाअन्तर्गत भ्रमणमा आएका विदेशी पाहुनाले सजिलै टुरिष्ट सिम लिएर सबै नेटवर्कमा कल गर्न मिल्ने अल नेटवर्क टक टाईम र डेटा बन्डलिङ गरिएको प्याकहरु लिन सक्छन् ।
नेपाल भ्रमणमा आएका कुनै पनि पर्यटकले कर सहितमात्र रु १०० मा टुरिष्ट सिम सहितको स्टार्टर प्याकलिन सक्छन् । यो प्याकमा पर्यटकले रु ३० मेनब्यालेन्स र तीनदिन समयावधि भएको १ जिबी डेटा पाउँछन् ।
यो सिमको विषेशता भनेको यसमा पे यज यु यो रेट लागु हुदैन र पर्यटनहरुले आफ्नो नेपालको बसाई र सेवाको आवश्यकता बमोजिम अल नेटवर्क भ्वाइस र डेटा सेवा बण्डल गरिएको तीन देखि तिस दिन सम्म समयसीमा रहेका विभिन्न पाँच कम्बो प्याकमध्ये कुनै एक प्याक लिन सक्छन् ।
पर्यटकहरुको सञ्चार सेवाको आवश्यकतालाई ध्यानमा राखितयार पारिएका कम्बो प्याकहरुमा तीन दिने प्याकको कर सहित रु २९० पर्दछ र यसमा ३० मिनेट अल नेटर्वक भ्वाईस र ३ जिबी डेटा भोल्युम रहेको हुन्छ । ७ जिबी डेटा र ७० मिनेट अल नेटवर्क भ्वाईस रहेको ७ दिने प्याकको कर सहित रु ४९० तोकिएको छ भने कर सहित रु ९८० पर्ने १४ दिने प्याकमा पर्यटकले १४ जिबी डेटा र १४० मिनेट अल नेटवर्क भ्वाईस बण्डल गरिएको प्याक लिन सक्छन् ।
अलि लामो समयको लागि नेपाल भ्रमणमा आउने पर्यटकले २८ दिने प्याकवा ३० दिने कम्बो प्याक लिन सक्छन् । २८ दिने प्याकअन्तर्गत पर्यटकले कर सहित रु १,४७० मा २८ जिबी डेटा र २८० मिनेट अल नेटवर्क भ्वाईस सेवा प्राप्त गर्नेछन् । त्यसैगरी ३० दिने प्याकअन्तर्गत कर सहित रु २,८८८ मा ८८ जिबी डेटा र ८८८ मिनेट अल नेटवर्क भ्वाईस सेवा पाउँनेछन् ।
पर्यटकले ‘टुरिष्ट सिम’ योजनाको कम्बो प्याक सिम लिई सकेपछि एस्ट्रिक्स१७१०५ह्यास डायल गरी प्राप्त निर्देशनअनुसार सुचारु गर्न सक्नेछन् ।
विश्वका विभिन्न देशहरुबाट नेपाल भ्रमणमा आउने पर्यटकहरुका लागि अल नेटवर्क टक टाइम रहेको भ्वाइस र डेटा सेवा बण्डल गरी नयाँ ‘टुरिष्ट सिम’ योजना संचालनमा ल्याउन पाएकोमा कम्पनी हषिर्त रहेको एनसेलले जनाएको छ ।
नेपाल भ्रमण वर्ष २०२० को अवसरमा संचालनमा ल्याईएको यो योजनाले नेपाल भ्रमणमा रहने विदेशी पाहुनाहरुको सञ्चार सेवाको आवश्यकतालाई सहज रुपमा सुलभ दरका साथ सम्बोधन गर्ने विश्वास एनसेलले लिएको छ ।
टुरिष्ट सिमएनसेलका एनसेल सेन्टरहरु, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको एनसेल काउण्टर र देशका विभिन्न भागमा रहेका ९० वटा पोइन्ट अफ सेल्सहरुबाट लिन सकिनेछ । यो सिम लिनका लागि पर्यटकले आफ्नो एक थानपासपोर्ट साइज फोटो र पासपोर्टको फोटो कपि बुझाउनु पर्दछ ।