अमेरिकी सामुन्द्रिक अाँधीपछि देखा पर्याे यस्ताे अनाैठाे जीव

एजेन्सी । अमेरिकामा हालै आएको विनाशकारी सामुद्रिक आँधी पश्चात तिखा दाँत भएको एक रहस्यमय समुद्री जिव देखिएको छ ।

एक महिलाले टेक्सासको समुद्री तटमा उक्त जिवलाई पहिलोपटक देखिन् र त्यसको तस्वीर खिचेर टि्वटरमा शेयर गरिन् । उनले उक्त फोटोसँगै टि्वट गरिन्, ‘लौ ठिक छ, जिवविज्ञान टि्वटर, यो के हो यस्तो ? टेक्सासको तटमा फेला परेको ।’

जिव वैज्ञानिक डाक्टर केनिथ टिघेले उक्त जिव तिखा दाँतधारी स्नेक-इल माछा भएको बताए । साथै त्यो गार्डेन इल वा कांगर इल प्रजातिको माछा पनि हुनसक्ने उनको भनाई छ । यी तीनवटै प्रजाति टेक्सासको समुद्रमा पाइन्छन् ।

सामुद्रिक तुफानले तीब्र हावासँगै यो जिवलाई पनि हुत्याएर तटमा पूराएको हुनसक्ने अनुमान गरिएको छ । यो जिव सामान्यतया समुद्रको ३० देखि ९० मिटरको गहिराइमा बस्ने बताइएकाे छ । आन्ध्र महासागरमा पाइने यो जिवलाई टस्की इल पनि भनिन्छ ।

Loading...