झापा ११ ए डिभिजनमा परेपछि पूर्वमा छुट्टै उत्साह

बिर्तामोड, १ असोज । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)ले झापा ११ लाई ए डिभिजन क्लबको मान्यता दिएसँगै झापाली खेलप्रेमी उत्साहित बनेका छन् । राष्ट्रियस्तरका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएको झापा ११ले पाएको यो सफलतापछि सरोकार राख्नेहरुबीच भेटघाट र टेलिफोनमार्फत बधाई तथा शुभकामना समेत साटासाट भइरहेको छ । झापा ११लाई अगुवाई गरिरहेकाहरु […]

यसरी थर्काए अायल निगमका गाेपाल खड्काले मन्त्रीलार्इ

काठमाडौं, १ असोज । नेपाल आयल निगमका प्रमुख कार्यकारी गोपालबहादुर खड्का जग्गा खरिद प्रकरणमा सर्वत्र विवादित बनिरहेको बेला मन्त्रीलाई समेत थर्काउने गरेको पाइएको छ । आपूर्ति राज्यमन्त्री कर्णबहादुर विक २० भदौमा बजार अनुगमनका लागि नेपालगन्ज पुगेका थिए । सो क्रममा उनले नेपाल आयल निगमको मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालय, विभिन्न ग्याँस डिपो तथा पेट्रोल पम्पमा समेत अनुगमन […]

प्रचण्डलार्इ काँग्रेससँग पार्टी एकता गर्न माेहन बैद्यकाे सुझाब

रुपन्देही, १ असाेज । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले कांग्रेससँग एकता गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सुझाब दिएका छन्। शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष वैद्यलेभने, ‘कांग्रेस र माओवादी केन्द्रको कुरा मिल्छ एकता गर्दा हुन्छ।’ उनले माओवादी केन्द्रसँग आफ्नो पार्टीको कुनै हालतमा पनि एकता हुन नसक्ने भन्दै विप्लव माओवादी र मोहनविक्रम सिंहको मशालसँग भने […]

अमेरिकी सामुन्द्रिक अाँधीपछि देखा पर्याे यस्ताे अनाैठाे जीव

एजेन्सी । अमेरिकामा हालै आएको विनाशकारी सामुद्रिक आँधी पश्चात तिखा दाँत भएको एक रहस्यमय समुद्री जिव देखिएको छ । एक महिलाले टेक्सासको समुद्री तटमा उक्त जिवलाई पहिलोपटक देखिन् र त्यसको तस्वीर खिचेर टि्वटरमा शेयर गरिन् । उनले उक्त फोटोसँगै टि्वट गरिन्, ‘लौ ठिक छ, जिवविज्ञान टि्वटर, यो के हो यस्तो ? टेक्सासको तटमा फेला परेको […]

एनआरएनए अध्यक्षमा भवन भट्टको उम्मेदवारी घोषणा

काठमाडौं, ३१ भदाै । गैर अावासीय नेपाली संघ (एनअारएनए) काे अध्यक्ष पदमा भवन भट्टले अाफ्नाे उम्मेदवारी घाेषणा गरेका छन् । काठमाडाैंकाे दरवारमार्गमा रहेकाे पाँच तारे हाेटेलमा पत्रकार सम्मेलनमार्फत भट्टले अाठाै विश्व सम्मेलनका लागि अाफ्नाे उम्मेदवारी घाेषणा गरेका हुन् । दुर्इ कार्यकाल कार्यकाल एनअारएनएकाे उपाध्यक्षकाे भएर भूमिका खेलेका भट्टले अाफू अध्यक्ष बने एनअारएनमा उठान गर्ने एजेण्डाहरु […]

ओपनर सन्दिप र आसिफ चम्केपछि मलेसियामाथि नेपालकाे फराकिलो जीत

काठमाडाैं । नेपालले मलेसियामाथि फराकिलाे जित निकालेकाे छ । यससँगै नेपाल एसिसी यू–१९ पूर्वी क्षेत्रीय छनोट क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । नेपाली ओपनरद्वय सन्दिप सुनार र आसिफ सेख चम्केपछि फराकिलो जीत निकाल्न सफल भएकाे हाे । नेपालकाे जितमा ओपनरद्वय सन्दिप र आसिफले १ सय २५ रनको साझेदारी गरेका थिए । जसबाट नेपालले १० […]

युद्धकालको झल्को दिने गरी थवाङ आकाशमा हवाइ गस्ती । दर्जन बढी गिरफ्तार

राेल्पा, ३१ भदाै । जनयुद्धकालमा चर्चाकाे शिखरमा रहेकाे राेल्पाकाे थवाङ अहिलेसम्म चर्चामै छ । शुक्रबारदेखि थवाङमा जनयुद्धकालकै झल्काे दिनेगरी प्रशासनले हवाइ गस्ती लगाउन सुरु गरेपछि यसकाे फेरि चर्चा सुरु भएकाे छ । प्रहरीले हवार्इ गस्तीसँगै गिरफ्तारीलार्इ पनि तीब्र पारेकाे छ । शुक्रबार बिहान ८ बजे मात्र नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा राप्ती ब्यूराे इन्चार्ज […]

होम बटन विनाको आइफोन १० : स्मार्टफोनको नयाँ युग सुरुवात

एजेन्सी । एप्पलले अाइफाेनकाे एक दशक यात्रापछि नयाँ प्रविधि र नयाँ डिजाइनमा नयाँ सिरिज सार्वजनिक गरेकाे छ । अाइफाेन निर्माणकाे यात्राले एक दशक पूरा गरेकाे अवसरमा एप्पलले नयाँ प्रविधि र डिजाइनमा सार्वजनिक गरेकाे अाइफाेन १० ले स्मार्टफोनको दुनियाँमा नयाँ युगको सुरुवात गरेको बताइएको छ। याे हालसम्मकै सबैभन्दा महंगो स्मार्टफाेन भएकाे छ । होम बटनबिनाको एज […]

१३ वर्ष शनि ग्रहको फन्को मारेर वायुमण्डलमा ठाेक्किएर टुक्राटुक्रा भयाे कसिनी

काठमाडाैं । २० वर्षमा ८ अर्ब किलोमिटर यात्रा गरेको नासाको कसिनी अन्तरीक्षयान अन्ततः शनि ग्रहको वायुमण्डलमा ठोक्किएर समाप्त भएको छ। नासा, युरोपियन स्पेस एजेन्सी र इटालियन स्पेस एजेन्सीको सहकार्यमा सन् १९९७ अक्टोबर १५ मा सुरु भएको सो अभियान समाप्त भएको हो। कासिनीले गत १३ वर्ष त शनि ग्रहको वरिपरि घुमेर बिताएको छ। २००५ देखि यसले […]