फिनल्याण्डमा सेक्युरिटी गार्डको जागिर मिलाई दिन्छु भनि २१ लाख रकम ठगी गर्ने व्यक्ती पक्राउ

पुष११,काठमाडौँ। फिनल्याण्डमा सेक्युरिटी गार्डमा जागिर लागाइ दिन्छु भनि २१ लाख रकम ठगि गर्ने ब्यक्ति पक्राउ परेको छ। महानगरीय अपराध महाशाखा टोलीले ईलाम माईजोकमाई खोलागाउँ घर भई हाल काठमाडौँ चावहिल बस्ने अमित थामीलाइ गिरी घाटबाट पक्राउ गरेको हो। पक्राउ परेका थामीले सामाजिक सञ्जाल फेसबुकमा बिनोद तामाङको नामको प्रोफाईल बनाइ फिनल्याण्डमा वैदेशिक रोजगारीको अवसर भनि निजको पोष्ट गरेका थिए। उक्त पोष्टको माध्यमबाट सम्पर्कमा आएका शम्भु घले समेत ५ जना संग आफु HR मेनेजर हुँ भन्दै, तपाईको कागजातहरू पाएँ, फिनल्याण्डको koti sercice apartments मा सेक्युरिटी गार्डमा जागिर लगिदिन्छु भनि डिपोजिट बापत बैंक खाता मार्फत ति ब्यक्तिहरुको २१ लाख रकम जम्मा गर्नलागाइ सम्पर्क बिहिन भएका थिए।
आफुहरु ठगिएको भनि महाशाखामा दिएको निवेदनका आधारमा खोज तलास गर्दै निज थामीलाइ पक्राउ गरि थप आवस्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर पठाइएको महाशाखाले जनाएको छ।

Loading...