यसरी थर्काए अायल निगमका गाेपाल खड्काले मन्त्रीलार्इ

काठमाडौं, १ असोज । नेपाल आयल निगमका प्रमुख कार्यकारी गोपालबहादुर खड्का जग्गा खरिद प्रकरणमा सर्वत्र विवादित बनिरहेको बेला मन्त्रीलाई समेत थर्काउने गरेको पाइएको छ ।

आपूर्ति राज्यमन्त्री कर्णबहादुर विक २० भदौमा बजार अनुगमनका लागि नेपालगन्ज पुगेका थिए । सो क्रममा उनले नेपाल आयल निगमको मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालय, विभिन्न ग्याँस डिपो तथा पेट्रोल पम्पमा समेत अनुगमन गरेका थिए ।

अनुगमनका क्रममा राज्यमन्त्री विकले ग्याँस डिपोमा लिकेज भएको तथा पेट्रोल पम्प मापदण्ड विपरीत चलाएको पाइएको भन्दै केहीमा सिलबन्दी र केहीलाई कागजात लिएर मन्त्रालयमा उपस्थित हुन निर्देशन दिएका थिए ।

अनुगमनकै क्रममा खड्काले भने मन्त्रीसहितको अनुगमन टोलीलाई थर्काउने काम गरेका हुन् । उनले आफू आयल निगमको प्रमुख भएको भन्दै आफूलाई नसोधी किन अनुगमनमा गएको भनेर मन्त्री विकसहितको टोलीलाई थर्काउने काम गरेको स्रोतले बतायो ।

यसअघि, आयल निगम प्रमुख खड्काले आफूविरुद्ध समाचार लेखेको भन्दै पत्रकारलाई समेत धम्की दिएका थिए । त्यसको चौतर्फी विरोध भएको थियो ।

Loading...