सर्बोच्चद्वारा बिप्लव नेकपाका १४ कार्येकर्तालाइ रिहा गर्न आदेश

काठमाडौँ। बिप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य चुडामणि ओली आदश सहित १४ नेताहरुलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। हाल बाजुरा कारागारमा आदर्श सहित १४ नेता कार्येकर्तालाई गैर कानुनीरुपमा बन्दि बनाइए थुनामा राखिएको भन्दै रित दायर भएको थियो। उक्त रिटमाथि सुनुवाई गर्दै मंगलबार सर्वोच्चले तिनेता कार्येकर्ता हरुलाई रिहा गर्न आदेश दिएको हो। रित […]

कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन अदालतले परमादेश जारी गर्ने : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा पुन:स्थापना हुनेमा आफु विश्वत रहेको बताउनु भएको छ। धनुषा निवासी माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवको निधनमा मंगलबार श्रद्धाञ्जलि दिन जनकपुरधाम पुग्नु भएका अध्यक्ष दाहालले सर्वोच्च अदालतमा बुझाइएको १४६ सांसदको हस्ताक्षरलाइ आधार देखाएर अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने बताउनु भयो । […]

सवारीसाधनमा जरिवाना नलाग्ने

  प्रदेश नं २ सरकारले सवारीसाधनमा लिइदै आएको शुल्क र दस्तुरमा असार मसान्तसम्म बिलम्व शुल्क (जरिवाना ) नलिने निर्णय गरेको छ । कोरोना सङ्क्रमणको बढेपछि गरिएको निषेधाज्ञाका कारण सवारी साधनको शुल्क र दस्तुर समयमा बुझाउन नसकिएको अवस्थालाइ मध्ये नजर गर्दै मन्त्रिपरिषद्द्वारा सो निर्णय गरिएको हो । भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले निषेधाज्ञाले गर्दा सवारीसाधन सञ्चालनमा […]

सहमतिअनुसार आफ्ना नेताकार्यकर्तालाई नछाडेको भन्दै नेकपा बिप्लवको आपत्ति,१० दिनको समय दिँदै ध्यानाकर्षण

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आफ्ना थुनामा रहेका नेता कार्यकर्ता अझै नछुटेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटार पुगी भेटेरै विप्लव समूहका दुई नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र धमेन्द्र बाँस्तोलाले सरकारले वार्ताका क्रममा भएका सहमतिअनुसार आफ्ना नेताकार्यकर्तालाई नछाडेको भन्दै आपत्ति जनाए । सरकार विप्लव समूहबीच चार महिना अघि […]

नगर सभाबाट काठमाडौँ महानगरको आर्थिक विधेयक पारित

असार २०,काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाको आर्थिक विधेयक ०७८  पारित भएको छ । राष्ट्रिय सभा गृहमा बसेको नवौँ अधिवेसनको पाँचौँ बैठकले आन्तरिक आयका लागि राजस्वका शीर्षक, प्रस्तावित राजस्वका दरका विषयमा आज  छलफल गर्दै विधेयक पारित गरेको हो । महामारीले उद्योग र वाणिज्य क्षेत्र तथा सामान्य जनजीवनमा पारेको प्रभावलाई विश्लेषण गरेर कम्तीमा २० प्रतिशत देखि बढीमा ९० […]

काठमाडौं उपत्यकामा सवारी साधनमा लागू जोरबिजोर प्रणाली हट्यो

काठमाडौँ। काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनमा लागू भएको जोरबिजोर प्रणाली हटेको छ । असार २२ गते मंगलबार देखि लागु हुनेगरी जोर बिजोर प्रणाली हटाइएको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको बैठकले निर्णय गरेको हो । मंगलबार बात सबै किसिमका सार्वजनिक सवारी साधन चल्ने – कोरोना संक्रमण संख्या घट्दै गदैपछि […]

जातीय विभेद गरेको आरोपमा रुपा सुनारले घरधनी र शिक्षामन्त्रीविरुद्ध दर्ता गरिन् सर्वोच्चमा रिट

काठमाडाैं।  जातीय विभेद गरेको आरोपमा रुपा सुनारले घरधनी सरस्वती प्रधान र शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठ विरुद्ध सर्चोच्च अदालतमा रिट दर्ता गराएकी छिन। आफुलाई दलित भएको भन्दै विभेद गरि जातको आधारमा कोठा भाडामा नदिने घरधनी प्रधानका साथै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्र श्रेष्ठ, जिल्ला सरकारी वकिलको कार्यालय र महानगरीय प्रहरी वृत्त सिंहदरबारलाई समेत विपक्षी बनाएर […]

झगडालु अभिव्यक्ति नदिन कार्येकर्तालाइ नेता नेपालको निर्देशन

काठमाडौं ।  नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आफू निकट नेता कार्यकर्तालाई झगडालु किसिमको अभिव्यक्ति नदिन निर्देशन गरेका छन्। नेपालले आफैं फोन गर्दै र बैठकहरुमा समेत एमाले विवादका सन्दर्भमा मान्छे भड्किने खालका कुनै पनि अभिव्यक्ति नदिन भनेका छन् । उनले आफ्ना स्वकीय सचिव मोहन गौतममार्फत जगन्नाथ खतिवडा, मेटमणि चौधरी, झपट रावल, निरा जैरु, विरोध खतिवडा, […]

नाता वाद कृपाबादले पद ओगटेकाका लागि केन्द्रमा कुनै स्थान नरहने : राष्ट्रिय युवा संघ नेपाल अध्यक्ष पौडेल

नेलापा एमाले भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल केन्द्रका अध्यक्ष किरण पौडेलले नाता वाद कृपाबादले पद ओगटेकाहरुको लागि अब देखि राष्ट्रिय युवा संघ नेपाल केन्द्रमा कुनै स्थान नरहने बताएका छन्। राष्ट्रिय युवा संघ नेपाल काठमाडौँ १५ वडा कमिटिको  आयोजनामा शनिबार चमती क्षेत्रमा भएको वृक्षा रोपन कार्येक्रममा उहाले युवाहरुलाई राजनिति संगै रोजगारीमा जोडाउदै लानुपर्ने तथा युवाहरुले […]

युरोपेली संघले भारतीय खोप कोभिसिल्डलाइ मान्यता नदिने

एजेन्सी । युरोपेली संघको चिकित्सासम्वन्धी कार्यालयले भारतमा बनाइएको कोभिसिल्डलगायतका केही खोप लगाएकाहरूलाई विश्वास गर्न नसकिने बताएका छन् । संघको चिकित्सा कार्यालयले शुक्रबार कोभिसिल्डलाई विश्वास नगरेपछि युरोपेली संघले पनि उनीहरूलाई युरोप प्रवेश गर्न अनुमति नदिन सकिने निश्कर्ष निकालेका छन् । युरोपमा कोरोनाभाइरसको सङ्क्रमण थप फैलिन नदिन अमेरिका र युरोपेली मुलुकहरूमा बनाइएको खोप लगाएकाहरूलाई मात्रै युरोप प्रवेशका […]