नेकपा माओवादी केन्द्रको बैठकमा मुख्य तीन वटा प्रस्ताव पेस, अध्यक्षसहित १५ जना पदाधिकारी हुने प्रस्ताव

पुस ११ ,काठमाडौँ –  नेकपा माओवादी केन्द्रको आइतबार विहान बसेको बैठकमा मुख्य तीन वटा प्रस्ताव पेश भएको छ । आज दिउँसाे ३  बजे उद्घाटन हुने भनिएको प्रथम राष्ट्रिय सम्मेलनलाई आठौं महाधिवेशनकोरुपमा स्वीकार गर्ने, पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा २१ औं शताब्दीमा समाजवाद हाम्रो बाटो शीर्षकको प्रतिवेदन पेश गरिएको र विधानमा केही परिमार्जन गरी अध्यक्षसहित १५ जना पदाधिकारीको प्रस्ताव बैठकमा पेश भएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताउनुभयो । जसमध्ये राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने विषयमा सर्वसम्मतले स्वीकार भएको महरा बताउनुहन्छ ।

आजदेखि पुस १५ गतेसम्म चल्ने महाधिवेशनमा छलफल पश्चात् पारित हुने पनि उहाँले बताउनुभएको छ । माओवादी केन्द्रको पदाधिकारीमा अध्यक्ष एक, वरिष्ठ उपाध्यक्षसहित सात उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने प्रस्ताव पेश भएको उहाँले बताउनुभयो ।

यसैगरी, देशका सबै राजनीतिक दलहरुलाई पनि महाधिवेशनमा अतिथिका रुपमा उपस्थिति हुन निमन्त्रणा पनि गरिएको उहाँले बताउनुभयो । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोनमार्फत् निमन्त्रणा दिइएको विषयमा बोल्नुहुदै उहाँले ओली पनि आउनुहुने प्रतिक्रिया दिनुभएको छ । ‘उहाँ पनि आउनुहुन्छ । अब त्यो आफ्नो पार्टीको अधिकारको कुरा हो , उहाँले बताउनुभयो ।

 

 

 

 

 

 

गोरखापत्र दैनिक बात –

Loading...