वर्ल्ड लिङ्कका ग्राहकले ४३ इन्चको स्यामसुङ टिभी र फोर्डको एस्पायर कार उपहार पाउने

काठमाडौं । वर्ल्ड लिंक कम्युनिकेसनले दशै तिहारसहितका चाडपर्वलार्इ ध्यानमा राख्दै नयाँ अफर ल्याएकाे छ । “ए हजुर कता ! इस्क्राच गरौँ यता” नाराका साथ वर्ल्ड लिंकले याे अफरको सुरुवात गरेको हाे ।

नयाँ अफर अन्तर्गत हरेक हप्ता लक्की ड्र मार्फत १२ वटा ४३ इन्चको स्यामसुङ फोर के टिभी र बम्पर पुरस्कार स्वरुप एउटा फोर्डको एस्पायर कार जित्ने कम्पनीले जनाएको छ। त्यसका साथै स्योरसट अफरमा हरेक ग्राहकले तीन महिनाको अग्रिम भुक्तानी गर्दा १२ महिनासम्मको नि:शुल्क इन्टरनेट सेवा अथवा १००० रुपैयाँ नगद फिर्ता पाउने वर्ल्ड लिङ्कले जनाएकाे छ । त्यसैगरी १२ महिनाको अग्रिम भुक्तानी गर्दा १२ महिनासम्मको नि:शुल्क इन्टरनेट सेवा अथवा २००० हजार नगद फिर्ता पाउने अफर पनि कम्पनीले यसमा रहेकाे जनाएकाे छ ।

उत्कृष्ट इन्टरनेट सेवा प्रदायकको रुपमा आफ्नो गुणस्तरलाई अझ बढाउने लक्ष्य अनुसार वर्ल्ड लिङ्कले विभिन्न अफर ग्राहकका लागि ल्याएकाे हाे । याे अफर भदौ २७ बाट सुरु भई मंसिर २७ सम्म रहने बताइएकाे छ । अफर अवधिभर ग्राहकहरुले भुक्तानी गर्दा एउटा स्क्रयाच कार्डमा स्क्रयाच गरी उपहार पाउन सक्नेछन् ।

Loading...