आफ्नै छोरीमाथि बलात्कार गरेको अभियोगमा सर्लाहीबाट एकजना समातिए

सर्लाही, १५ साउन । आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा सर्लाहीको हरिपुरबाट एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पिडित बालिकाकी आमाले प्रहरीमा दिएको उजुरीको आधारमा छोरी बलात्कार गर्ने बाबुलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी गराएको हो ।

सर्लाहीको हरिपुर नगरपालिका- ७ बस्ने ४० देखि ५० वर्ष बीचका एक बाबुले आफ्नै छोरीमाथि कुकर्म गरेका हुन् ।

आफ्नै नाबालक छोरी (१२-१६ वर्ष )लाई पटक पटक अनैतिक व्यवहार देखाउदै आएका बाबुले शनिवार बाबुको हद पार गर्दै बलात्कार गरेपछि उनलाई पक्राउ गरिएको हो । पिडित बालिकाकी आमाले प्रहरीमा दिएको उजुरीको आधारमा पिडक बाबुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

बाबुको पशुतुल्य कुकर्मबारे पिडित छोरीले आमालाई बताएपछि उनको अपराध पर्दाफास भएको हो ।

घरमा कोहि पनि नभएको मौका पारी शनिवार आफूलाई आफ्नै बाबुले बलात्कार गरेको पिडित छोरीले बताएकी छिन ।

उता पिडकले आफ्नो पारिवारिक झगडा रहेको र आफूलाई फसाउने तरिकाले आरोप लगाएको जिकिर गरेका छन् भने प्रहरीले पनि घटनाको बारेमा अनुसंधान भैरहेको र अदालतले दोषी नठहराए सम्म त्यतिकै दोषी भन्न नमिल्ने बताएको छ ।

स्थानीयहरुले भने घटनाको समयलाई लम्याएर प्रहरीले अपराधलाई लुकाउन खोजेको आरोप लगाएका छन । ईलाका प्रहरी कार्यालय हरिपुरले भने घटनाको गम्भीरतापूर्वक अनुसन्धान भैरहेको जनाएको छ ।

(पिडितको गोपनीयताका लागि नाम, उमेर लगायतका तथ्य लेखिएको छैन ।)

Loading...