काठमाडाैं, १४ भदाै । पूर्वप्रधानन्यायाधिश सुशीला कार्कीले मुलुक भ्रष्टाचारले आक्रान्त बनेको र न्यायपालिकासमेत त्यसबाट मुक्त नरहेको बताएकी छन् । कान्तिपुर दैनिकका समाचार सम्पादक हरिबहादुर थापाले लेखेको ‘रजगज : दल दरवार, अदालत र अख्तियारभित्रका भ्रष्टाचार’ पुस्तक मंगलबार राजधानीमा सार्वजनिक गर्दै कार्कीले राज्यका सबै निकायमा इमानदारीपूर्वक काम गर्नेहरूलाई अप्ठ्यारामा पार्ने गरिएको बताइन् । ‘केही अदृश्य व्यक्तिहरूको सुझाव […]
Author: Nonstop Khabar
आयल निगमको अर्बौको घोटालामा खड्कासँगै तानिए पूर्वमन्त्री बोहोरा
काठमाडाैं, १४ भदाै । नेपाल आयल निगमको जग्गा खरिद घोटालामा निगमका कार्यकारी निर्देशक गोपाल खड्कादेखि तत्कालीन आपूर्तिमन्त्री दीपक बोहोरासम्म तानिएका छन् । जग्गा खरिदमा डेढ अर्ब रुपैयाँबराबर घोटाला भएको नयाँ तथ्य खुलासा भएको छ। निगमले खरिद गरेको जग्गाको स्थलगत अध्ययन गरेर फर्किएका सांसदले मंगलबार पूर्वमन्त्री बोहोराको संलग्नता र घोटाला रकमबारे नागरिकलाई विस्तृत जानकारी दिएका हुन्। […]
भकाभक परिवारिक सम्बन्धहरु तोड्दै फेसबुक
काठमाडौं, १४ भदाै । मकवानपुरकी रश्मि (नाम परिवर्तन) विश्वकर्माको १६ वर्षको उमेरमा प्रेम विवाह भयो। विवाहको एक वर्षपछि रश्मिका श्रीमान् रमेश पैसा कमाउन कुबेत गए। श्रीमतीलाई पैसा पनि पठाउन थाले। रश्मिका दिनहरु राम्रैसँग बित्दै गए। समय बित्दै जाँदा रश्मिको अर्को केटासँग निकटता बढ्दै गयो। श्रीमान् तीन वर्षपछि खाडीबाट नेपाल फर्किए। विमानस्थलमा रश्मिको प्रतीक्षामा बसिरहेका रमेशले […]
एमालेको सभा विथोल्न खोज्दा जनकपुरमा राजपाका ४७ कार्यकर्ता घार्इते
धनुषा, १४ भदाै । नेकपा (एमाले)ले जनकपुरमा अायाेजना गरेको एक सभालार्इ विथाेल्न खाेज्दा राष्ट्रिय जनता पार्टी नेपालका ४७ जना नेता कार्यकर्ता घाइते भएका छन् । प्रदेश नम्बर २ काे चुनावी रणनीति तय गर्न तथा कार्यकर्तालार्इ प्रशिक्षित गर्न एमालेले मंगलबार जनकपुरमा अगुवा कार्यकर्ता भेला अायाेजना गरेकाे थियाे । साेही कार्यक्रममा पुगेका एमालेका नेताहरुमाथि कालाेझण्डा र कुचाे […]
गाउँपालिकाका प्रमुख र उपप्रमुखबीच कुटाकुट
म्याग्दी, १३ भदाै । मुस्ताङकाे एक गाउँपालिकाका प्रमुख र उपप्रमुखबीच कुटाकुट भएको छ । मुस्ताङको बाह्रगाउँ–मुक्तिक्षेत्र गाउँपालिकाका उपप्रमुख शिव गुरुङलाई सोही गाउँपालिका वडा नम्बर–४ का वडाध्यक्ष तेन्जिङ गुरुङले रक्सी सेवन गरेर कुटपिट गरेका हुन् । कार्यकक्षमा प्रवेश गरी कुटपिट गरेका तेन्जिङले प्रहरी कार्यालयभित्रै उपप्रमुख गुरुङमाथि हातपात गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले बताएको छ । कुटपिटबारे […]
