काठमाडौँमा सवारी जाम न्यूनीकरण गर्न यति धेरै ठाउँमा लागु हुँदैछ वान वे

पुष ८, काठमाडौँ। काठमाडौँ उपत्यकामा बढ्दो सवारी जामको समस्या समाधान गर्न ट्राफिक प्रहरी महाशाखाले पहल थालेको छ।

महाशाखाले विभिन्न सरोकारवालाहरुसँग यस सम्बन्धमा बिहीबार बृहत अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । छलफल कार्यक्रममा ट्राफिक महाशाखाका प्रमुख जनक भटराईले उपत्यकामा दैनिकजसो सवारी जाम हुनुको मुख्य कारण सवारी साधनको बढ्दो चाप र छोटो तथा नजिक नजिक चौबाटोहरु रहेको बताउनुभयो । छलफलमा यातायात व्यवस्था कार्यालय, काठमाडौँ महानगरपालिका,यातायात व्यवसायी र व्यापारिक संघ संस्थाका प्रतिनिधिहरु सहभागी थिए ।

छलफलमा ट्राफिक प्रहरी प्रमुख भटराईले नजिक नजिकमा रहेका चौबाटोमा सवारी साधन संचालनका लागि धेरै वटा क्रसिंङ भएकोले गर्दा पालो पर्खन सवारी साधनहरुको लामो लाइन लाग्नु परेको बताउनु भयो। उहाँले यसको विकल्प चौबाटो र क्रसिंङलाइ ब्यवस्थापन गर्न एकतर्फी बनाएर लानु बाहेक अन्य विकल्प नरहेको उहाँले सुझाउनु भयो । भट्टराईका अनुसार यी स्थानहरुमा राम्रो सुधार भएको खण्डमा अन्य स्थानहरुमा अध्ययन गरि कार्यान्वयन गर्दै लैजाने भएको छ।

प्रमुख ब्यापारिक क्षेत्र केशरमहल संग्रहालय दक्षिण गेट, महेन्द्र शालिक क्षेत्रमा अत्यधिक सवारी चाप रहन गइ दैनिक आवागमनमा असहजता रहनुका साथै ट्राफिक जाम समेत बृद्धि भएकोले उक्त क्षेत्रको सवारी जामलाई न्यूनीकरण गरि आवागमनलाई सहज एवं व्यवस्थित गर्न सो क्षेत्रमा एकतर्फी सवारी संचालनमा ल्याउने तैयारी थालेको छ।

जसअनुसार जमलबाट केशरमहलको बाटो जाने मात्र र केशर महल भएर दरवार मार्ग भएर आउने मात्र एकतर्फी बनाइने भएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो ? 

 

 

Loading...