सवारीसाधनमा जरिवाना नलाग्ने

 

प्रदेश नं २ सरकारले सवारीसाधनमा लिइदै आएको शुल्क र दस्तुरमा असार मसान्तसम्म बिलम्व शुल्क (जरिवाना ) नलिने निर्णय गरेको छ । कोरोना सङ्क्रमणको बढेपछि गरिएको निषेधाज्ञाका कारण सवारी साधनको शुल्क र दस्तुर समयमा बुझाउन नसकिएको अवस्थालाइ मध्ये नजर गर्दै मन्त्रिपरिषद्द्वारा सो निर्णय गरिएको हो ।

भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले निषेधाज्ञाले गर्दा सवारीसाधन सञ्चालनमा नआएको र यातायात कार्यालय पनि बन्द रहेकाले सरकारले जरिवाना छुट दिएको स्पष्ट पार्नु भयो ।

Loading...