फिनल्याण्डमा सेक्युरिटी गार्डको जागिर मिलाई दिन्छु भनि २१ लाख रकम ठगी गर्ने व्यक्ती पक्राउ

पुष११,काठमाडौँ। फिनल्याण्डमा सेक्युरिटी गार्डमा जागिर लागाइ दिन्छु भनि २१ लाख रकम ठगि गर्ने ब्यक्ति पक्राउ परेको छ। महानगरीय अपराध महाशाखा टोलीले ईलाम माईजोकमाई खोलागाउँ घर भई हाल काठमाडौँ चावहिल बस्ने अमित थामीलाइ गिरी घाटबाट पक्राउ गरेको हो। पक्राउ परेका थामीले सामाजिक सञ्जाल फेसबुकमा बिनोद तामाङको नामको प्रोफाईल बनाइ फिनल्याण्डमा वैदेशिक रोजगारीको अवसर भनि निजको पोष्ट […]

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा लोकनाथ पौड्याल

पुस ११ ,काठमाडौँ । काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृत पदमा आज लोकनाथ पौड््यालले बहाली गर्नुभएको छ । पुस ७ गतेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार पौड््याल प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त हुनुभएको हो । यही निर्णयअनुसार राजेश्वर ज्ञवाली संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भइ जानुभएको छ । पदबहालीपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुख […]

नेकपा माओवादी केन्द्रको बैठकमा मुख्य तीन वटा प्रस्ताव पेस, अध्यक्षसहित १५ जना पदाधिकारी हुने प्रस्ताव

पुस ११ ,काठमाडौँ –  नेकपा माओवादी केन्द्रको आइतबार विहान बसेको बैठकमा मुख्य तीन वटा प्रस्ताव पेश भएको छ । आज दिउँसाे ३  बजे उद्घाटन हुने भनिएको प्रथम राष्ट्रिय सम्मेलनलाई आठौं महाधिवेशनकोरुपमा स्वीकार गर्ने, पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा २१ औं शताब्दीमा समाजवाद हाम्रो बाटो शीर्षकको प्रतिवेदन पेश गरिएको र विधानमा केही परिमार्जन गरी अध्यक्षसहित १५ […]

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि १२ राजनीतिक दलहरुले गराए दल दर्ता

पुष १० काठमाडौँ –  राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि १२ वटा राजनीतिक दलहरुले निर्वाचन आयोगमा दल दर्ता गराएका छन्। । शुक्रबार र आज गरि जम्मा १२ वटा राजनैतिक दलले दल दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ। आगामी पुस १२ गतेदेखि निर्वाचन प्रक्रिया सुरु हुने प्रयोजनका लागि दल दर्ताको समय पनि शनिबार सकिएको छ । दल […]

कांग्रेस महाधिवेशनपछि पहिलो केन्द्रीय कार्यसमितिको बैठकले गर्यो विभिन्न चार निर्णय

पुस १०, काठमाडौँ। नेपाली काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशनपछि आज पहिलो केन्द्रीय कार्यसमितिको बैठक बसेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले विभिन्न चार निर्णय गरेको छ। राष्ट्रिय सभाको निर्वाचनको प्रयोजनमा उम्मेदवारको सम्बन्धमा सभापति शेरबहादुर देउवाले हस्ताक्षर गर्ने, मुख्यसचिव कृष्णप्रसाद पौडेललाई निर्वाचन आयोगमा दल दर्ता र विवरण अध्यावधिकको जिम्मेवारी दिने, पार्टीलाई एकतावद्ध गराउने, १४ […]

एमाले अध्यक्ष ओलीले तेस्रो पटक संसद विघटन गर्न खोजिरहेका छन् : अध्क्षय दाहाल

पुष १०,   काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख नेकपा एमालेले तेस्रो पटक संसद विघटन गराउन खोजेको आरोप लगाउनुभएको छ । माओवादी केन्द्रले आज विभिन्न सञ्चारमाध्यमका सम्पादकसँग गरिएको छलफल कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा विघटनलाई निरन्तरता दिन एमालेले संसद अवरुद्ध गरिरहेको बताउनुभएको हो । अध्क्ष्य दाहालले भन्नु भयो ‘एमाले अध्यक्ष ओलीले तेस्रो पटक […]

पुनर्निर्माण प्राधिकरणबाट रानीपोखरी काठमाडौँ महानगरपालिकाको स्वामित्वमा हस्तान्तर

काठमाडौँ । रानीपोखरीको पहिलो चरणको पुनर्निर्माण सम्पन्न भएसँगै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उक्त पोखरीको स्वामित्व काठमाडौँ महानगरपालिकालाई हस्तान्तरण गरेको छ । आज रानीपोखरी परिसरमै एक कार्यक्रमको आयोजना गरी प्राधिकरणले स्वामित्व महागरपालिकालाई हस्तान्तरण गरेको हो । स्वामित्व हस्तान्तरण कार्यक्रमपछि सम्वोधन गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले रानीपोखरी पुनर्निर्माणको काम ०७२ सालमै महानगरपालिका आफैँले थालेको भए पनि पछि […]

काठमाडौँमा सवारी जाम न्यूनीकरण गर्न यति धेरै ठाउँमा लागु हुँदैछ वान वे

पुष ८, काठमाडौँ। काठमाडौँ उपत्यकामा बढ्दो सवारी जामको समस्या समाधान गर्न ट्राफिक प्रहरी महाशाखाले पहल थालेको छ। महाशाखाले विभिन्न सरोकारवालाहरुसँग यस सम्बन्धमा बिहीबार बृहत अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । छलफल कार्यक्रममा ट्राफिक महाशाखाका प्रमुख जनक भटराईले उपत्यकामा दैनिकजसो सवारी जाम हुनुको मुख्य कारण सवारी साधनको बढ्दो चाप र छोटो तथा नजिक नजिक चौबाटोहरु रहेको […]

साहित्यकार सपना लामिछाने देउजाको कविता सङ्ग्रह ‘ जीन्दगी एक यात्रा ’ लोकार्पण

काठमाडौँ, पुस ७ गते । साहित्यकार सपना लामिछाने देउजाको कविता सङ्ग्रह ‘जीन्दगी एक यात्रा’ को लोकार्पण गरिएको छ । सूचक प्रकाशनद्वारा बुधवार राजधानीमा आयोजित कार्यक्रममा प्राज्ञ उषा ठाकुरले कविता सङ्ग्रहको सार्वजनिक गर्नुभएको हो । सो अवसरमा उहाँले पुस्तकमा समेटिएका कविताहरू शास्वत प्रेममा आधारीत रहेको बताउनुभयो । कार्यक्रममा प्रा.डा.दिनेशराज पन्तले पुस्तकमा समेटिएका कविता जीवन दर्शनमा आधारित […]

देशको लागि दशलाख घण्टा श्रमदान गर्ने “ मिलियन आवर च्यालेन्ज ” शुभारम्भ

  पुष ७ , काभ्रे | दैनिक पन्ध्रसय युवाहरु श्रमको खोजीमा विदेशी रहेको आजको अवस्थामा केही युवाहरुको समूहले भने देशको लागि दश लाख घण्टा श्रमदान गरी समाज परिवर्तन गर्न सकिन्छ भन्ने अठोत सहित “मिलियन आवर च्यालेन्ज” अभियानको पहिलो संस्करण “देशको लागि एक दिन” भन्ने नारा सहित शुरुवात गरेका छन् । दश लाख घण्टाको सामूहिक श्रमदान […]