नेदरल्यान्डसंग नेपालको बदला

स्कटल्यान्डमा बिहीबार राति सम्म्पन्न टी–२० त्रिकोणात्मक सिरिजमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरी अघिल्लो पराजयको बदला लिएको छ । पहिलो खेलमा नेदरल्यान्ड्ससँग सुपर ओभरमा हार व्यहोरेको नेपालले बिहीबारको खेलमा बदला लिँदै १८० रन बनायो। १७५ रनको लक्ष्य पछ्याउने क्रममा कुशलले ५१ बलमा ६ चौकासहित ६५ रन बनाए। उनले ३८ बलमा अर्धशतक पूरा गरेका थिए। नेपालका […]

रोजगार दशक सुरु गर्ने श्रममन्त्रीको खुलासा

Sharadsingh Bhandari

ललितपुर । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले सीपयुक्त जनशक्ति बिना मुलुकको विकास सम्भव नभएको बताएका छन्। ललितपुरमा राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको ‘सरकारी तथा गैरसरकारी निकाय/संस्थाहरूसँगको अन्तरक्रिया गोष्ठी’मा मन्तव्य दिँदै मन्त्री भण्डारीले आन्तरिक रोजगार दशक सुरु गर्ने तयारी गरिरहेको पनि जानकारी दिए। “अब बाध्यात्मक वैदेशिक रोजगारी अन्त्य गरी सूचना प्रविधि […]

भक्तपुर सिडिओमा भरतमणि

भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरको प्रमुख जिल्ला अधिकारी (सिडिओ) परिवर्तन भएको छ। गृह मन्त्रालयले बिहीबार सिडिओ परिवर्तन गरिएको पुष्टि गरेको छ । गृह मन्त्रालयले जनाए अनुसार भक्तपुर सिडिओको जिम्मेवारी सहसचिव भरतमणि पाण्डेले पाएका छन् । गृह मन्त्रालयमा रहेका पाण्डे यस् अघि कास्की, चितवन जस्ता जिल्ला चलाइसकेका अनुभवी सिडिओ हुन् । उनीसंग तत्कालीन ललितपुर उपमहानगरको […]

हिन्दू बनेर काठमाडौंकी एक नाबालिकालाई भारत पुर्याउने मुस्लिम युवक पक्राउ

सञ्जय मिश्रा, वीरगंज । हिन्दू बनेर काठमाडौंकी एक नाबालिकालाई ललाई फकाई भारतको राजधानी दिल्ली लिएर जाँदैगरेका एकजना मुस्लिम युवक लाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेका छन् । केहीदिन अघि काठमाडौंबाट बेपत्ता भएकी एकजना १३ वर्षीय बालिकालाई शेख रिजवान आलम भन्ने युवकले दिल्ली लैजाँदै गरेको अवस्थामा  रक्सौल भन्सार नजिकैबाट भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएका हुन् । शेख आलम […]

मोबाइल चार्ज गर्नेक्रममा गयो गर्भवती महिलाको ज्यान

रौतहट । रौतहटमा मोबाईल चार्ज गर्ने क्रममा विद्युतिय करेन्ट लागेर एकजना गर्भवती महिलाको ज्यान गएको छ। ज्यान गुमाउनेमा राजपुर नगरपालिका-३ डमार पोखरीया गाउँका शेख सफुलाको श्रीमती बर्ष ३५ की गुलनाज खातुन रहेको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता डिएसपी दीपक कुमार रायले बताएका छन्।  बुधबार दिउसो साढे ३ बजेको समयमा आफ्नै घरमा मोबाइल चार्जमा लगाउन जाँदा […]

अनुसन्धान र प्रविधिमा लगानी बढाउन अध्यक्ष दाहालको जोड

ललिता साह, ललितपुर । सूचना प्रविधि, नवप्रवर्तन र अनुसन्धानमा विश्व तीव्र गतिमा अघि बढिरहँदा नेपाल भने वैज्ञानिक अनुसन्धान र प्रविधिमा सरकारी लगानीको अभावले पछि परेको राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बताएका छन्। राष्ट्रिय युवा परिषद्‍को आयोजनामा ललितपुरको खुमलटारस्थित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)मा बुधबार सम्पन्न ‘युवा वैज्ञानिक सम्मेलन २०२५’ मा उनले यस्तो धारणा […]

भक्तपुरमा साढे ५ केजी लागू औषध(पोल्याण्ड) सहित तीनजना पक्राउ, दुई फरार

भक्तपुर । भक्तपुरमा साढे ५ केजी लागू औषध(पोल्याण्ड) सहित ३ युवक पक्राउ परेका छन् । भक्तपुरको भक्तपुर नगरपालिका वडा नम्बर- १ सल्लाघारी च्वङ्गा गणेशस्थित सुज्यान फुड क्याफेबाट सशस्त्र प्रहरी बल नेपालको इन्टिलिजेन्स ब्युरोले बुधवार मध्याह्न करिब सबा १२ बजेको समयमा उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेका युवकहरु धादिङको गल्छी स्थायी ठेगाना भएका २० वर्षिय सुमन […]

सुशासन समितिका सभापतिको निष्कर्ष- स्थायी सरकारबिना सुशासन असम्भव

Ramhari khatiwada

ललितपुर । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले मुलुकमा सुशासनको स्थापना गर्न स्थायी सरकार अपरिहार्य रहेको बताएका छन्। बुधबार ललितपुरमा अल्टरनेटिभ फाउन्डेशनले आयोजना गरेको “सुशासनको राष्ट्रिय सूचक निर्माण” गोष्ठीमा उनले वर्तमान शासन प्रणालीलाई पारदर्शी, भरपर्दो र उत्तरदायी बनाउने हो भने मात्र सुशासन सम्भव हुने बताए। “स्थायी सरकार नबन्नु नै मूल समस्या हो,” खतिवडाले […]

भक्तपुरको श्रीपद्म मावि पुन: उत्कृष्ट

ललिता साह, भक्तपुर । भक्तपुरको पहिलो र देशभरिकै तेस्रो शताब्दी पुरानो सामुदायिक विद्यालय  श्रीपद्म माध्यमिक विद्यालयले यस वर्ष पनि शैक्षिक मूल्याङ्कनमा उत्कृष्टता कायम राख्न सफल भएको छ। नेपाल सरकारअन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शैक्षिक गुणस्तर परीक्षण केन्द्र, सानोठिमी, भक्तपुरले गरेको वार्षिक शैक्षिक मूल्याङ्कन अनुसार पद्म माद्यमिक विद्यालय पुन उत्कृष्ट सावित भएको हो । शैक्षिक […]

बाघले लियो बाख्रा गोठालोको ज्यान

बारा ।  बारास्थित जंगलमा मंगलवार बाख्रा चराउन गएका एकजना गोठालालाई बाघले खाएको भेटिएको छ। मकवानपुर मनहरी गाउँघर भई हाल बारा जितपुरसिमरा उपमहा नगरपालिका २१ अमलेखगंज बस्ने बिर बहादुर थिङको  बाख्रा चराउन गएका स्थानिय चन्द्र बहादुर भुलनको  बाघले खाएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितले न्युज कारखानालाई बताए । बाख्रा चराउने कामदारको […]