मलेसियामा बाढीबाट २७ को मृत्यु, ७० हजार जना विस्थापित

एजेन्सी । मलेसियामा हालै आएको बाढीबाट कम्तीमा पनि २७ जनाको ज्यान गएको छ । सो बाढीमा परी अरु ७० हजार जना विस्थापित भएका बताइएको छ ।

अल जजिराका अनुसार बाढीबाट सबैभन्दा धेरै सेलंगार राज्य प्रभावित भएको छ । सो राज्यमा बाढीका कारण कम्तिमा २० जनाको मृत्यु भएको छ । यस्तै पेहांग राज्यमा ७ जनाको मृत्यु भएको छ ।

हालै मलेसियामा आएको बाढीले धेरै नागरिक प्रभावित भएका समाचारमा उल्लेख गरिएको छ ।

मंगलबार यहाँ ९ जनाको ज्यान गएको बताइएको हो । बाढीमा परी हराइरहेका उनीहरुको शव भेटिएको यहाँका उद्धार सम्बन्धी अधिकारीहरुले जानकारी दिएका छन् ।

यहाँका सात राज्यमा नै बाढीले क्षति भएको छ । बाढीका कारण यहाँका आधारभूत सेवामा पनि क्षति पुगेको बताइएको छ । क्षतिको विस्तृत विवरण आइन नसकेकाले मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरुले बताएका छन् ।

Loading...