कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन अदालतले परमादेश जारी गर्ने : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा पुन:स्थापना हुनेमा आफु विश्वत रहेको बताउनु भएको छ। धनुषा निवासी माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवको निधनमा मंगलबार श्रद्धाञ्जलि दिन जनकपुरधाम पुग्नु भएका अध्यक्ष दाहालले सर्वोच्च अदालतमा बुझाइएको १४६ सांसदको हस्ताक्षरलाइ आधार देखाएर अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने बताउनु भयो ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हाल सर्वोच्च अदालतमा सोमबार दुवै पक्षका कानुन ब्यबसायीको सकिएको छ । पक्ष, विपक्ष र एमिकस क्युरीको बहस सकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेर अर्को पेशी असार २८ गतेका लागि तोकिएको छ ।

अध्यक्ष दाहालले एक अर्को प्रसङ्गमा संविधान त्रुटिपूर्ण रहेको स्वीकार्दै संशोधनका पक्षमा आफू पनि रहेको स्पष्ट पर्नु भयो । उनले प्रदेश नं २ को नाम मधेश रहनुपर्ने पनि आफ्नी धारणा राख्नु भयो ।

अध्यक्ष दाहालले दिवङ्गत पार्टी केन्द्रीय सदस्य यादवका पार्थिव शरीरमा दलको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गर्नु भयो ।

Loading...