टीकाको तीज गीत सार्वजनिक

जापानमा रहेर निरन्तर गीत सङ्गीतमा सकृय सर्जक गायिका टीका शर्मा ‘कोपिला’ ले आफ्नो पहिलो तीज गीत ‘माइतिकै हेला’ सार्वजनिक गरेकी छन् । गीतमा टिका शर्माको शब्द तथा स्वर र लोकप्रिय सर्जक सूर्य खड्काको सङ्गीत र थेगो रहेको छ । छायाँकन र निर्देशन गोविन्द बिस्टले गर्नुभएको छ ।

गीतमा माईतीबाट हेला भएकी चेलीको कथालाई देखाईएको छ। टिका शर्मा ‘कोपिला’ को मुख्य अभिनय रहेको भिडियोमा रुप शर्मा, मुना लम्साल, दर्सना गिरि, प्रतीमा आचार्य, आरती आचार्य र रमा सापकोटाले साथ दिनु भएको छ।

बाग्लुङमा जन्मिएर चितवनलाई उच्च शिक्षा र कर्मथलो बनाएकी उनी हालं रोजगारीका क्रममा योकोहामा जापानमा रहेकी छन् । सानै देखि स्कूल तथा एफ् एम् रेडियोमा गीत गाउने गरेकी उनले स्थानीय तथा रास्ट्रीय प्रतियोगिताहरुमा थुप्रै पुरस्कार तथा अवार्ड पुरस्कार समेत जितेकी छन् ।

परदेशमा रहे पनि आफ्नो देश र सँस्कृतिको मायाले झन् सताउने गरेकाले मौलिक गीत गाउन चाहना बढेको उनले बताइन्।

‘यस गीतले जनचेतना जगाउन पनि महत्त्वपूर्ण भूमिका खेल्ने कुरामा बिस्वस्त छु’ सङ्गीतकार सूर्य खड्काले भने ।
गीतलाई GMS Music & Films च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस

Loading...