काठमाडौं । नेकपा एमालेका नेता एवं सांसद गोकुल बाँस्कोटाले किसानले मलखाध नपाएको भन्दै आक्रोश पोखेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद बाँस्कोटाले तत्काल मल उपलब्ध गराउन पनि माग गरेका छन् ।
‘धान रोप्ने बेला भइसक्यो तर अहिलेसम्म किसानले मलखाध पाएका छैनन्,’ उनले संसदमा भने, ‘नेपालको एउटा अभिशप्त इतिहास दोहोरिन्छ, असार लागे पछि मन्त्री र मल हराउँछ, तत्काल मलखाध उपलब्ध गराइयोस् ।’







