काठमाडौं उपत्यकामा सवारी साधनमा लागू जोरबिजोर प्रणाली हट्यो

काठमाडौँ। काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनमा लागू भएको जोरबिजोर प्रणाली हटेको छ ।

असार २२ गते मंगलबार देखि लागु हुनेगरी जोर बिजोर प्रणाली हटाइएको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको बैठकले निर्णय गरेको हो ।
मंगलबार बात सबै किसिमका सार्वजनिक सवारी साधन चल्ने –
कोरोना संक्रमण संख्या घट्दै गदैपछि प्रशासनले सबै निजी र सार्वजनिक सवारी साधन सञ्चालन गर्ने निर्णय गरेको हो ।
जारि गरिएको सूचनामा स्वास्थ्य सुरक्षा मापदण्ड पालन गरेरेर मंगलबार बात सबै सवारी साधन सञ्चालन गर्न पाइने उल्लेख गरिएको छ । कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयले वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरेको थियो ।

 

Loading...