लिथुआनिया र रोमानिया पठाइदिने प्रलोभन पारी करोडौं ठगी

काठमाडौं – लिथुआनिया र रोमानियालगायत मुलुकमा पठाइदिने बहानामा १ करोड ८० लाख ९३ हजार ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछाप उमाकुण्ड गाउँपालिका-६ घर भई हाल काठमाडौं-६ बस्ने ३२ वर्षीय फिन्चु लामा रहेका छन्। रोहन भनिने लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार पक्राउ गरेको हो। लामालाई काठमाडौं-१० बाट पक्राउ […]

परालको भुसभित्र काजु

सर्लाही । सर्लाहीको बागमती नगरपालिका-१२ स्थित चेकपोष्टबाट प्रहरीले ठूलो मात्रामा काजु लुकाएर तस्करी गरिँदै गरेको मिनी ट्रक नियन्त्रणमा लिएको छ। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय, कर्मैयाबाट खटिएको टोलीले आइतबार परालको भुस लोड गरिएको ग२ख १४१८ नम्बरको मिनी ट्रकमा लुकाएर ल्याइएको काजु बरामद गरेको हो। सर्लाही प्रहरी प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काका अनुसार ट्रकमा परालको […]

गोदावरीका उत्कृष्ट विद्यार्थी सम्मानित

ललितपुर । २०८१ सालको माध्यमिक शिक्षा परिक्षा (एसईई) मा उत्कृष्ट भएका गोदावरी नगरपालिका वडा नं. ३ का विद्यार्थी, अभिभावक र विद्यालयलाई सम्मान गरिएको छ । गोदावरी नगरपालिका वडा नं. ३ ले आइतबार आयोजना गरेको कार्यक्रममा उत्कृष्ट नतिजासहित उत्तीर्ण माध्यमिक तहका ८ वटा विद्यालयका १८ जना विद्यार्थीहरूलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा किटानी माध्यमिक विद्यालयका […]

पत्रकार महासंघ उपत्यका प्रदेशमा थापालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाडौं । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष रोजिना थापालाई दिइएको छ। महासंघका अध्यक्ष टेनिस रोका आइतबार राति सञ्चारसम्बन्धी कार्यक्रममा सहभागी हुन नर्वे प्रस्थान गरेपछि थापाले १० दिनका लागि कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएकी हुन्। महासंघको विधानको दफा २२ को उपदफा १ बमोजिम थापालाई उक्त जिम्मेवारी दिइएको रोका स्वयंले जानकारी दिएका छन्। […]

पानद्वारा एसईई २०८१ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विद्यालय सम्मानित

  काठमाडौं, २१ असार । पिन्सिपल्स एसोसिएन अफ नेपाल (पान) ले एसईई २०८१ मा उत्कृष्ट नतिजा प्राप्त गर्ने सामुदायिक विद्यालय र विद्यार्थीहरुलाई सम्मान गरेको छ । काठमाडौं उपत्यका भित्रका सामुदायिक विद्यालयमा अध्ययन गरेर एसईई २०८१ मा ४.० जीपीए ल्याउने विद्यार्थी, ४ जीपीए नतिजा ल्याउने विद्यार्थी अध्ययन गरेका विद्यालय र शतप्रतिशत नतिजा ल्याउने विद्यालयहरुलाई पानले सम्मान […]

वर्षे बिदा : आराम हैन, अवसरको समय

फेरि विद्यालय बन्द भएछ, अब केटाकेटी बिग्रिने भए। सामुदायिक विद्यालय कति बन्द हुने क्या? वर्षे बिदा हुँदा आम अभिभावकको चासो र चर्चाको विषय अनि सेरोफेरो यस्तै हुन्छन्। केही दशकअघि लगातार ४५ दिनजति वर्षे बिदा हुन्थ्यो। असार-साउनको झरी वर्षा, खोलानाला, खेतीपाती, वर्षा बेलाले वास्तवमा विद्यालय पुग्न गाह्रो पनि थियो। छाता दुर्लभ कुरा थियो। प्लास्टिकको घुम, कर्कलाको […]

विपद न्यूनीकरण र ब्यवस्थापन दुवैमा वाइसीएल बागमतीको पहल

काठमाडौ । वाइसीएल नेपाल गजुरी गाउँपालिका समिति, धादिङद्वारा आयोजित बृहत वृक्षारोपण कार्यक्रम भव्य र सफलतापूर्वक सम्पन्न भएको छ। शनिबार सो बृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथिको रूपमा गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठको उपस्थिति थियो। कार्यक्रममा वाइसीएल केन्द्रीय सदस्य सन्तोष अधिकारी, वाइसीएल धादिङ जिल्ला अध्यक्ष राजन लम्साल (ज्वाला) लगायतको विशेष आतिथ्य रहेको बताइएको […]

आयुर्वेद उपचार हरेक नागरिकसम्म पुर्‍याउने सरकारको लक्ष्य

काठमाडौं। आरोग्य नेपाल निर्माण गर्ने लक्ष्यसहित सरकार नागरिक आरोग्य सेवालाई स्थानीय तहसम्म पुर्‍याउन प्रतिवद्ध रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. श्यामबाबु यादवले बताएका छन्। आर्थिक वर्ष २०८१/८२ को वार्षिक समिक्षा बैठकलाई शनिबार सम्बोधन गर्दै उनले विगतमा तीन लाख रुपैयाँमा सीमित बजेटलाई अहिले पाँच लाख रुपैयाँ पुर्‍याएर सबै स्थानीय तहमा आयुर्वेद सेवा विस्तार गरिने […]

बनेपा–नाला–ताथली सडकखण्ड अवरुद्ध

बनेपा । बनेपा–नाला–ताथली-च्यामासिंह सडकखण्ड अन्तर्गत बनेपा नगरपालिका–४ र १ को सीमाना नजिक रहेको एक पुल भाँचिएपछि उक्त सडकमार्ग अवरुद्ध भएको छ। सडक भासिँदै गएको सूचनाका बीच बनेपा नाला मार्गको उक्त खण्डमा रहेको पुल भाँचिएको हो। घटनापछि सो रूटमा सवारीसाधन आवतजावत रोकिएको छ। स्थानीय प्रशासनले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ। भक्तपुर हुँदै काठमाडौं […]

काठमाडौमा ४ हजार ६ सय बढीको नि:शुल्क नसर्ने रोग स्क्रिनिङ्ग

  काठमाडौं । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय अन्तर्गत सञ्चालित ‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’ मा काठमाडौं जिल्ला स्वास्थ्य कार्यालयले सञ्चालन गरेको नसर्ने रोग स्क्रिनिङ्ग अभियानमा ४ हजार ६ सय ७४ जनाले सेवा लिएका छन्। शुक्रवार सार्वजनिक गरिएको स्वास्थ्य कार्यालय काठमाडौंको तथ्यांक अनुसार, जिल्लाभरिका ११ स्थानीय तहमार्फत सेवा प्रवाह गरिएको थियो। जसमध्ये ४१ प्रतिशत महिला र […]