जातीय विभेद गरेको आरोपमा रुपा सुनारले घरधनी र शिक्षामन्त्रीविरुद्ध दर्ता गरिन् सर्वोच्चमा रिट

काठमाडाैं।  जातीय विभेद गरेको आरोपमा रुपा सुनारले घरधनी सरस्वती प्रधान र शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठ विरुद्ध सर्चोच्च अदालतमा रिट दर्ता गराएकी छिन। आफुलाई दलित भएको भन्दै विभेद गरि जातको आधारमा कोठा भाडामा नदिने घरधनी प्रधानका साथै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्र श्रेष्ठ, जिल्ला सरकारी वकिलको कार्यालय र महानगरीय प्रहरी वृत्त सिंहदरबारलाई समेत विपक्षी बनाएर आइतबार मुद्दा दायर गरेकी हुन्।
रित निवेदक सुनारले नेपालको संविधानको धारा १६ ,१७, १८,२४ ,२०(९) २१ तथा धारा २८ समेतले प्रदत्त मौलिखाखारुको चरम उलन्घंगर्दै अभियुक्तलाई हिरासतबाट मुक्त गर्ने तथा फौजदारी न्यएको सिद्दान्त बिपरित सरकारी सक्षिको रुपमा रहेको पिडितको सम्रक्ष ण गर्नुको सट्टा हतोत्साहित गर्ने उदेश्यले गोपनियताको हकको समेत वर्खिलाप हुने गरि गरेको विपक्षिहरुको कार्यका विरुद्द अन्य वैकल्पिक उपचारको बाटो नहुदा अदालत समक्ष रित निवेदन दिएको भनाइ छ।
मुद्दामा जातीय भेदभाव तथा छुवाछुत गर्नेहरूलाई कारबाही तथा आफ्नो मौलिक हकको संरक्षणका लागि आदेश जारी गर्न माग गरिएको छ । यस्तै छुवाछुत गर्नेलाई संरक्षण गर्ने मन्त्री श्रेष्ठलाई पदबाट हटाएर जातीय छुवाछुत तथा अन्य सामाजिक भेदभाव ऐनअनुसार कारबाही गर्न रिटमार्फत माग गरिएको छ ।

पूर्ण पाठ –

 

https://drive.google.com/file/d/1UJK1INljvE9mlTrVUmW71b8LPxz39-DR/view   

 

 

 

 

Loading...