यी तरिका अपनाएर घरलाई आरामदायी बनाउनुस । घरमा खुसी नै खुसी ल्याउनुस

काठमाडाैं । धेरै घरहरू एकदमै सुन्दर तथा राम्रोसँग सजाइएका हुन्छन् । यस्ता घर देख्दा हामीलाई लाग्छ कि, त्यसलाई सजाउन तथा सामान मिलाएर राख्न धेरै मेहनत गर्नुपर्‍यो होला । कुनै पनि घरलाई आरामदायी तथा सहज बनाउन धेरै कुरामा ध्यान दिनुपर्छ । घर आफूलाई मात्र नभएर आगन्तुक सदस्यका लागि समेत राम्रो तथा आनन्द लाग्ने किसिमको हुनुपर्छ । घरलाई आरामदायी तथा सहज बनाउने केही तरीका यहाँ प्रस्तुत गरिएको छ :

आधारभूत व्यवस्थापन गर्नुहोस्

घरमा भएका अनावश्यक वस्तुहरू हटाउनुहोस् । घरमा उपयोगी तथा आवश्यक सामान मात्र राख्नुपर्छ । घरको आसपास पनि सफाइ गर्नुपर्छ ।

बस्ने ठाउँ मिलाउहोस्

बस्नका लागि घरमा एउटा यस्तो ठाउँको व्यवस्था गर्नुहोस्, जहाँ घरका कुनै पनि सदस्य वा पाहुना आएर आरामसँग बस्न सकून् । यस ठाउँमा कुशन, चकटी तथा पल्टिनका लागि पनि ठाउँको व्यवस्था गर्नुहोस् । आसपासको माहोल सुन्दर बनाउन कोठामा हरियालीको व्यवस्था गर्न सक्नुहुन्छ ।

भुइँ

तपाईंको घरको भुइँले पनि घरलाई आरामदायी बनाउन सक्छ । कोठाको भुइँमा सफा सुग्घर कुशन बिछ्याउहोस्, ता कि भुइँमै आरामसँग बस्न सकियोस् ।

विस्तारा राम्रोसँग लगाउनुहोस्

बस्न तथा सुत्नका लागि घरमा राखिएका सोफा, कार्पेट तथा बिस्तारा सफा राख्नुहोस् । विस्तारामा राम्रो तन्ना लगाउनुहोस् । विस्तारा नरम हुनुपर्छ । यसले त्यसमा सुत्नेलाई पनि सहज महसूस हुन्छ ।

सहज ठाउँ

आफ्नो घरमा एउटा यस्तो ठाउँ बनाउनुपर्छ, जहाँ तपाईंलाई सबैभन्दा राम्रो लागोस् । घरको यो ठाउँमा राम्राराम्रा किताब, कफीको मगलगायत सामग्री राखेर त्यहाँ केही बेर बस्दा आनन्द आउने वातावरण बनाउनुपर्छ । त्यस ठाउँमा सोफा, कुर्सीलगायत पनि राख्नुपर्छ । हल्का लाइटले पनि यो ठाउँलाई विशेष बनाउन मद्दत गर्छ ।

Loading...