उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेपछि विश्वभर तरङ्ग । सुरक्षापरिषदको आकस्मिक बैठक बस्यो

काठमाडाै‌ । उत्तर कोरियाले शुक्रबार बिहान जापानी आकाशमा क्षेप्यास्त्र हानेको छ । उसले शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र शुक्रबार जापानको आकास हुँदै गएको बताइएको छ । केही दिनअघि पनि उसले यसै गरी क्षेप्यास्त्र हानेको थियो । अन्तर्राष्ट्रिय समुदायको संयुक्त राष्ट्रसङ्घको स्थायी समितिले उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाउने निर्णय गरेपछि क्रुद्ध बनेको उक्त मुलुकले अर्को क्षेप्यास्त्र जापानको आकासमा […]

लण्डनको भूमिगत रेलमा विष्फाेट । २२ जना घाइते

लण्डन, ३० भदौ । लण्डनको भूमिगत एक रेलमा विस्पोट हुँदा कम्तीमा २२ जना घाइते भएका प्रहरीले जनाएको छ । यात्रुले खचाखच रहेको रेलको अघिल्लो भागमा शुक्रबार बिहानै गराइएको विस्पोटपछि केही यात्रुको अनुहारमा विस्पोटका कारण जलेको र रगताम्मै अवस्थामा देखेको एक प्रत्यक्षदर्शीले बताए । प्रहरीले घटनालाई ‘आतंकवादी घटना’ भनेको छ । “पश्चिम लण्डनको पासन्स ग्रीन स्टेसनमा […]

विषाक्त खानाका कारण भारतमा १७० बालबालिका बिरामी

नयाँदिल्ली, ३० भदौ । भारतको पूर्वी उडिसा राज्यका तीन वटा विद्यालयमा विषाक्त खानाका कारण १७० भन्दा बढी बालबालिका बिरामी भएका छन् । झण्डै ५० जना आवासीय विद्यार्थी रहेको मल्कानगिरी जिल्लाको विद्यालयका बालबालिकाहरूले शुक्रबार बिहानै अस्वस्थ महसुस गरेका थिए । बिहानको खाजा खाने वित्तिकै उनीहरू बिरामी भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन् […]

टोनी हेगेनका तस्बिर प्रदर्शनमा

काठमाडौँ, ३० भदौ । भू–गर्भविद् टोनी हेगेनले मुलुकका विभिन्न भू–भागमा पुगेर खिचेका तस्वीरको बबरमहलस्थित नेपाल कला परिषद्मा आजदेखि प्रदर्शनी गरिएको छ । नेपाल हेरिटेज सोसाइटीको आयोजनामा आगामी असोज ९ गतेसम्म जारी रहने प्रदर्शनीमा विशेषगरी नेपालको हिमाली भेग तथा दुर्गम भागका प्रकृति, सम्पदालगायत विषयका करिब २०० तस्वीर समावेश गरिएका छन् । नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत जर्ग […]

यू–१८ फुटबल टोलीको बिदाइ

काठमाडौँ, ३० भदौ । साफ यू–१८ फुटबल च्याम्पियनसिपमा सहभागिता जनाउन भुटान जान लागेको नेपाली यू–१८ फुटबल टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले बिदाइ गरेको छ । यू–१८ फुटबल टोलीलाई युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले ललितपुरको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्पलेक्समा नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरी बिदाइ गरे । टोली शनिबार दिउँसो भुटानतर्फ प्रस्थान गर्दैछ […]

पाँच वर्षदेखि हराएकी डोल्मा घर फिर्ता

काठमाडौँ, ३० भदौ । वैदेशिक रोजगारीका सिलसिलामा कुवेत गएपछि पाँच वर्षदेखि सम्पर्कविहीन सिन्धुपाल्चोककी डोल्मा तामाङका बारेमा राष्ट्रिय समाचार समितिमा समाचार प्रकाशन भएको हप्ता दिनपछि उनी नेपाल आइपुगेकी छन् । चौतारा साँगाचोकगढी नगरपालिका, कुभिण्डेकी डोल्मा विसं २०६८ मा कुवेत गएकामा पाँच वर्षदेखि परिवारको सम्पर्कमा नआएको बारे गत भदौ २१ गते राससबाट समाचार सम्प्रेषण भएको थियो । […]

सहरको धुलो व्यवस्थापन गर्न ७५३ स्थानीय तहलाई परिपत्र

काठमाडौँ, ३० भदौ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई धुलो व्यवस्थापनलगायत वातावरणीय संरक्षणमा काम गर्न परिपत्र जारी गरेको छ । मन्त्रालयले आज महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई तत्कालीन र दीर्घकालीन रुपमा गर्नुपर्ने काम एवम् प्रदूषण नियन्त्रण गर्नका लागि अन्य उपायसम्बन्धी दशबुँदे परिपत्र जारी गर्दै सवारी साधनबाट निस्कने धुवाँ व्यवस्थापन गर्ने […]

शेयर कारोबारको रकम कम

Share Market

बनेपा, ३० भदौ । शेयर बजारमा आर्कषण बढ्दै जाँदा नयाँ÷नयाँ लगानीकर्ता भित्रिएको बनेपाका ब्रोकर कार्यालयमा शेयर कारोबारको रकम कम देखिएको छ । बनेपामा भिजन सुक्युरिटिज प्रालि (३४), र ४० नम्बर ब्रोकर कार्यालय क्रियाटिभ सेक्युरिटिज प्रालिले बनेपा शाखा कार्यालयमार्फत डिम्याट गर्ने र शेयर कारोबारको काम गर्दै आएका छन् । भिजन सेक्युरिटिज प्रालि बनेपा शाखाका प्रमुख प्रकास […]

स्वदेशमा उत्पादित धागो र कपडा मेला

काठमाडौँ, ३० भदौ । नेपालमै उत्पादित धागो र कपडाको मेला काठमाडौँमा शुरु भएको छ । नेपाल धागो उद्योग संघले भुकुटीमण्डपमा आजबाट असोज ३ गतेसम्म ‘नेपाल यार्न एण्ड टेक्साटाइल एक्पो’ आयोजना गरेको हो । मेलामा नेपालमै उत्पादन भएका विभिन्न दैनिक प्रयोग हुने लुगा, तन्नालगायत उत्पादन राखिएको छ । मेलाको उद्घाटन गर्दै उद्योग मन्त्रालयका सचिव शंकरप्रसाद कोइरालाले […]

८० रुपैयाँ विद्युत् महसुल तिर्न २ हजार खर्च

तेह्रथुम, ३० भदौ । जिल्लाको पूर्वी क्षेत्रका दुई गाउँपालिकाका उपभोक्तालाई विद्युत् महसुल बुझाउन सास्ती भएको छ । ८० रुपैयाँ विद्युत् महसुल बुझाउन उपभोक्ताको दुई हजार खर्च हुने गरेको उनीहरू बताउँछन् । आठराई गाउँपालिकाको केन्द्र संक्रान्ति बजार र फेदाप गाउँपालिकाका केन्द्रीय विद्युत् लाइन विस्तार भएको छ । पायक पर्ने स्थानमा विद्युत् महसुल संकलन केन्द्र स्थापना नहुँदा […]