सुडानी सैन्य शासक र आन्दोलनकारीबीचको वार्ता स¥यो

एजेन्सी । सुडानका सैन्य शासक र आन्दोलनकारीबीचको वार्तापछि सरेको छ । शक्ति बाँडफाँडको विषयमा दुई पक्षकाबीचमा सहमति भएको भोलिपल्ट हुने तय भएको वार्ता अनिश्चित समयका लागिपछि सरेको एक नेताले शुक्रबार जानकारी दिएका छन् ।

“आन्दोलनकारी शक्तिहरूसँग हुने भनिएको वार्ता पछाडि सरेको छ,” सुडानी प्रभावशाली नेता ओमर अल डाइजरले एएफपीसँग भने । “संयुक्त दृष्टिकोण बनाउनुभन्दा पहिले हामीलाई अझ धेरै आन्तरिक छलफल र परामर्शको आवश्यकता देखिएको छ,” उनले थपे । उनले वार्ताका लागि अर्को कुनै मिति तय भइनसकेको पनि जानकारी दिए ।

अर्का आन्दोलनकारी नेता सिद्धिग यौसेफले पनि वार्ता पछाडि सरेको पुष्टि गरे । अहिले सैन्य सरकार रहेकोमा नागरिक—सैनिक संयुक्त सरकार बनाउने उद्देश्यले दुई पक्षकाबीचमा बिहीबार मात्रै प्रारम्भिक “राजनीतिक घोषणा” भएको थियो ।

शुक्रबार हुने भनिएको वार्तामा दुई पक्षले विविध विषयलाई समेटेर ‘संवैधानिक घोषणा’लाई अन्तिमरूप दिने तयारी थियो । उनीहरुले आन्दोलनका क्रममा आन्दोलनकारी विरुद्ध भएको हिंसा, सङ्क्रमणकालीन संसद्को गठन, सांसदहरूको भूमिकालगायतका विषयलाई पनि समेट्ने गृहकार्य गरेका छन् ।

सरकार विरुद्ध भएको आन्दोलनमा सहयोग गरेका तीन ओटा विद्रोही सङ्गठनले भने बिहीबार भएको सम्झौताप्रति असन्तुष्टि जनाएका छन् । “असन्तुष्टमध्येको सुडान रिभोलुसनरी फ्रन्टसँग वार्ता गर्न म अदिस अबाबातर्फ जाँदैछु” डिजरले भन्नुभयो । अर्का नेता यौसेफले पनि विद्रोहीहरू खुशी नभएको बताए ।

सुडानमा लामो समयदेखि भएको आन्दोलनपछि केही महीना अगाडि सैनिक सरकार गठन भएको छ भने आम नागरिकले सैनिक सरकार पनि अस्वीकार गर्दै नागरिक सरकार गठनको माग गर्दै आन्दोलन गरेका थिए ।

उनीहरूको आन्दोलनका कारण सैनिक सरकार र आन्दोलनकारीबीच समझदारी भएर संयुक्त सरकार बनाउने तयारी भएको बताइएको छ ।

Loading...