नेलापा एमाले भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल केन्द्रका अध्यक्ष किरण पौडेलले नाता वाद कृपाबादले पद ओगटेकाहरुको लागि अब देखि राष्ट्रिय युवा संघ नेपाल केन्द्रमा कुनै स्थान नरहने बताएका छन्। राष्ट्रिय युवा संघ नेपाल काठमाडौँ १५ वडा कमिटिको आयोजनामा शनिबार चमती क्षेत्रमा भएको वृक्षा रोपन कार्येक्रममा उहाले युवाहरुलाई राजनिति संगै रोजगारीमा जोडाउदै लानुपर्ने तथा युवाहरुले आफ्नै ब्यबसाय गर्ने क्रममा सरकारी कर्मचारीहरु बाट दुख पाइरहेका युवाहरुलाइ सहजीकरणको प्रयास गर्दै जाने धारणा राखे।
जिल्ला सम्वनय समितिका प्रमुख शिव राज वैधले राष्ट्रिय युवा संघ केन्द्रले ल्याएको यो कार्यक्रम एकदमै सर्हानिय रहेको बताए। उहाले बढ्दो सहरीकरणले गर्दा प्रकृति विनाश भइरहेको अवस्थामा यस कार्यक्रम भविष्यमा सबैका लागि स्वस्छ बाताबरण निर्माण हुनका साथै राष्ट्रिय युवा संघ कामपा १५ वडाले खेलेको उल्लेखनीय भुमिकाले जनसमुदायमा नेकपा एमाले पार्टी तथा राष्ट्रिय युवा संघ नेपालको गरिमा उच्च राख्न सफल भएको धारणा राखे । संघका अध्यक्ष किसन डंगोल ज्युले सुभारम्भ गरेको वृक्षा रोपन कार्येक्रममा स्थानीय सामाजिक सस्थाका प्रतिनिधिहरु सामेल थिए।