काठमाडौँ, ३० भदौ । निजी क्षेत्रका ऊर्जा उत्पादकले करिब छ हजार मेगावाट क्षमताका आयोजनाको विद्युत्् खरिद सम्झौता (पिपिए)का लागि नेपाल विद्युत प्राधिकरणमा आवेदन दिएका छन् । गत आर्थिक वर्षदेखि हालसम्म आवेदन दिइएका ती आयोजनाका बारेमा प्राधिकरणले भने कुनै निर्णय गरेको छैन । ती सबैजसो आयोजना नदी प्रवाहमा आधारित आयोजना हुन् । वर्षाको समयमा बढी विद्युत […]
Author: Nonstop Khabar
स्वाइनफ्लुबाट एकको मृत्यु
धुलिखेल, ३० भदौ । स्वाइनफ्लु रोगको संक्रमणबाट काभ्रेपलाञ्चोकमा आज एक जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा अर्जुन सापकोटाकाअनुसार स्वाइनफ्लुुका कारण पनौती नगरपालिका– ७ की ४० वर्षीया चाँदनी नेवाको मृत्यु भएको हो । ‘केही दिनअघि एक महिनाका लागि भारतका विभिन्न धार्मिकस्थलमा तीर्थयात्रा गरेर घर फर्केको र फर्केलगतै […]
शिक्षाको दीर्घकालीन खाका कोर्न उच्चस्तरीय आयोगको काम शुरु
काठमाडौँ, ३० भदौ । अबको ५० वर्षको शिक्षाको खाका कोर्ने लक्ष्यका साथ उच्चस्तरीय शिक्षा आयोगले आजदेखि काम शुरु गरेको छ । मागीखाने नभई गरिखाने शिक्षाको गन्तव्य तयार गर्न विश्वका विकसित मुलुकका अनुभवसमेतलाई समेटेर विषयगत र तहगत आधारमा विज्ञ एवं सरोकार भएकाको सुझाव समेटेर प्रतिवेदन बनाउने आयोगले तय गरेको छ । आज शिक्षा मन्त्रालयमा बसेको पहिलो […]
पोखरालाई खेलकुदको शहरका रूपमा विकास गरिने
पोखरा, ३० भदौ । युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहालले पोखरालाई खेलकुद शहरका रूपमा विकास गर्न मन्त्रालयले बजेट विनियोजन गर्न लागेको बताएका छन् । सहारा क्लब पोखराको १९औँं वार्षिकोत्सव तथा १०औँं अधिवेशनको उद्घाटन गर्दै उनले खेलकुद शहर बनेपछि पोखरा दक्षिण एशियामै खेलकुद हबका रूपमा विकास हुने विश्वास व्यक्त गरे । सचिव दाहालले निजी क्षेत्रसँग […]
एनआरएनए जापानले काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलको शौचालय बनाउन सघाउने
टोकियो, ३० भदौ । काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक पूर्वाधार विकासका लागि जापानस्थित गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सघाउने भएको छ । नयाँ कार्यसमिति बनेसँगै बसेको संघको पहिलो बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक पूर्वाधारको विकासअन्तर्गत तत्कालका लागि सार्वजनिक शौचालय निर्माणमा सघाउने भएको हो । नवगठित पदाधिकारीको बैठकले विमानस्थलका जीर्ण र अपुग भएका स्थानमा शौचालय बनाउन […]
बुद्ध एयरबको पोखरा–भरतपुर–भैरहवा उडान सुरु
पोखरा, ३० भदौ । बुद्ध एयरले आजदेखि पोखराबाट भरतपुर र भैरहवामा हवाई उडान शुरु गरेको छ । उक्त कम्पनीले आज बिहान १० बजे पोखराबाट भरतपुरका लागि पहिलो हवाई उडान शुरु गरेको स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिए । त्यस्तै ११ः२२ बजे अर्को विमान पोखराबाट भैरहवाका लागि उडेको छ । उन्नाइस सिट क्षमताको सो विमान पोखराबाट […]
अष्ट्रेलियाबाट छाप्रोमा गुजारा चलाइरहेका लिम्बुको परिवारलाई सहयोग
तेह्रथुम, ३० भदौ । कमजोर आर्थिक अवस्थाका कारण छाप्रोमा जीवन गुजारा गर्दै आएका तेह्रथुमको छथर गाउँपालिका–२ हमरजुङका गंगाबहादुर लिम्बूको परिवारलाई अष्टे«लियाबाट सहयोग भएको छ । लिम्बूको बारेमा विभिन्न सञ्चार माध्यमबाट समाचार प्रशारण भएपछि अष्ट्रेलियास्थित किराँत याक्थुङ चुम्लुङ नामक संस्थाले राहत संकलन अभियन चलाएको थियो । कलाकार यासेली योङहाङको सक्रियतामा सो संस्थाले चलाएको अभियानमा संकलित ५० […]
ठूलो सङ्ख्यामा एक सिंगे गैडा बाढीले बगाएको निकुञ्जको अनुमान
चितवन, ३० भदौ । साउन अन्तिम साता आएको बाढीका कारण चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुर्लभ वन्यजन्तु एकसिंगे गैँडाका धेरै बच्चा बगाएको अनुमान गरिएको छ । जसका कारण आउँदो वर्ष निकुञ्जमा गैँडा गणना गर्नुपर्ने प्रस्ताव निकुञ्ज कार्यालयले गरेको छ । सन् २०१५ मा चितवन राष्ट्रिय निकुञ्जमा गैँडा गणना गरिएको थियो । चार वर्षको फरकमा गैँडा गणना […]
मधेशमा स्मार्टफ़ोनको प्रचण्ड मोह
झमझम पानी, मोबाइल भिज्ने डर । तर प्रचण्डको तस्बीर र भाषणको भिडियो बनाउने रहरका अगाडि प्रतिकूल मौसमको अर्थ छैन । सर्लाहीको हरिवनमा निक़ै ठूलो वर्षा भइरहेको अवस्थामा प्रचण्ड मञ्चमा उक्लिए । अनि एकाएक देखा परे स्मार्टफ़ोनहरू । तस्बिर लिन चाहनेहरूमा पुरुषभन्दा महिलाहरू बढ़ी रहर गरिरहेका थिए । ‘ओ दाईं छेक्कियो के, अली छेउ सरीदिनु न’ […]
उत्तर कोरियाले अमेरिकामाथि प्रहार गर्यो शक्तिशाली क्षेप्यास्त्र । जापानमा बज्याे सुरक्षा सार्इरन
काठमाडौँ, ३० भदौ । उत्तरकोरियाले अमेरिकालाई चेतावनी दिँदै शक्तिशाली क्षेप्यास्त्र प्रहार गरेको छ । जापानको आकाशमाथिबाट अमेरिकातर्फ प्रहार गरिएको उक्त क्षेप्यास्त्र अमेरिकाकाे सीमा क्षेत्र नजिक पर्ने समुन्द्रमा खसेको बताइएको छ । अमेरिकाले उत्तरकोरियामाथि नाकाबन्दी लगाउन अभियान नै थालेपछि त्यसकाे जवाफमा यो क्षेप्यास्त्र प्रहार गरिएको हो । अमेरिकाकै प्रस्तावमा सोमबार संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तर कोरियाका […]