यस्ता छन् सेक्स स्क्यान्डलमा विवादित भारतका बाबाहरु
भारतमा बाबा राम रहिम काण्डले ठूलाे तहल्का मच्चाएकाे छ । डेरा सच्चा साैदा समूहका प्रमुख रहेका राम रहिमलार्इ अहिले १० वर्षकाे जेल सजाय ताेकिएकाे छ । राम रहिमलार्इ पक्राउ गरिएपछि भएकाे झडपका क्रममा करिव तीन दर्जन मानिसकाे ज्यान समेत गएकाे छ । भारतमा यस्ता घटना पटक पटक दाेहाेरिने गरेका छन् । खासगरी यसरी याेगीकाे भेषमा […]
फेसबुकका सीइअाे जुकरवर्ग दाेस्राे छाेरीका पिता भए
एजेन्सी । फेसबुकका सीईओ मार्क ज़करबर्ग दाेस्राे बच्चाकाे पिता बनेका छन् । जुकरवर्ग परिवारमा दाेस्राे सन्तानका रुपमा पनि छाेरी भएकाे बताइएकाे छ । जुकरवर्गले दाेस्री छाेरीकाे नाम अगस्ट राखेकाे बताइएकाे छ । अगस्ट महिनामा जन्म भएका कारण उनकाे नाम पनि अगस्ट नै राखिएकाे बताइएकाे छ । दाेस्राे सन्तानलार्इ स्वागत गर्दै जुकरवर्ग र उनकी पत्नी प्रिसिला […]
बजाजले ल्यायो जम्मा ४१,००० मा मोटरसाइकल
बजाज अटो कम्पनीले सबैभन्दा सस्तो मोटरसाइकल बजारमा ल्याएको छ । बजाजले आफ्नो पपुलर बाइक सीटी १०० लाई इलेक्ट्रिक स्टार्ट के साथ अपग्रेड समेत गरेको छ । इन्धन बचत गर्ने मध्ये सबैभन्दा राम्रो बाइक यही भएको बताइएको छ । बजाजले यो बाइकको मुल्य जम्मा ४१ हजार ९ सय ९७ भारु राखेको छ । यो मुल्य सीमित […]
घुस खुवाएको आरोपमा सामसुङका मालिकका छोरालाई ५ वर्षको जेल सजाय
चर्चित प्रविधि कम्पनी सामसुङका उपाध्यक्ष ली जे यङलले ५ वर्षको जेल सजाय पाएका छन् । दक्षित कोरियाको एक अदालतले शुक्रबार घुस लिएको एक घटनाका बारेमा अनुसन्धान गरेपछि उनलाई यो जेल सजाय सुनाइएको हो । दक्षिण कोरियाकी पूर्व राष्ट्रपति पार्क ग्वेन हेका निकट सहयोगीलाई सरकारी पक्षबाट सपोर्ट जुटाउन लागेको र सो क्रममा उनले सरकारी अधिकारीलाई घुस […]
यसरी घटाउनुहोस् ७ दिनमा ६ किलोभन्दा बढी तौल । सजिलो घरेलु उपाय
सबै मान्छेहरु आफू स्वस्थ र शारीरिक रुपमा फिट हुन चाहन्छन् । तर, हाम्रो जीवनशैलीका कारण त्यो सम्भव भइरहेको हुँदैन । धेरै मानिसहरु मोटाइ बढेका कारण निकै चिन्तित पनि भइरहेको पाइन्छ । मोटाइ घटाउन अनेक उपाय गर्दा पनि उनीहरु सफल भएका हुँदैनन् । कतिपय मानिसहरु मोटाइ घटाउन जिम जाने गर्दछन् । कतिपय योगा गर्दछन् भने कतिले […]










