क्रिश्चियनको महान पर्व ‘ क्रिसमस ’

पदम श्रेष्ठ –

 

डिसेम्बर २५ जिजस क्राइस्टको जन्मोत्सव हिजो शनिवारदेखि विविध कार्यक्रम गरी मनाईदैछ । ख्रिष्टियन धर्मका प्रर्वद्धक यसु ख्रिष्टको जन्म ई.पु.४ डिसेम्वर २४ मा ईजरायल

जेरुसेलमको बेथलेहेम गाउँको एक तबेलामा एउटी अविबाहित कन्या मेरियमको कोखबाट भएको थियो । परमेश्वरलाई पिता तुल्य मान्ने यस धर्ममा दया,प्रेम,पवित्रता र समानताको सन्देश लिएर यस दुनियामा आउनु भएको थियो यशु ख्रिष्ट तर यसबाट धर्मभिरु यहुदी पुजारी र रोमन शासक दुवै तर्सिए । अन्ततः देशद्रोहको अभियोगमा उनलाई क्रुसमा झुन्ड्याई फाँसी दिइयो । यस घटनालाई क्रुसिफिकेसन ३० एडी भनेर स्मरण गरिन्छ । जिजस मारिए तर उनका उपदेश अमर रहे । उनकै उपदेशका आधारमा इसाई धर्मको ंस्थापना भयो । नेपालमा पनि केहि काल अघिसम्म कृश्चियनलाई पश्चिमाहरुको अतिक्रमणका रुपमा हेरिन्थ्यो मात्र होईन की राजा पृथ्वी नरायण शाहले नेपाल एकिकरण लगत्तै काठमाडौं उपत्यकाका टुरी भाजु सहित पाँचसय जना कृश्चियन नेवारहरुलाई भारतको बेटिया निकालिनुका साथै राणाकालमा जेल सँजायसम्म लिइयो तर २०६३को धर्म निरपेक्षता सहितको गणतान्त्रले देशमा जुन सुकै धर्मले पनि आफ्नो आस्थाको धर्म मान्न पाउने व्यवस्था गरेको छ तर परम्परादेखि चल्दै आईरहेको धर्म संस्कारमाथि हस्तक्षेप गर्न नपाईने गरी ।

वर्तमानको खुल्ला वातावरणसंगै देशमा ख्रिष्टमसलाई धर्मकै रुपमा भन्दापनि गेटटुगेडर वा आपसी सदभाव आदान प्रदान गरी मनाउने गैह«कृश्चियनको जमातपनि बढ्दै गईरहेको छ ।ंंंंंंंंंंंंं ईङगलिस शिक्षा र ईश्वी सम्वत नयाँ वर्ष गरणाको कारणपनि नेपालको विश्वव्यापि सम्वन्धसंगै क्रिशमस मनाउने प्रचलन बढेको बताईन्छ । देशका विभिन्न बोर्डङ स्कुलहरुले यस दिन हिजो शुक्रबारैदेखि विद्यार्थीहरुलाई क्रिशमस ट्रि ,ड्रेस सहित सहभागि गराउने र साना ठुला होटलहरुमा गैह«कृश्चियनहरुबाटपनि गेटटुगेडरको आयोजना र सहभागि समेत भैरहेकाछन् ।

सारा हृदयदेखि परमेश्वरलाई प्रेम गर,

आफूलाई जस्तै छिमेकीलाई पनि माया गर ।

राजालाई राजाको र ईश्वरलाई ईश्वरको स्थानमा सम्मान देऊ ।

यस संसारमा एक मात्र जिउँदो प्रभु यशुख्रिस्ट हुनुहुन्छ ।

संसारमा जाऊ दुःखि, रोगी पापीको सेवा र सु–समाचार सुनाऊ ।

यी र यस्तै उपदेशसहित क्रिस्चियन नेपाली समाजमा फैलिदै छ । खान नपाएकालाई खान, अशिक्षितलाई शिक्षा, रोगीलाई उपचार दिएर प्रेम र परोपकारका माध्यमबाट नेपालमा क्रिस्चियन फैलिएका हुन् । क्रिस्चियनहरु जजमान शोषणगर्ने र उचनीच, छुवाछूत भेद, धनी–गरिबको कलङ्कलाई मान्दैनन् । फलत ,यो धर्म विश्वव्यापी बन्न पुग्यो । बास्तबमा यशु भन्नाले ईस्वर र ख्रिष्टको सात्विक अर्थ क्रुसमा झुण्याइएको सहिद हो ।

क्रिस्चियन धर्मको नेपाल प्रवेश

देश, काल र स्थान मात्र फरक । प्रेम, करुणा र परोपकारमा विश्वास राख्ने क्रिस्चियन नेपालमा कहिले भित्रिए यकिन साथ भन्न नसकिएपनि ने.सं.८३५ देखि ८८७ सम्म मल्लकालमा उपत्यकाका टुरी भाजु लगायत ८० जना नेवार क्रिस्चियन थिए भनिएको छ । पछि राजा पृथ्वीनारायण शाहद्धारा नेपाल एकीकरणपछि देश निकाला गरिए । क्रिस्चियन इतिहास खोतल्दा यशु स्वयम् काश्मीरी पहिरनमा १२ देखि ३० वर्षको उमेरमा भारतहुदै तिब्बतको हिमोश गुम्बा पुग्दा नेपालको बाटो हिड्नुभएको अनुमान छ तर, तथ्याङ्कअनुसार ः

