रोल्पा, २८ भदौ । मासुजन्य उत्पादनमा रोल्पा आत्मनिर्भर भएको छ । तर दूध र अण्डा उत्पादन भने अपुग देखिएको छ । जिल्ला पशु सेवा कार्यालयका अनुसार वर्षेनी ३३ लाख १७ हजार किलो मासु उत्पादन हुँदै आएको छ । औसत राष्ट्रिय आवश्यकताअनुसार प्रतिव्यक्ति १४ किलो मासु आवश्यकता पर्नेमा जिल्लामा औसत १५ किलो मासु उत्पादन भइरहेको छ […]
Author: Nonstop Khabar
भुटानलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा
काठमाडौँ, २८ भदौ । मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले भुटानलाई नौ विकेटले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको भुटानले २८ ओभरमा सवै विकेट गुमाउँदै ५० रन मात्र बनायो । एकाउन्न रनको विजयी लक्ष्य नेपालले ८.३ ओभरमा प्राप्त ग¥यो । नेपालका लागि आसिफ शेखले […]
श्रमिक आप्रवासका विषयमा साझा धारणा बनाउँदै एशियाका १२ राष्ट्र
ललितपुर, २८ भदौ । सुरक्षित, व्यवस्थित र नियमित आप्रवासका लागि विश्वव्यापी सहकार्य (जिसिएम)को खाकाको सम्बन्धमा ‘कोलम्बो प्रोसेस’मा आबद्ध एसियाका १२ राष्ट्रको साझा धारणा तयार गर्ने विषयमा केन्द्रित रही ती देशका प्रतिनिधि सहितको परामर्श बैठक आजदेखि यहाँ शुरु भएको छ । कोलम्बो प्रोसेसमा नेपालसहित भारत, चीन, कम्बोडिया, इन्डोनेसिया, पाकिस्तान, फिलिपिन्स, श्रीलंका, थाइल्याण्ड, भियतनाम र अफगानिस्तान सदस्य […]
टोलटोलमा बालविकास केन्द्र आवश्यक : मन्त्री कोइराला
काठमाडौँ, २८ भदौ । महिला, बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइरालाले बाल विकासमा लगानी र सहभागिता बढाउन हरेक टोलमा बाल विकास केन्द्र खोलिनु पर्ने बताएकी छन् । प्रारम्भिक बालविकासका लागि सांसदहरूको सहकार्य समूह (ककस) र सेतो गुराँस राष्ट्रिय बालविकास सेवाले आज यहाँ आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री कोइरालाले अभिभावक सचेतना र जिम्मेवारी किटान गरी […]
यसरी फेसबुकले दियो फूलकुमारीलाई नयाँ जीवन
झापा, २८ भदौ । सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग भइरहेका बेला केहीले भने यसलाई समाज सेवाको माध्यम बनाएका छन् । बाह्रदशी गाउँपालिका–७ निवासी आर्थिकरुपले अति विपन्न एक क्यान्सर पीडित युवतीलाई उपचारका लागि खर्च जुटाएर रोग मुक्त गराउने सोही ठाउँका टोम राजवंशीसहित तुलसीप्रसाद राजवंशी, गोपालचन्द्र राजवंशी, कुवित राजवंशी र श्याम राजवंशी समाजका उदाहरणीय पात्र बनेका छन् । […]
नक्कली भ्याट प्रयाेग गर्ने ९ व्यवसायीविरुद्ध १९ करोडको मुद्दा
काठमाडौं । राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रयोग गरी ९ जना व्यवसायी तथा फर्मले ९ करोड रुपैयाँभन्दा बढी कर छली गरेको अभियोगसहित मुद्दा दायर गरेको छ । विभागले गरेको अनुसन्धानमा आरोपितहरूले नक्कली भ्याट बिल प्रयोग गरी कर छली गरेको भेटिएपछि पर्सा जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । विभागले आरोपितहरूले झुटा खरिद विवरणसहितको मूल्य […]
शेयर बजार घटाउने षड्यन्त्र गर्दै शेयरका ठूला व्यापारी
काठमाडौं, २९ भदाै । पछिल्लो समयमा सेयर बजार परिसूचक निरन्तर ओरालो लागेको छ । सेयर बजारका ठूला लगानीकर्ताले बजार घटाएर खरिद गर्ने अवसर सिर्जना गर्न आपूर्ति बढाउँदा बजार परिसूचकमा उच्च गिरावट आएको जानकारहरू बताउँछन् । भदौका अधिकांश दिन सेयर बजार घटेको छ । बैंकहरूले ब्याजदर घटाएको तथा सहज सेयर कर्जाको व्यवस्था गर्दा पनि सेयर बजारमा […]
अनुमति नलिई स्वास्थ्य क्लिनिक सञ्चालन
झापा, २८ भदौ । काँकडभिट्टामा ‘दिब्यज्योति आइ इयर केयर सेन्टर’ नामक स्वास्थ्य क्लिनिक अवैधरूपमा सञ्चालन भइरहेको छ । आँखा, नाक, कान र घाँटीको उपचार एकै थलोमा गर्ने भन्दै गत भदौ पहिलो सातादेखि सञ्चालनमा आएको सो क्लिनिकले सम्बन्ध निकायबाट सञ्चालनको अनुमति नलिई शल्यक्रियालगायतका उपचार थालिसकेको छ । स्वास्थ्य उपचारसँग सम्बन्धित कुनै पनि क्लिनिक वा संस्था सञ्चालन […]
एड्स संक्रमितको संख्या घट्दै
भद्रपुर, २८ भदौ । झापामा प्छिल्लो समयमा एचआइभी(एड्स) संक्रमितकै कारण मृत्यु हुनेको संख्या घट्दै गएको पाइएको छ । तीन वर्षमा १६ संक्रमितको मृत्यु भएको झापामा आव २०७३÷७४ असार मसान्तसम्मको एक वर्षमा तीन संक्रमितको मात्र मृत्यु भएको नाइट चेस क्लब अफ भद्रपुरले जनाएको छ । मेची अञ्चल अस्पताललगायत विभिन्न अस्पतालमा प्राप्त सुविधायुक्त प्रविधि र उचित उपचार […]
कांग्रेसका पार्टी सभापतिलाई कारवाही गर्न माग
नुवाकोट, २८ भदौ । बेलकोटगढी नगरपालिकाका नेपाली कांगे्रसबाट प्रमुखसहित विभिन्न उम्मेदवारले स्थानीय तहको वैशाख ३१ गतेको निर्वाचनमा अन्तरघात गरेको आरोप लगाई जिल्ला सभापतिलाई कारवाहीको माग गर्दैै केन्द्रीय कार्यालयमा पत्र बुझाएका छन् । बेलकोटगढीमा प्रमुखमा पराजित यादव नेपाल, उपप्रमुखका प्रत्याशी हिरा तिवारी शर्मासहितले जिल्ला सभापति तथा सांसद जगदीश्वरनरसिंह केसीलगायतले अन्तरघात गरेको जनाउँदै कारवाही गर्न केन्द्रीय कार्यालयमा […]








