मुस्ताङबाट एक हजार च्याङ्ग्रा राजधानी ल्याइदै

काठमाडाै, १६ भदौ । नेपाल खाद्य संस्थानले दशैँका लागि करिब दुई हजार ५०० खसीच्याङ्ग्रा काठमाडौँ ल्याउने भएको छ । उपभोक्तालाई लक्ष्य गरेर एक हजार ५०० खसी र एक हजार च्याङ्ग्रा ल्याइने संस्थानका विभागीय प्रमुख श्रीमणिराज खनालले जानकारी दिए । उनका अनुसार एक हजार खसी हेटौँडा र ५०० खसी दाङ तथा एक हजार च्याङ्ग्रा मुस्ताङबाट ल्याइनेछ […]

नयाँ स्वास्थ्य नीति निर्धारण गर्न समिति गठित

काठमाडौँ, १५ भदौ । स्वास्थ्य मन्त्रालयले स्वास्थ्यमन्त्रीको नेतृत्वमा ११ सदस्यीय उच्चस्तरीय नयाँ स्वास्थ्य नीति निर्धारण समिति गठन गरेको छ । समितिका कार्यकारी उपाध्यक्षमा डा महेश मास्के तथा सदस्यमा डा बद्रीराज पाण्डे, डा शरद् वन्त, डा सेनेन्द्रराज उप्रेती, डा पदमबहादुर चन्द, डा वाइपी सिंह, दयालक्ष्मी वैद्य, डा वासुदेव उपाध्याय र स्वास्थ्य मन्त्रालयका सचिव डा किरण रेग्मी […]

तातोपानीमा डुबुल्की मार्न आउने विदेशीको संख्या बढ्दो

म्याग्दी, १५ भदौ । तीन वर्षदेखि जापानबाट पाँच जनाको एक समूह नियमित रुपमा बेनी नगरपालिका ४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउने गरेको छ । युट्युब र अनलाइनमा तातोपानी कुण्डका बारेमा जानकारी पाएपछि कुण्ड खोज्दै आएको जापानी टोलीले हरेक वर्ष बुकिंग गरेर तातोपानी कुण्डमा डुबुल्की लगाउँछ र प्राकृतिक उपचारमार्फत स्वस्थ भई आफ्नो देशमा फर्किने गर्छ […]

किनमेल गर्न गौरीफण्टा गएका नेपालीमाथि भारतीयद्वारा कुटपिट

कञ्चनपुर, १५ भदौ । कैलाली कञ्चनपुरको सीमावर्ती नाका गौरीफण्टामा किनमेलका लागि गएका जीतबहादुर विकमाथि भारतीय व्यापारीले आज कुटपिट गरेका छन् । स्थानीयवासी सीता शाहलाई भारतीय व्यापारीले दुव्र्यवहार गर्न थालेपछि बचाउका लागि गएका विकमाथि कुटपिट भएकाले स्थानीयवासीले सीमा नाका ठप्प पारेका छन् । घटनाको विरोध गर्दै डोकेबजार र गौरीफण्टा नाकाको यातायात सेवा अनिश्चितकालका लागि स्थानीयवासीले ठप्प […]

बेल्ट एण्ड रोड इनिसियटिभमा रहेर व्यापार विस्तार गर्नुपर्ने महराको जोड

काठमाडौँ, १५ भदौ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले चीनले शुरु गरेको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) भित्र रहेर मुलुकको व्यापार विस्तार गर्नुपर्ने बताएका छन् । नेपाल चाइनिज गाइड एशोसिएसन (नेगा)को उद्घाटन गर्दै परराष्ट्रमन्त्री महराले भने, “नेपालले बिआरआईबाट फाइदा लिन सक्नुपर्छ ।” मन्त्री महराले नेपालको महत्वपूर्ण पर्यटकीयस्थल लुम्बिनीको विकास र प्रवद्र्धन गर्दै अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउनुपर्नेमा जोड दिँदैनेपाली […]

आईएसको नियन्त्रणमा रहेको ठूलो क्षेत्र मुक्त गराएको इराकी दावी

एजेन्सी। इस्लामिक स्टेट (आईएस) समूहको नियन्त्रणमा रहेको इराकी शहर तालअफार तथा वरपरको क्षेत्रलाई आईएसको कब्जाबाट पूर्णतया नियन्त्रणमा लिइएको इराकले बिहीबार जनाएको छ । प्रधानमन्त्री हाइदर अल आबादीले तालअफार शहर र वरपरका क्षेत्रलाई आईएसको कब्जाबाट पूर्णतया नियन्त्रणमा लिई यसअघि स्वतन्त्र भएको मोसुलसँग जोड्न सफल भएकोमा सुरक्षाकर्मीलाई बधाई दिएका छन् । प्रधानमन्त्री आवादीले भने, “म सबैसँग यो […]

१५ किलो अवैध सुनसहित सातजना पक्राउ

काठमाडौँ, १५ भदौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अवैध १५ किलो सुन ओसारपसार कार्यमा संलग्न सात जनालाई पक्राउ गरेको छ । ब्यूरोबाट खटिएको टोलीले चीनको तिब्बतबाट रसुवाको केरुङ नाका र सिन्धुपाल्चोकको तातोपानी नाकाबाट काठमाडौँ ल्याएर सामाखुशीमा पेम्बा दोर्जे शेर्पाको कोठामा लुकाई राखेको अवस्थामा १४ किलो र धनुषाबाट भारत निकासीका लागि लैजाने क्रममा एक […]

पहिरोमा परी २६ जनाको मृत्यु

एजेन्सी । चीनको दक्षिणपश्चिमी गुईझाउ प्रान्तमा सोमबार गएको पहिरोमा परी मृत्यु हुनेहरूको संख्या बिहीबार सम्म २६ पुगेको छ । पहिरोमा परी हराईरहेका मध्ये नौ जना अहिलेसम्म पनि भेटिएका छैनन भने आठ जना घाइते भएका छन् । उद्धारकर्ताहरूले हराइरहेकाको खोजी कार्य अझै पनि जारी राखेको स्थानीय अधिकारीले बताएका छन् । पहिरो गएदेखि अहिलेसम्म स्थानीय प्रहरी, अग्नि […]

राष्ट्रिय फुटसल लिगमा आठ खेल सम्पन्न

काठमाडौँ, १५ भदौ । नेपालमा पहिलो पटक आयोजना भएको राष्ट्रिय फुटसल लिगअन्तर्गत बिहीबार भएको खेलमा आठ खेल सम्पन्न भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजना तथा एन्फा फुटसल कमिटीको व्यवस्थापनमा भएको उक्त प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले गरेका थिए । समूह एअन्तर्गत खेलमा धन्वन्तरि फुटसल खुमलटार युवा क्लबलाई ६–२ गोलअअन्तरले पराजित […]

कक्षा १२ को नतिजा प्रकाशित । ४२ प्रतिशत उत्तीर्ण

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले गत वैशाख १० देखि २२ गतेसम्म सञ्चालन गरेको कक्षा १२ को परीक्षामा नियमिततर्फ ४२ दशमलव ३३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले परीक्षामा कूल एक लाख ९३ हजार १२५ परीक्षार्थी सहभागी भएकामा ८१ हजार ७५८ उत्तीर्ण भएको र ७७ जना निष्काशनमा परेको जानकारी दिए […]