ने.सं. ७४८ तिर राजा लक्ष्मीनरसिंह मल्लको पालामा पोर्चुगलका पादरी क्याथोलिक धर्मगुरु नेपाल आएको पाइन्छ । ने.सं.७६०मा राजा प्रताप मल्ललाई ग्रोबर र डोरविल नामक दुईजना पादरीले दूरबीन उपहार दिएका थिए ।
हिन्दुस्थानबाट चीनको ल्हासाहुदै नेपाल पसेका ती पादरीले चढाएको उपहार दूरबीन पाई खुसी भएका राजा प्रताप मल्लले नेपालमा इसाई धर्म प्रचार गर्न दिए, तर जनविरोधपछि ती पादरी नेपाल छाड्न बाध्य भए ।
ने.सं.८२० मा जगज्जय मल्लको पालामा जोगीको भेषमा इटालियन पादरी माइकलाई ब्राम्हणले पक्रेर देश निकाला गरे । तर
ने.सं. ८६४ मा राजा जयप्रकाश मल्लले स्वास्थ्य सम्बन्धी काम गर्न क्याथोलिकलाई अनुमति दिएको बताइन्छ ।
राणा खान्दानमा चन्द्रलीला क्रिस्चियन बनेपछि नेपालमा सन् १९४७ मा प्रोटेक्टन्ट पास्चर नरशमशेर ज.ब. रा.ले केरलाबाट मेसिनरी झिकाई पुतलीसडकमा सर्वपथम चर्च स्थापना गराएका थिए ।
नेपालमा सङ्गठित क्रिस्चियन नरशमशेरस“ग विवादपछि सन् १९६१ मा रोबर्ट कार्थरले कालोपुलमा दोस्रो चर्च निर्माण गराए ।
सन् १९५०मा शिक्षा दिन स्थापित सेन्ट जेभियर्स, सेन्ट मेरिज स्कुल र अस्पतालपछि नेपालमा व्यापक हुन थालेको हो ।
वि.सं.२०४६ अघि पञ्चायती सरकारले धर्म परिवर्तन गराएको निहुँमा ३० जना क्रिस्चियनले जेल सजायँ भोग्नुपरेको थियो ।
बाइबल के हो ?

बाइबल शब्द युनानी भाषा बिबलोसबाट आएको हो, जसको अर्थ एउटा पुस्तक भन्ने अर्थ लाग्दछ । बाइबल क्रिस्चियनको मार्गनिर्देशक कानुन हो । बाइबल लेख्नका लागि ४० व्यक्तिले यशुको वचनलाई सङ्कलन गरी पुस्तकको रूप दिएको बताइन्छ । त्यसमध्ये प्रथम लेखक मोसा र अन्तिम लेखक युहन्ना हुन् भनिएको छ । बाइबल लेखी सिध्याउन करिब १ हजार ५ सय वर्ष लागेको बताइन्छ । बाइबललाई दुई भागमा वर्गीकरण गरिएको छ । पहिलो पुरानो नियम करार वल्र्ड टेस्टामेन्ट र दोस्रो नया“ नियम करार न्यु टेस्टामेन्ट हो । करार भन्नाले सम्झौता भन्ने अर्थ लाग्दछ । बाइबलअनुसार युगलाई तीन खण्डमा व्याख्या गरिएको छ ।

 

१). पिता–पुर्खाको युग धर्म ः आदमदेखि मोसासम्मको समय–( प्राचिन धर्म )
२.) यहुदी युग धर्म ः मोसा (पिता अमराम र माता योथेवेदका पुत्र ) को समय (१ हजार ५ सय वर्ष ) यहुदीको वल्र्ड टेस्टामेन्ट बाईवल हिब्रु भाषामा लेखिएको छ ।
३.) क्रिस्चियन युग धर्म ः पेन्टिकोसको दिनदेखि संसारको अन्त्यसम्म वा यशु (कुमारीआमा मेरियमबाट ) देखि हालसम्म । कृश्चियनको न्यु टेष्टामेन्ट बाईबल युनानी ग्रिक भाषामा छ ।

यशु वलिदान पछिपनि दुई सम्प्रदाय देखिए । दुई सम्प्रदायमा

१) प्रोटेस्टेन्ट ः पुत्रभन्दा माता ठूला भनी मरियम मान्नेहरू
२) रोमन क्याथोलिक ः परमेश्वरबाहेक अरूलाई मान्नुको तुक छैन भन्नेहरू ।

जो आफूलाई यहोवाका साक्षी भन्छन ।
यसुख्रिष्टको जन्मदिन र इरानीहरूको सूर्य पूजासँग मिल्दो मानिन्छ ।

यसु जन्म दिन आदिकालदेखिनै सूर्य विजयको दिन मानि भव्य पुजा हुदै आईरहेकोथ्यो । त्यसैले यसुलाई सुर्य पुत्रपनि भन्ने गरिन्छ ।

Loading...