युरोपेली संघले भारतीय खोप कोभिसिल्डलाइ मान्यता नदिने

एजेन्सी । युरोपेली संघको चिकित्सासम्वन्धी कार्यालयले भारतमा बनाइएको कोभिसिल्डलगायतका केही खोप लगाएकाहरूलाई विश्वास गर्न नसकिने बताएका छन् ।
संघको चिकित्सा कार्यालयले शुक्रबार कोभिसिल्डलाई विश्वास नगरेपछि युरोपेली संघले पनि उनीहरूलाई युरोप प्रवेश गर्न अनुमति नदिन सकिने निश्कर्ष निकालेका छन् ।
युरोपमा कोरोनाभाइरसको सङ्क्रमण थप फैलिन नदिन अमेरिका र युरोपेली मुलुकहरूमा बनाइएको खोप लगाएकाहरूलाई मात्रै युरोप प्रवेशका लागि अनुमति दिनु पर्ने उनीहरूको भनाइ छ। भारतमा बनेको खोप लगाएकाहरूलाई युरोप प्रवेशमा अनुमति नदिन त्यस चिकित्सा कार्यालयले युरोपेली आयोगलाई सिफारिस गरेको छ ।
युरोपेली आयोगको यो निर्णयले भारतीय कोभिसिल्ड खोपप्रतिको विश्वास गर्ने आधारमा आशङ्का उत्पन्न हुने देखिएको छ ।

Loading...