साहित्यकार सपना लामिछाने देउजाको कविता सङ्ग्रह ‘ जीन्दगी एक यात्रा ’ लोकार्पण

काठमाडौँ, पुस ७ गते । साहित्यकार सपना लामिछाने देउजाको कविता सङ्ग्रह ‘जीन्दगी एक यात्रा’ को लोकार्पण गरिएको छ ।
सूचक प्रकाशनद्वारा बुधवार राजधानीमा आयोजित कार्यक्रममा प्राज्ञ उषा ठाकुरले कविता सङ्ग्रहको सार्वजनिक गर्नुभएको हो ।
सो अवसरमा उहाँले पुस्तकमा समेटिएका कविताहरू शास्वत प्रेममा आधारीत रहेको बताउनुभयो ।
कार्यक्रममा प्रा.डा.दिनेशराज पन्तले पुस्तकमा समेटिएका कविता जीवन दर्शनमा आधारित भएकोले हरेक व्यक्तिको यथार्थ भोगाई हो भन्नुभयो ।
लोकार्पण समारोहमा गायक आनन्द कार्कीले गीत प्रस्तुत गर्नुभएको थियो ।
सुशिला देउजाको सभापतित्वमा आयोजित कार्यक्रममा उप प्राध्यापक गंगा लिगल र कमलमणि पोखरेललाई सम्मानित गरिएको थियो ।

Loading...