शिक्षकका माग पूरा गर्न सकिएन भन्ने बहाना नबनोस् भनेर सदनको अवरोध हटायौं : प्रचण्ड

काठमाडौं । नेपाल शिक्षक महासंघका पदाधिकारीहरूले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग खुमलटारस्थित निवासमा भेट गरेका छन्। भेटमा महासंघका प्रतिनिधिहरूले शिक्षकसंग भएका सहमति कार्यान्वयनमा सरकार उदासीन देखिएको गुनासो गर्दै ती सहमति तुरुन्त कार्यान्वयनको लागि पहल गरिदिन प्रमुख प्रतिपक्षी दलले पहल गरिदिन प्रचण्डलाई आग्रह गरेका शिक्षक नेता […]

बाहिरबाट ताल्चा लगाइएको कोठामा युवती मृत फेला

कैलाली । धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीस्थित डेरामा बस्दै आएकी एक युवती सोमबार बिहान मृत अवस्थामा फेला परेकी छन्। कञ्चनपुरको पुनर्वास नगरपालिका–११ अमरबस्तीस्थायी ठेगानाकी ३० वर्षीया रेणु चौधरी आफ्नै कोठामा बाहिरबाट ताल्चा लगाइएको अवस्थामा मृत भेटिएकी हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चौधरी अविवाहित थिइन्। घटना शङ्कास्पद् देखिएकाले अनुसन्धानका लागि घटनास्थल सिल गरिएको डीएसपी राजकुमार सिंहले जानकारी […]

आईपीओमा कडाइ, चुक्ता पूँजी ५० करोड र पछिल्लो दुई वर्ष नाफा कमाएको हुनुपर्ने

काठमाडौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले लगानी कम्पनीहरूमार्फत गरिने सार्वजनिक निष्कासन (आईपीओ) को प्रक्रियामा कडाइ गरेको छ। बोर्डले लगानी कम्पनी कम्तिमा विगत तीन वर्ष संचालनमा रही पछिल्लो दुई आर्थिक वर्षमा मुनाफा गरेकाले मात्र आईपीओ जारी गर्न सक्ने व्यवस्था गरेको हो । विगतमा लगानी कम्पनीले बोर्डबाट अनुमति लिएर आईपीओ ल्याउने प्रक्रिया सहज भए पनि अब त्यस्तो […]

महालक्ष्मी एपमार्फत अन्तराष्ट्रिय रेमिट्यान्स सिधै खातामा

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम बैंकको मोबाइल बैकिङ्ग एप “महालक्ष्मी स्मार्ट साथी “ मार्फत अन्तराष्ट्रिय रेमिट्यान्स सिधै खातामा प्राप्त गर्न सकिने सुविधाको सुरुआत गरेको छ । यस अन्तर्गत नेपाल बाहिरबाट पैसा पठाउने व्यक्तिको विवरण, रेमिट्यान्स एजेन्ट र मनी ट्रान्सफर कन्ट्रोल नम्बर   बैंकको मोबाइल […]

प्रथम विद्यालय मनोविमर्श तथा मनोवैज्ञानिक आरोग्यता सम्मेलन सम्पन्न

ललितपुर । विद्यालय मनोविमर्श तथा मनोवैज्ञानिक आरोग्यता विषयमा नीतिगत तहबाट पहल गर्ने उद्देश्यले पहिलो पटक आयोजित सम्मेलन शुक्रबार ललितपुरमा सम्पन्न भएको छ। काठमाडौं विश्वविद्यालयको स्कुल अफ एजुकेशन अन्तर्गत रहेको ‘स्कुल काउन्सिल एण्ड साइकोलोजिकल वेलविइङ सपोर्ट सेन्टर’को आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो। उद्घाटन सत्रमा काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले यस प्रकारको सम्मेलनले बालबालिकालाई सकारात्मक दिशातर्फ लैजान […]

जीपसंग ठोक्किँदा गयो मोटरसाइकल चालकको ज्यान

वीरगन्ज । पर्साको बहुदरमाई-५ पटनीमा गएराति टाटासुमो र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गएको छ भने पछाडि सवार ब्यक्ति घाइते भएका छन् । राति करिब साढे ९ बजेको समयमा गण्डक नहर सडकमा भारतीय टाटासुमो र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक भारतीय नागरिक बिहार पूर्वी चम्पारणका ३८ वर्षीय नरेश साह बर्णवालको मृत्यु भएको जिल्ला प्रहरी […]

चालु आर्थिक वर्षमा वैदेशिक व्यापार १९ खर्ब, ब्यापार घाटा १३ खर्ब ९७ अर्ब

काठमाडौ । देशको कुल वैदेशिक व्यापार १९ खर्ब नजिक पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुरुप चालु आर्थिक वर्ष (आव)को ११ महिनामा मुलुकको कुल वैदेशिक व्यापार १८ खर्ब ९२ अर्ब रुपैयाँ पुगेको हो । विभागले सार्वजनिक गरेको चालु आवको साउनदेखि जेठ मसान्तसम्मको तथ्यांक अनुसार कुल वैदेशिक व्यापार १८.८० प्रतिशतले वृद्धि भएको छ। जुन […]

चितवनमा दुई यात्रुबाहक सवारीसाधन ठोक्किँदा ठुलो हताहती

चितवन ।चितवनमा यात्रुवाहक बस र ईभी माइक्रो बस शनिबार बिहान एक आपसमा ठोक्किँदा ७ जनाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–३ मा भएको सो दुर्घटनामा ३१ जना घाइते भएको चितवनका प्रमुख जिल्ल अधिकारी प्रकाश पौडेलले जानकारी दिएका छन् । मृतकहरुको सनाखत भइनसकेको उनको भनाई छ । शव भरतपुर अस्पतालको शव गृहमा राखिएको […]

अब काठमाडौँँ उपत्यकामा चौबीसै घण्टा खानेपानी : मन्त्री यादव

विमल बिष्ट, काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले अब काठमाडौँ उपत्यकावासीका घरघरमा २४ सैँ घण्टा स्वच्छ र सुरक्षित खानेपानीको निरन्तर आपूर्ति हुने बताएका छन् । आज बुढानीलकण्ठ नगरपालिका–४ मा निर्माण सम्पन्न खानेपानी आयोजनाको उद्घाटन एवं काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई औपचारिक हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले काठमाडौँवासीले अब वर्षा र हिउँदका कुनै पनि मौसममा […]

नेसनल प्याब्सनको जिल्लाव्यापी हाजिरीजवाफ प्रतियोगितामा साम्तेन मेमोरियल स्कूल प्रथम

काठमाडौँ । नेसनल प्याब्सन काठमाडौँ जिल्ला समितिको आयोजना तथा काठमाडौँ महानगर समितिको संयोजनमा आयोजित पाँचौँ जिल्लाव्यापी हाजिरीजवाफ प्रतियोगिता शुक्रबार युनिभर्सल सेकेन्डरी स्कुल, काठमाडौँमा सम्पन्न भएको छ। प्रतियोगितामा काठमाडौं जिल्लाभित्रका २४ वटा विद्यालयका टिमहरूको सहभागिता रहेको थियो। ‘एक विद्यालय, एक टिम’को सिद्धान्तअनुसार प्रतिस्पर्धामा उत्रिएका टिमहरू मध्ये साम्तेन मेमोरियल स्कुल, बुढानिलकण्ठले प्रथम स्थान हासिल गर्न सफल भएको […]